1 Samuel 14

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 एक दिन शाऊलका छोरा जोनाथनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूको पहरे-चौकी भएको ठाउँमा जाऔँ।” तर यो कुरा तिनले आफ्ना पिता शाऊललाई भनेनन्।
1 Um dia, Jônatas, filho de Saul, disse ao seu jovem escudeiro: — Venha, vamos até a guarnição dos filisteus, que está do outro lado. Porém ele não contou isso a seu pai.
2 शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए।
2 Saul se encontrava na extremidade de Gibeá, debaixo da romãzeira em Migrom. E o povo que estava com ele eram cerca de seiscentos homens.
3 तीमध्ये एक एपोद लगाउने अहीयाह थिए। अहीयाह अहीतूबका छोरा थिए। अहीतूब इकाबोदका दाजु थिए। इकाबोद पीनहासका छोरा थिए। अनि पीनहासचाहिँ शीलोमा याहवेहका पुजारी एलीका छोरा थिए। जोनाथन गएको कुरा कसैलाई पनि थाहा थिएन।
3 Aías, filho de Aitube, irmão de Icabô, filho de Fineias, filho de Eli, sacerdote do Senhor em Siló, trazia a estola sacerdotal. O povo não sabia que Jônatas tinha ido.
4 पलिश्तीहरूको पहरे-चौकीमा पुग्न जोनाथनले जुन बाटो भएर जानुपर्थ्यो, त्यहाँ दुवैतिर ठूला-ठूला चट्टानहरू थिए। एउटा चट्टानलाई बोसेस र अर्कोलाई सेनेह भनिन्थ्यो।
4 Entre os desfiladeiros pelos quais Jônatas procurava passar à guarnição dos filisteus, havia um penhasco íngreme de um lado, e outro penhasco íngreme do outro lado. Um se chamava Bozez; o outro, Sené.
5 एउटा चट्टान मिकमाशको उत्तरपट्टि, र अर्को चट्टानचाहिँ दक्षिणपट्टि गेबातिर फर्केको थियो।
5 Um deles se erguia ao norte, diante de Micmás; o outro, ao sul, diante de Geba.
6 तब जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूका चौकीमा जाऔँ। सायद याहवेहले हाम्रो पक्षमा काम गर्नुहुनेछ। उहाँलाई कुनै पनि कुराले रोक्न सक्नेछैन। धेरै होस् वा थोरै होस्, याहवेहले युद्ध जित्न सक्नुहुन्छ।”
6 Jônatas disse ao seu escudeiro: — Venha, vamos até a guarnição desses incircuncisos. Talvez o
7 अनि जोनाथनको हतियार बोक्नेले भन्यो, “तपाईंलाई मनमा लागेको कुरा गर्नुहोस्; अगि बढ्नुहोस्, म तपाईंलाई तनमनले साथ दिनेछु।”
7 Então o escudeiro disse: — Faça tudo o que estiver em seu coração. Eu estou com você e farei o que você decidir.
8 जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्।
8 Jônatas respondeu: — Então vamos atravessar na direção daqueles homens e deixar que eles nos vejam.
9 यदि तिनीहरूले हामीलाई, ‘हामी तिमीहरूकहाँ नआएसम्म पर्खनू,’ भनेछन् भने हामी आफ्नो ठाउँमा बसिरहौँ र तिनीहरूकहाँ नजाऔँ।
9 Se nos disserem assim: “Fiquem parados até que cheguemos perto de vocês”, então ficaremos onde estamos e não subiremos a eles.
10 तर यदि तिनीहरूले ‘हामीकहाँ उक्लेर आओ,’ भनेछन् भने हामी माथि जाऔँ; किनकि याहवेहले तिनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ भन्‍ने कुराको चिन्ह हाम्रा लागि यही हुनेछ।”
10 Porém se disserem: “Subam até aqui”, então subiremos, pois o Senhor os entregou em nossas mãos. Isto nos servirá de sinal.
