1 Samuel 23

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 जब दावीदलाई यो कुरा सुनाइयो, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाहको विरुद्धमा युद्ध गर्दैछन्, र तिनीहरूले खलाहरू लुटिरहेका छन्,”
1 Disseram a Davi: Os filisteus estão atacando Ceila e pilhando as eiras.
2 तब दावीदले याहवेहसँग सल्‍लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?”
2 Davi consultou o Senhor: Devo ferir os filisteus? O Senhor respondeu: Vai; tu os ferirás e libertarás Ceila.
3 तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!”
3 Os homens de Davi, porém, disseram-lhe: Mesmo aqui em Judá estamos cheios de medo; quanto mais se formos a Ceila contra as tropas dos filisteus?
4 दावीदले एक पटक फेरि याहवेहसँग सल्‍लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।”
4 Davi consultou novamente o Senhor, que lhe respondeu: Vai; desce a Ceila, porque entrego os filisteus nas tuas mãos.
5 यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्‍याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए।
5 Davi foi para Ceila com os seus homens e atacou os filisteus, tomando-lhes o gado e infligindo-lhes uma grande derrota. Assim libertou os habitantes de Ceila.
6 (अनि अहीमेलेकको छोरा अबीयाथारले चाहिँ भागेर दावीदकहाँ कीलाहमा आउँदा आफूसँग एपोद लिएर आएका थिए।)
6 {Ora, quando Abiatar, filho de Aquimelec, fugira para junto de Davi a Ceila, levava consigo o efod.}
7 दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्‍वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।”
7 Saul foi informado de que Davi se encontrava em Ceila, e disse: Deus entregou-o nas minhas mãos, pois foi encerrar-se em uma cidade com portas e ferrolhos.
8 अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए।
8 O rei convocou todo o povo às armas para descer a Ceila e sitiar Davi com sua tropa.
9 जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।”
9 Mas Davi, sabendo que Saul maquinava perdê-lo, disse ao sacerdote Abiatar: Traze o efod!
10 दावीदले भने, “याहवेह इस्राएलका परमेश्‍वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्‍ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ।
10 E ajuntou: Senhor, Deus de Israel, vosso servo sabe que Saul pretende penetrar em Ceila para destruir a cidade por causa de mim.
11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।”
11 Será que os habitantes de Ceila me entregarão nas suas mãos? Saul descerá como o vosso servo ouviu dizer? Senhor, Deus de Israel, fazei-o saber ao vosso servo. O Senhor respondeu: Ele descerá.
12 फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?”
12 E Davi ajuntou: Os habitantes de Ceila entregar-me-ão a mim e a meus homens, nas mãos de Saul? O Senhor respondeu: Entregarão.
13 यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्।
13 Então Davi partiu precipitadamente com a sua tropa, em número de aproximadamente seiscentos homens, e saíram de Ceila, marchando ao acaso. Saul, informado de que Davi deixara Ceila, renunciou à expedição.
14 दावीद उजाडस्थानका किल्‍लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्‍वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन।
14 Davi permaneceu no deserto, em lugares bem protegidos, e habitou no monte do deserto de Zif. Saul procurava-o sem cessar; mas Deus não o entregou nas suas mãos.
15 जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए।
15 Davi, sabendo que Saul tinha saído para tirar-lhe a vida, ficou no deserto de Zif, em Horcha.
16 तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्‍वरमा सामर्थ्य पाउन उत्साह दिए।
16 Então Jônatas, filho de Saul, foi ter com ele em Horcha. E confortou-o em Deus, dizendo:
17 जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।”
17 Não temas, porque não te atingirá a mão de meu pai. Tu reinarás sobre Israel, e eu serei o teu segundo; meu pai bem o sabe.
18 दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे।
18 Fizeram ambos aliança diante do Senhor. Davi ficou em Horcha e Jônatas voltou para a sua casa.
19 जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्‍लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र?
19 Alguns zifeus subiram a ter com Saul em Gabaa, e disseram-lhe: Davi está escondido entre nós no fortim de Horcha, na colina de Haquila, à direita do deserto.
20 अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।”
20 Desce, pois, ó rei, já que tanto o desejas, e nós nos encarregamos de entregá-lo nas tuas mãos.
21 शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्।
21 Que o Senhor vos abençoe, respondeu Saul, porque vos compadecestes de mim.
22 जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्‍ने कुरा मैले सुनेको छु।
22 Ide, informai-vos diligentemente, e procurai saber o lugar onde ele se encontra, ou se alguém o viu, porque me foi dito que ele é muito astuto!
23 त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्‍का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।”
23 Explorai e descobri todos os seus esconderijos, e voltai a mim com notícias seguras, a fim de eu ir convosco, pois se ele estiver na terra, eu o descobrirei entre a multidão de Judá.
24 यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए।
24 Partiram antes de Saul para Zif; mas Davi e os seus estavam já no deserto de Maon, na planície ao sul do deserto.
25 शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए।
25 Saul partiu com seus homens à sua procura. Mas Davi, informado disso, desceu à Rocha e permaneceu no deserto de Maon. Saul o soube e foi persegui-lo ali.
26 शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे,
26 Saul ia por um flanco da montanha, e Davi com os seus pelo outro, em fuga precipitada para escapar de Saul. No momento, porém, em que Saul com seus homens iam apoderar-se de Davi e sua gente,
27 तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।”
27 veio um mensageiro anunciar ao rei: Vem depressa; os filisteus entraram na terra.
28 तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत भने।
28 Saul abandonou a perseguição e foi combater os filisteus. Por isso, àquele lugar foi dado o nome de Rocha da Separação.
29 दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे।
29 Subindo dali, veio Davi habitar nas alturas de Engadi.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.