1 Samuel 14
npioncb (NPIONCB) vs VC
1 एक दिन शाऊलका छोरा जोनाथनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूको पहरे-चौकी भएको ठाउँमा जाऔँ।” तर यो कुरा तिनले आफ्ना पिता शाऊललाई भनेनन्।
1 Um dia, Jônatas, filho de Saul, disse ao seu escudeiro: Vem, passemos até ao acampamento dos filisteus que está do outro lado. Mas nada disse ao seu pai.
2 शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए।
2 Saul estava acampado na extremidade de Gabaa, debaixo da romãzeira de Magron, com uma tropa de seiscentos homens aproximadamente.
3 तीमध्ये एक एपोद लगाउने अहीयाह थिए। अहीयाह अहीतूबका छोरा थिए। अहीतूब इकाबोदका दाजु थिए। इकाबोद पीनहासका छोरा थिए। अनि पीनहासचाहिँ शीलोमा याहवेहका पुजारी एलीका छोरा थिए। जोनाथन गएको कुरा कसैलाई पनि थाहा थिएन।
3 Aquias, filho de Aquitob, irmão de lcabod, filho de Finéias, filho de Heli, o sacerdote do Senhor em Silo, levava o efod. O povo ignorava a saída de Jônatas.
4 पलिश्तीहरूको पहरे-चौकीमा पुग्न जोनाथनले जुन बाटो भएर जानुपर्थ्यो, त्यहाँ दुवैतिर ठूला-ठूला चट्टानहरू थिए। एउटा चट्टानलाई बोसेस र अर्कोलाई सेनेह भनिन्थ्यो।
4 Ora, no desfiladeiro que Jônatas tentava atravessar para atingir a guarnição dos filisteus, havia rochedos altos, em forma de dentes, de um e outro lado, um dos quais se chamava Boses e o outro Sene.
5 एउटा चट्टान मिकमाशको उत्तरपट्टि, र अर्को चट्टानचाहिँ दक्षिणपट्टि गेबातिर फर्केको थियो।
5 Um desses se elevava ao norte, defronte de Macmas, e o outro ao sul, do lado de Gabaa.
6 तब जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूका चौकीमा जाऔँ। सायद याहवेहले हाम्रो पक्षमा काम गर्नुहुनेछ। उहाँलाई कुनै पनि कुराले रोक्न सक्नेछैन। धेरै होस् वा थोरै होस्, याहवेहले युद्ध जित्न सक्नुहुन्छ।”
6 Disse, pois, Jônatas ao seu escudeiro: Vem, ataquemos a guarnição desses incircuncisos; talvez o Senhor combaterá por nós. Nada impede que ele dê a vitória a poucos tão bem como a muitos.
7 अनि जोनाथनको हतियार बोक्नेले भन्यो, “तपाईंलाई मनमा लागेको कुरा गर्नुहोस्; अगि बढ्नुहोस्, म तपाईंलाई तनमनले साथ दिनेछु।”
7 Seu escudeiro respondeu-lhe: Faze como te aprouver; vai aonde quiseres, que eu te seguirei aonde deliberares.
8 जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्।
8 Pois bem, replicou Jônatas; marchemos contra esses homens e mostremos-nos a eles.
9 यदि तिनीहरूले हामीलाई, ‘हामी तिमीहरूकहाँ नआएसम्म पर्खनू,’ भनेछन् भने हामी आफ्नो ठाउँमा बसिरहौँ र तिनीहरूकहाँ नजाऔँ।
9 Se nos disserem: Esperai até que vamos ter convosco, ficaremos em nosso posto, e não subiremos a eles.
10 तर यदि तिनीहरूले ‘हामीकहाँ उक्लेर आओ,’ भनेछन् भने हामी माथि जाऔँ; किनकि याहवेहले तिनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ भन्ने कुराको चिन्ह हाम्रा लागि यही हुनेछ।”
10 Se, porém, nos disserem: Subi a nós - iremos, porque o Senhor no-los terá entregue nas mãos. Isso nos servirá de sinal.