11 यसकारण ती दुवै जना पलिश्तीहरूको चौकीमा देखा परे। अनि पलिश्तीहरूले भने, “हेर! हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट घस्रँदै बाहिर आइरहेका छन्।”
11 Quando os dois se deixaram ver pela guarnição dos filisteus, estes disseram: — Eis que os hebreus estão saindo dos buracos onde estavam escondidos.
12 तब पलिश्तीहरूका चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्नेलाई कराएर भने, “हामीकहाँ आओ र हामी तिमीहरूलाई एउटा पाठ सिकाउनेछौँ।”
12 Os homens da guarnição disseram a Jônatas e ao seu escudeiro: — Subam até aqui e nós daremos uma lição em vocês. Então Jônatas disse ao escudeiro: — Venha atrás de mim, porque o
13 जोनाथन हातखुट्टा टेक्दै उकालो चढे, र तिनको हतियार बोक्ने पनि तिनको पछि-पछि गयो। पलिश्तीहरू जोनाथनको सामु ढले, र तिनको हतियार बोक्नेले तिनीहरूलाई पछिल्तिरबाट मार्‍यो।
13 Então Jônatas subiu engatinhando, e o seu escudeiro foi atrás. Os filisteus caíram diante de Jônatas, e o seu escudeiro os matava atrás dele.
14 तिनीहरूको पहिलो आक्रमणमा जोनाथन र तिनको हतियार बोक्नेले करिब आधा एकड क्षेत्रभित्र लगभग बीस जना मानिसहरूलाई मारे।
14 Neste primeiro ataque, Jônatas e o seu escudeiro mataram perto de vinte homens, numa pequena área de terra.
15 तब समस्त योद्धाहरूमा अर्थात् छाउनी, खेत र चौकीमा भएका सेनाहरू, र छापा मार्ने दलमा भएका मानिसहरूका बीचमा आतङ्क फैलियो, र जमिन हल्‍लियो। अनि यो परमेश्‍वरद्वारा पठाइएको ठूलो आतङ्क थियो।
15 Houve grande espanto no arraial, no campo e entre todo o povo. Também a guarnição e os saqueadores tremeram, e até a terra tremeu. Foi um terror causado por Deus.
16 बेन्यामीनको गेबामा भएका शाऊलका पहरा गर्ने मानिसहरूले पलिश्ती योद्धाहरू चारैतिर डरले भागिरहेका देखे।
16 Em Gibeá de Benjamim, as sentinelas de Saul olharam e eis que a multidão dos filisteus se dispersava, correndo uns para cá, outros para lá.
17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “दलहरूलाई भेला गर, र हामीलाई कसले छोडेर गएको छ, हेर।” जब तिनीहरूले सबैलाई भेला गरे, र जोनाथन र तिनका हतियार बोक्ने त्यहाँ रहेनछन्।
17 Então Saul disse ao povo que estava com ele: — Contem os soldados e vejam quem é que saiu do acampamento. Contaram, e eis que nem Jônatas nem o seu escudeiro estavam ali.
18 तब शाऊलले अहीयाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।)
18 Saul disse a Aías: — Traga aqui a arca de Deus. Isso porque, naquele dia, ela estava com os filhos de Israel.
19 शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।”
19 Enquanto Saul falava ao sacerdote, o alvoroço que havia no arraial dos filisteus aumentava cada vez mais. Então Saul disse ao sacerdote: — Desista de trazer a arca.
20 तब शाऊल र तिनका सबै मानिसहरू भेला भएर लडाइँमा गए। इस्राएलीहरूले पलिश्तीहरू ठूलो अलमलमा परेर एक-अर्कालाई नै आफ्नो तरवारले प्रहार गरिरहेका देखे।
20 Saul e todo o povo que estava com ele se reuniram e foram à batalha. E eis que a espada de um era contra o outro, e houve grande tumulto.