11 यसकारण ती दुवै जना पलिश्तीहरूको चौकीमा देखा परे। अनि पलिश्तीहरूले भने, “हेर! हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट घस्रँदै बाहिर आइरहेका छन्।”
11 Então, mostraram-se ambos à guarnição dos filisteus. Estes disseram: Eis os hebreus que saem das cavernas onde se tinham escondido.
12 तब पलिश्तीहरूका चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्नेलाई कराएर भने, “हामीकहाँ आओ र हामी तिमीहरूलाई एउटा पाठ सिकाउनेछौँ।”
12 E os homens da guarda gritaram a Jônatas e ao escudeiro: Subi a nós; queremos dizer-vos uma coisa. Jônatas disse ao escudeiro: Segue-me, porque o Senhor os entregou nas mãos de Israel.
13 जोनाथन हातखुट्टा टेक्दै उकालो चढे, र तिनको हतियार बोक्ने पनि तिनको पछि-पछि गयो। पलिश्तीहरू जोनाथनको सामु ढले, र तिनको हतियार बोक्नेले तिनीहरूलाई पछिल्तिरबाट मार्यो।
13 Subiu, pois, Jônatas, trepando com as mãos e com os pés, seguido do escudeiro. Os filisteus caíram diante de Jônatas, e o seu escudeiro matava-os atrás dele.
14 तिनीहरूको पहिलो आक्रमणमा जोनाथन र तिनको हतियार बोक्नेले करिब आधा एकड क्षेत्रभित्र लगभग बीस जना मानिसहरूलाई मारे।
14 Esse foi o primeiro massacre que fizeram Jônatas e o seu escudeiro, metade de uma jeira de terra.
15 तब समस्त योद्धाहरूमा अर्थात् छाउनी, खेत र चौकीमा भएका सेनाहरू, र छापा मार्ने दलमा भएका मानिसहरूका बीचमा आतङ्क फैलियो, र जमिन हल्लियो। अनि यो परमेश्वरद्वारा पठाइएको ठूलो आतङ्क थियो।
15 Espalhou-se o terror no acampamento dos filisteus, assim como na região e entre todo o povo. A guarnição e os saqueadores ficaram tomados de espanto, e a terra ficou em pânico: pois aquilo era como um terror de Deus.
16 बेन्यामीनको गेबामा भएका शाऊलका पहरा गर्ने मानिसहरूले पलिश्ती योद्धाहरू चारैतिर डरले भागिरहेका देखे।
16 As sentinelas de Saul que estavam em Gabaa de Benjamim, viram a multidão de fugitivos que se dispersava por todos os lados.
17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “दलहरूलाई भेला गर, र हामीलाई कसले छोडेर गएको छ, हेर।” जब तिनीहरूले सबैलाई भेला गरे, र जोनाथन र तिनका हतियार बोक्ने त्यहाँ रहेनछन्।
17 Saul disse ao povo: Fazei uma chamada e vede quem saiu dentre nós. Fez-se a chamada e verificou-se a falta de Jônatas e de seu escudeiro.
18 तब शाऊलले अहीयाहलाई भने, “परमेश्वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।)
18 Saul disse a Aquias: Faze aproximar a arca de Deus. {Porque a arca de Deus se encontrava naquele dia com os israelitas.}
19 शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।”
19 Enquanto Saul falava ao sacerdote, o tumulto no acampamento dos filisteus crescia cada vez mais. Saul disse ao sacerdote: Retira a tua mão.
20 तब शाऊल र तिनका सबै मानिसहरू भेला भएर लडाइँमा गए। इस्राएलीहरूले पलिश्तीहरू ठूलो अलमलमा परेर एक-अर्कालाई नै आफ्नो तरवारले प्रहार गरिरहेका देखे।
20 O rei e todo o povo que estavam com ele foram até o lugar do combate: os filisteus, numa extrema confusão, voltavam a espada uns contra os outros.