21 ती हिब्रूहरू, जो पहिले पलिश्तीहरूकहाँ गएर तिनीहरूका छाउनीमा बसेका थिए। तिनीहरू पनि शाऊल र जोनाथनसँग भएका इस्राएलीहरूको छाउनीमा गए।
21 Também os hebreus que anteriormente haviam estado com os filisteus e que tinham ido com eles ao arraial, também estes se juntaram com os israelitas que estavam com Saul e Jônatas.
22 जब एफ्राइमको पहाडी मुलुकमा लुकिरहेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागिरहेका सुने, तब तिनीहरू पनि अति ठूलो जोशको साथ लडाइँमा सामेल भए।
22 Quando todos os homens de Israel que estavam escondidos na região montanhosa de Efraim ouviram que os filisteus estavam fugindo, também eles entraram na batalha e os perseguiram.
23 यसरी याहवेहले त्यस दिन इस्राएलीहरूलाई बचाउनुभयो; अनि लडाइँ बेथ-आवेनको पारिसम्मै पुग्यो।
23 Assim o Senhor livrou Israel naquele dia. E a batalha passou além de Bete-Áven.
24 अनि त्यस दिन इस्राएलीहरू साह्रै कष्‍टमा थिए; किनकि शाऊलले मानिसहरूलाई यसो भनेर शपथ खान लगाएर राखेका थिए, “साँझ पर्न अगि र मैले मेरा शत्रुहरूमाथि बदला नलिएसम्म जसले भोजन खान्छ, त्यो व्यक्तिलाई मेरो श्राप छ!” यसकारण कुनै पनि दलले भोजन चाखेनन्।
24 Naquele dia os homens de Israel estavam angustiados, porque Saul havia levado o povo a fazer um juramento, dizendo: — Maldito o homem que comer algo antes de anoitecer, antes de eu me vingar dos meus inimigos. Por isso todo o povo se absteve de comer naquele dia.
25 सम्पूर्ण फौजहरू जङ्गलमा पसे; अनि त्यहाँ भुइँमा मह थियो।
25 Todo o povo chegou a um bosque onde havia mel no chão.
26 जब तिनीहरू जङ्गलभित्र पसे, तब तिनीहरूले चाकाबाट मह चुहिरहेको देखे। तर कसैले पनि मह खाएनन्; किनकि तिनीहरूलाई शपथको डर थियो।
26 Quando o povo entrou no bosque, eis que o mel estava escorrendo. Mas ninguém provou do mel, porque o povo estava com medo do juramento.
27 तर जोनाथनले चाहिँ तिनका पिताले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्। यसकारण तिनले आफ्नो हातमा भएको लहुरोको टुप्पो महको चाकामा डुबाए। तिनले लहुरोमा मह लिएर खाए; र तिनको आँखामा चमक आयो।
27 Jônatas, porém, não sabia que o pai havia levado o povo a fazer aquele juramento. Por isso, estendeu a ponta da vara que tinha na mão, e a molhou no favo de mel. Quando comeu, os seus olhos voltaram a brilhar.
28 तब एक जना योद्धाले तिनलाई भन्यो, “तपाईंका पिताले सेनाहरूलाई यसो भनेर शपथ खान लाएका छन्, ‘आज भोजन खाने व्यक्ति श्रापित होस्!’ त्यसैले मानिसहरू अति कमजोर भएका हुन्।”
28 Então alguém do meio do povo disse: — O seu pai levou o povo a jurar solenemente, dizendo: “Maldito o homem que comer algo no dia de hoje.” Por isso o povo está exausto.
29 जोनाथनले भने, “मेरा पिताले देशमा सङ्कट ल्याउनुभएको छ। हेर न, मैले यो मह अलिकति चाटेपछि कस्तो फूर्तिलो भएको छु।
29 Então Jônatas disse: — Meu pai trouxe desastre sobre a terra. Vejam como os meus olhos brilham por ter eu provado um pouco deste mel.
30 यदि आज मानिसहरूले आफ्ना शत्रुहरूबाट लुटेका मालसामानहरूबाट केही खाएका भए कति असल हुनेथियो? अझ धेरै पलिश्तीहरूलाई मार्न सकिने थिएन र?”