21 ती हिब्रूहरू, जो पहिले पलिश्तीहरूकहाँ गएर तिनीहरूका छाउनीमा बसेका थिए। तिनीहरू पनि शाऊल र जोनाथनसँग भएका इस्राएलीहरूको छाउनीमा गए।
21 Os hebreus que tinham estado desde há muito tempo com os filisteus, e que os tinham seguido ao acampamento, voltaram e puseram-se do lado dos israelitas que estavam com Saul e Jônatas.
22 जब एफ्राइमको पहाडी मुलुकमा लुकिरहेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागिरहेका सुने, तब तिनीहरू पनि अति ठूलो जोशको साथ लडाइँमा सामेल भए।
22 Igualmente todos os israelitas que se tinham escondido no monte de Efraim, sabendo que os filisteus tinham fugido, saíram a persegui-los para os ferir.
23 यसरी याहवेहले त्यस दिन इस्राएलीहरूलाई बचाउनुभयो; अनि लडाइँ बेथ-आवेनको पारिसम्मै पुग्यो।
23 Naquele dia, o Senhor deu a vitória a Israel. O combate prosseguiu até além de Bet-Aven.
24 अनि त्यस दिन इस्राएलीहरू साह्रै कष्टमा थिए; किनकि शाऊलले मानिसहरूलाई यसो भनेर शपथ खान लगाएर राखेका थिए, “साँझ पर्न अगि र मैले मेरा शत्रुहरूमाथि बदला नलिएसम्म जसले भोजन खान्छ, त्यो व्यक्तिलाई मेरो श्राप छ!” यसकारण कुनै पनि दलले भोजन चाखेनन्।
24 Os israelitas estavam extenuados naquele dia, porque Saul conjurara o povo, dizendo: Maldito seja o homem que tomar alimento antes do anoitecer, antes que eu me tenha vingado de meus inimigos. Por isso ninguém tinha comido.
25 सम्पूर्ण फौजहरू जङ्गलमा पसे; अनि त्यहाँ भुइँमा मह थियो।
25 Todos tinham entrado numa floresta, onde havia mel na superfície do solo.
26 जब तिनीहरू जङ्गलभित्र पसे, तब तिनीहरूले चाकाबाट मह चुहिरहेको देखे। तर कसैले पनि मह खाएनन्; किनकि तिनीहरूलाई शपथको डर थियो।
26 o povo entrou, pois, na floresta e viu o mel que corria, mas ninguém levou a mão à boca, por respeito ao juramento.
27 तर जोनाथनले चाहिँ तिनका पिताले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्। यसकारण तिनले आफ्नो हातमा भएको लहुरोको टुप्पो महको चाकामा डुबाए। तिनले लहुरोमा मह लिएर खाए; र तिनको आँखामा चमक आयो।
27 Mas Jônatas, ignorando o juramento que o seu pai obrigara o povo a fazer, estendeu a ponta da vara que tinha na mão, mergulhou-a num favo de mel e o levou à boca. Então seus olhos {fatigados} brilharam.
28 तब एक जना योद्धाले तिनलाई भन्यो, “तपाईंका पिताले सेनाहरूलाई यसो भनेर शपथ खान लाएका छन्, ‘आज भोजन खाने व्यक्ति श्रापित होस्!’ त्यसैले मानिसहरू अति कमजोर भएका हुन्।”
28 Um homem do grupo disse-lhe: Teu pai fez jurar o povo, dizendo: Maldito o homem que hoje tomar alimento. E o povo estava esgotado.
29 जोनाथनले भने, “मेरा पिताले देशमा सङ्कट ल्याउनुभएको छ। हेर न, मैले यो मह अलिकति चाटेपछि कस्तो फूर्तिलो भएको छु।
29 Jônatas disse: Meu pai fez mal à terra. Vede como se me iluminaram os olhos, porque comi um pouco de mel.
30 यदि आज मानिसहरूले आफ्ना शत्रुहरूबाट लुटेका मालसामानहरूबाट केही खाएका भए कति असल हुनेथियो? अझ धेरै पलिश्तीहरूलाई मार्न सकिने थिएन र?”
30 Ah! se o povo tivesse hoje comido da presa tomada ao inimigo, não teria sido muito maior a derrota dos filisteus?
31 त्यस दिन, इस्राएलीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म मारे। अनि इस्राएलीहरू साह्रै शिथिल भए।
31 Eles bateram, naquele dia, os filisteus desde Macmas até Ajalon.
32 इस्राएलीहरूले लुटका सामानहरूमाथि झम्टेर भेडा, गाईबस्तु र बाछाहरू लिएर तिनीहरूले जमिनमा मारे; र रगतसँगै खाए।
32 O povo, esgotado de fadiga, lançou-se sobre a presa e tomou as ovelhas, os bois e os bezerros, que degolou sobre a terra, comendo a carne juntamente com o sangue.
33 तब कसैले शाऊललाई भनिदियो, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै मासु खाएर याहवेहको विरुद्धमा पाप गरिरहेका छन्।”
33 Eis que o povo está pecando contra o Senhor, vieram dizer a Saul, comendo carne com sangue. Isso é uma impiedade, exclamou o rei; revolvei-me já para aqui uma grande pedra.
34 त्यसपछि शाऊलले भने, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन, ‘तिमीहरू हरेकले आफ्ना गाईबस्तु र भेडाबाख्राहरू मकहाँ ल्याओ। अनि तिनीहरूलाई यहाँ मारेर खाओ। तर रगतसमेतको मासु खाएर याहवेहको विरुद्धमा पाप नगर।’ ”
34 Ide por todo o povo, ajuntou, e dizei-lhes que cada um me traga as suas ovelhas e os seus bois, para que sejam degolados aqui. Comê-los-eis então, sem pecar contra o Senhor, comendo carne com sangue. Cada um deles levou naquela noite o gado que tinha em mãos e o degolou ali.
35 त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो।
35 Saul edificou um altar ao Senhor. Este foi o primeiro altar que ele levantou.
36 शाऊलले भने, “हामी राति पलिश्तीहरूको पछि-पछि तल जाऔँ र तिनीहरूलाई बिहानसम्मै लुटौँ। अनि हामी तिनीहरू एउटैलाई पनि जीवित नछोडौँ!”
36 Depois Saul disse: Desçamos durante a noite contra os filisteus e despojemo-los até os primeiros albores do dia e não deixemos vivo um só homem deles. O povo disse: Faze tudo o que melhor te parecer. Então o sacerdote disse: Aproximemo-nos aqui de Deus.
37 यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म तल गएर पलिश्तीहरूलाई लखेटौँ? के तपाईंले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन याहवेहले तिनलाई जवाफ दिनुभएन।
37 Saul consultou a Deus: Perseguirei os filisteus? Entregá-los-eis nas mãos de Israel? Mas Deus não lhe respondeu dessa vez.
38 यसकारण शाऊलले भने, “सेनाका अगुवा जति सबै यहाँ आओ; अनि आज कुनचाहिँ पाप भएको छ भनी हामी पत्ता लगाऔँ।
38 Saul disse: Fazei vir aqui todos os chefes do povo; investigar e dizei-me qual é o pecado que hoje se cometeu.
39 इस्राएललाई छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि त्यो पाप मेरा छोरा जोनाथनले गरेको छ भने पनि तिनी निश्चय मर्नैपर्छ।” तर कसैले पनि एउटै शब्द बोलेनन्।
39 Pela vida do Senhor, libertador de Israel! Mesmo que fosse o meu filho Jônatas, ele morrerá! Mas ninguém na multidão lhe respondeu.
40 तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।”
40 Ponde-vos de um lado, disse ele a todo o Israel; eu e meu filho Jônatas estaremos do outro. A multidão respondeu-lhe: Faze o que te parecer melhor.