30 Teria sido muito melhor se hoje o povo tivesse comido livremente do que encontrou entre os despojos de seus inimigos. A derrota dos filisteus teria sido bem maior!
31 त्यस दिन, इस्राएलीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म मारे। अनि इस्राएलीहरू साह्रै शिथिल भए।
31 Naquele dia derrotaram os filisteus, desde Micmás até Aijalom. O povo estava muito exausto.
32 इस्राएलीहरूले लुटका सामानहरूमाथि झम्टेर भेडा, गाईबस्तु र बाछाहरू लिएर तिनीहरूले जमिनमा मारे; र रगतसँगै खाए।
32 Então, lançando-se sobre o despojo, pegaram ovelhas, bois e bezerros, e os mataram no chão, e comeram a carne com sangue.
33 तब कसैले शाऊललाई भनिदियो, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै मासु खाएर याहवेहको विरुद्धमा पाप गरिरहेका छन्।”
33 Foram contar isto a Saul, dizendo: — Eis que o povo está pecando contra o Saul gritou: — Traidores! Rolem para aqui uma grande pedra.
34 त्यसपछि शाऊलले भने, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन, ‘तिमीहरू हरेकले आफ्ना गाईबस्तु र भेडाबाख्राहरू मकहाँ ल्याओ। अनि तिनीहरूलाई यहाँ मारेर खाओ। तर रगतसमेतको मासु खाएर याहवेहको विरुद्धमा पाप नगर।’ ”
34 E Saul disse mais: — Espalhem-se entre o povo e digam a eles que cada um me traga o seu boi, a sua ovelha, e que os matem aqui, e então comam. E que não pequem contra o Então todo o povo trouxe, de noite, cada um o seu boi e o matou ali.
35 त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो।
35 E Saul edificou um altar ao Senhor . Foi o primeiro altar que lhe edificou.
36 शाऊलले भने, “हामी राति पलिश्तीहरूको पछि-पछि तल जाऔँ र तिनीहरूलाई बिहानसम्मै लुटौँ। अनि हामी तिनीहरू एउटैलाई पनि जीवित नछोडौँ!”
36 Então Saul disse: — Vamos descer esta noite no encalço dos filisteus. Vamos saqueá-los até o raiar do dia, e não deixemos que fique nem sequer um deles. Eles responderam: — Faça como achar melhor.
37 यसकारण शाऊलले परमेश्‍वरलाई सोधे, “के म तल गएर पलिश्तीहरूलाई लखेटौँ? के तपाईंले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन याहवेहले तिनलाई जवाफ दिनुभएन।
37 Mas o sacerdote disse: — Vamos primeiro nos aproximar de Deus. Então Saul consultou a Deus, dizendo: — Devo descer no encalço dos filisteus? Tu os entregarás nas mãos de Israel? Porém naquele dia Deus não lhe respondeu.
38 यसकारण शाऊलले भने, “सेनाका अगुवा जति सबै यहाँ आओ; अनि आज कुनचाहिँ पाप भएको छ भनी हामी पत्ता लगाऔँ।
38 Então Saul disse: — Venham cá, todos os chefes do povo, e informem-se e descubram qual é o pecado que foi cometido hoje.
39 इस्राएललाई छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि त्यो पाप मेरा छोरा जोनाथनले गरेको छ भने पनि तिनी निश्‍चय मर्नैपर्छ।” तर कसैले पनि एउटै शब्द बोलेनन्।
39 Porque tão certo como vive o Senhor , que salva Israel, ainda que o meu filho Jônatas seja o culpado, certamente morrerá. Porém ninguém de todo o povo lhe respondeu.
40 तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।”
40 Então Saul disse a todo o Israel: — Fiquem vocês de um lado, e eu e o meu filho Jônatas ficaremos do outro. E o povo disse a Saul: — Faça como achar melhor.