41 तब शाऊलले याहवेह इस्राएलका परमेश्वरसँग यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो सेवकलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरा छोरा जोनाथनमा छ भने त्यसमा ऊरीम परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई तुम्मीम परोस्।” अनि जोनाथन र शाऊलको नाममा चिट्ठा पर्यो, तर मानिसहरूचाहिँ निर्दोष साबित भए।
41 Saul disse ao Senhor: Deus de Israel, dai-nos a conhecer a verdade! Jônatas e Saul foram designados pela sorte, e o povo ficou livre.
42 तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको नाममा चिट्ठा हाल।” अनि जोनाथनको भागमा पर्यो।
42 Então Saul disse: Lançai a sorte entre mim e Jônatas, meu filho. E caiu a sorte em Jônatas.
43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!”
43 Confessa-me o que fizeste, disse Saul ao seu filho. Jônatas contou-lhe: Provei um pouco de mel com a ponta da vara que eu. tinha na mão. Eis que vou morrer!
44 शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।”
44 Saul disse: Trate-me Deus com todo o rigor, se não morreres, Jônatas!
45 तर मानिसहरूले शाऊललाई भने, “के इस्राएलको निम्ति महान् छुटकारा ल्याउने जोनाथन मर्नैपर्छ? यस्तो कदापि हुनेछैन! निश्चित रूपमा जीवित याहवेहलाई साक्षी राखेर हामी भन्दछौँ, तिनको एउटै पनि केश भुइँमा खस्नेछैन। किनकि तिनले आजको यो काम परमेश्वरको सहायताले गरेका थिए।” यसरी मानिसहरूले जोनाथनलाई उद्धार गराए, र तिनलाई मृत्युदण्ड दिइएन।
45 Mas o povo interveio: Como haveria de perecer Jônatas, ele que deu essa vitória tão grande a Israel? Isso não pode ser! Viva Deus! Nem um só cabelo de sua cabeça cairá por terra, porque foi por Deus que ele operou hoje dessa forma. Assim o povo salvou Jônatas, e ele não morreu.
46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए।
46 Saul voltou e não perseguiu os filisteus, que foram para as suas terras.
47 शाऊलले इस्राएलमाथि शासन गर्न थाले, तब तिनले आफ्ना चारैतिरका विरोधीहरू: अर्थात् मोआब, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे। शाऊल जहाँ-जहाँ गए, विरोधीहरूलाई हराए।
47 Saul, depois de ter tomado posse do reino de Israel, combateu contra todos os inimigos da vizinhança: Moab, os amonitas, Edom, os reis de Soba, os filisteus; para onde quer que se voltava, ele vencia.
48 तिनले वीरतासाथ युद्ध गरे र अमालेकीहरूलाई परास्त गरे। इस्राएलीहरूलाई लुटपाट गर्नेहरूबाट छुटकारा दिलाए।
48 Portou-se valorosamente, feriu Amalec e livrou Israel das mãos dos que o devastavam.
49 शाऊलका छोराहरू जोनाथन, यिश्वी र मल्की-शूअ थिए। तिनकी जेठी छोरीको नाम मेराब र कान्छी छोरीको नामचाहिँ मीकल थियो।
49 Os filhos de Saul foram Jônatas, Jessui e Melquisua; a primogênita de suas duas filhas chamava-se Merob, a mais nova Micol.
50 तिनकी पत्नीको नाम अहीनोम थियो, जो अहीमासकी छोरी थिइन्। शाऊलको सेनाको सेनापति, शाऊलका काका नेरका छोरा अबनेर थिए।
50 Sua mulher chamava-se Aquinoã, filha de Aquimaas. O general de seu exército era Abner, filho de Ner, tio de Saul.
51 शाऊलका बुबा कीश र अबनेरका बुबा नेर अबीएलका छोराहरू थिए।
51 Cís, pai de Saul, e Ner, pai de Abner, eram filhos de Abiel.
52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग घमासान लडाइँ भइरह्यो। जब शाऊलले बलिया वा साहसी मानिस देख्थे, तब तिनले त्यस मानिसलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।
52 Durante todo o tempo da vida de Saul a guerra foi encarniçada contra os filisteus. O rei, logo que descobria um homem forte e valente, tomava-o a seu serviço.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Samuel 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.