41 तब शाऊलले याहवेह इस्राएलका परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो सेवकलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरा छोरा जोनाथनमा छ भने त्यसमा ऊरीम परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई तुम्मीम परोस्।” अनि जोनाथन र शाऊलको नाममा चिट्ठा पर्‍यो, तर मानिसहरूचाहिँ निर्दोष साबित भए।
41 Então Saul falou ao Senhor , Deus de Israel: — Mostra a verdade. Então Jônatas e Saul foram indicados por sorteio, e o povo saiu livre.
42 तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको नाममा चिट्ठा हाल।” अनि जोनाथनको भागमा पर्‍यो।
42 Então Saul disse: — Lancem a sorte entre mim e Jônatas, meu filho. E Jônatas foi indicado.
43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!”
43 Então Saul disse a Jônatas: — Diga-me o que foi que você fez. E Jônatas respondeu: — Eu apenas provei um pouco de mel com a ponta da vara que tinha na mão. Eis-me aqui; estou pronto para morrer.
44 शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्‍वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।”
44 Então Saul disse: — Que Deus me castigue se você não for morto, Jônatas.
45 तर मानिसहरूले शाऊललाई भने, “के इस्राएलको निम्ति महान् छुटकारा ल्याउने जोनाथन मर्नैपर्छ? यस्तो कदापि हुनेछैन! निश्‍चित रूपमा जीवित याहवेहलाई साक्षी राखेर हामी भन्दछौँ, तिनको एउटै पनि केश भुइँमा खस्‍नेछैन। किनकि तिनले आजको यो काम परमेश्‍वरको सहायताले गरेका थिए।” यसरी मानिसहरूले जोनाथनलाई उद्धार गराए, र तिनलाई मृत्युदण्ड दिइएन।
45 Porém o povo disse a Saul: — Como é que Jônatas pode ser morto, ele que efetuou tamanha salvação em Israel? Nada disso! Tão certo como vive o Assim o povo salvou Jônatas, para que não morresse.
46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए।
46 E Saul deixou de perseguir os filisteus, e estes voltaram para a sua terra.
47 शाऊलले इस्राएलमाथि शासन गर्न थाले, तब तिनले आफ्ना चारैतिरका विरोधीहरू: अर्थात् मोआब, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे। शाऊल जहाँ-जहाँ गए, विरोधीहरूलाई हराए।
47 Quando assumiu o reinado de Israel, Saul lutou contra todos os seus inimigos ao redor: contra Moabe, os filhos de Amom e Edom; contra os reis de Zobá e os filisteus; e, para onde quer que se voltava, era vitorioso.
48 तिनले वीरतासाथ युद्ध गरे र अमालेकीहरूलाई परास्त गरे। इस्राएलीहरूलाई लुटपाट गर्नेहरूबाट छुटकारा दिलाए।
48 Lutou com coragem, derrotando os amalequitas e libertando Israel das mãos dos que o saqueavam.
49 शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्की-शूअ थिए। तिनकी जेठी छोरीको नाम मेराब र कान्छी छोरीको नामचाहिँ मीकल थियो।
49 Os filhos de Saul eram Jônatas, Isvi e Malquisua. Os nomes de suas duas filhas eram Merabe, a mais velha, e Mical, a mais nova.
50 तिनकी पत्नीको नाम अहीनोम थियो, जो अहीमासकी छोरी थिइन्। शाऊलको सेनाको सेनापति, शाऊलका काका नेरका छोरा अबनेर थिए।
50 A mulher de Saul se chamava Ainoã, filha de Aimaás. O nome do general do seu exército era Abner, filho de Ner, tio de Saul.
51 शाऊलका बुबा कीश र अबनेरका बुबा नेर अबीएलका छोराहरू थिए।
51 Quis era pai de Saul; e Ner, pai de Abner, era filho de Abiel.
52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग घमासान लडाइँ भइरह्‍यो। जब शाऊलले बलिया वा साहसी मानिस देख्थे, तब तिनले त्यस मानिसलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।
52 Durante todo o reinado de Saul, houve forte guerra contra os filisteus. Por isso, sempre que via um homem forte e valente, Saul o agregava a si.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.