1 Reis 8

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै अगुवाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई आफ्नो उपस्थितिमा यरूशलेममा भेला हुन बोलाए।
1 Então convocou Salomão junto de si em Jerusalém os anciãos de Israel e todos os chefes das tribos e os chefes das famílias israelitas, para irem buscar na cidade de Davi, em Sião, a arca da aliança do Senhor.
2 इस्राएलका सबै मानिसहरू सातौँ महिना एतानीमको चाडको समयमा एकसाथ राजा सोलोमनकहाँ भेला भए।
2 Todos os israelitas se reuniram junto do rei Salomão no mês de Etanim, que é o sétimo, durante a festa.
3 इस्राएलका सबै प्रधानहरू आइपुगेपछि पुजारीहरूले याहवेहको सन्दुक उठाए।
3 Vieram todos os anciãos de Israel e os sacerdotes tomaram a arca do Senhor.
4 पुजारीहरू र लेवीहरूले याहवेहको सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू बोकेर माथि ल्याए,
4 Levaram-na, assim como a Tenda de Reunião e todos os utensílios sagrados que havia no tabernáculo: foram os sacerdotes e os levitas que os levaram.
5 अनि सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो।
5 O rei Salomão e toda a assembléia de Israel reunida junto dele conservavam-se diante da arca. Sacrificavam tão grande quantidade de ovelhas e bois que não se podia contar.
6 त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।
6 Os sacerdotes levaram a arca da aliança do Senhor para seu lugar, no santuário do templo, no Santo dos Santos, debaixo das asas dos querubins.
7 सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।
7 Pois os querubins estendiam as suas asas sobre o lugar da arca, e cobriam por cima a arca e os seus varais.
8 ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।
8 Estes varais eram de tal forma compridos, que se podiam ver as suas extremidades do lugar santo, diante do santuário, mas não de fora, e ali ficaram até o dia de hoje.
9 त्यस सन्दुकभित्र ढुङ्गाका दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।
9 Na arca só havia as duas tábuas de pedra que Moisés ali depusera no monte Horeb, quando o Senhor fez aliança com os israelitas, depois que saíram da terra do Egito.
10 जब पुजारीहरू पवित्रस्थानबाट हटे, तब याहवेहको मन्दिरभित्र बादल भरियो।
10 Quando os sacerdotes saíram do lugar santo, a nuvem encheu o templo do Senhor,
11 अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि याहवेहको महिमाले उहाँको मन्दिर भरियो।
11 de modo tal que os sacerdotes não puderam ali ficar para exercer as funções de seu ministério; porque a glória do Senhor enchia o templo do Senhor.
12 तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ;
12 Então disse Salomão: O Senhor declarou que habitaria na obscuridade.
13 मैले साँच्‍चै तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु—तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
13 Por isso, edifiquei uma casa para vossa residência, um lugar onde habitareis para sempre.
14 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।
14 Depois o rei virou-se para a assembléia de Israel, que se conservava de pé, e a abençoou.
15 त्यसपछि तिनले भने:
15 Bendito seja o Senhor, Deus de Israel, disse ele, que falou pela sua boca ao meu pai Davi e que, pela sua mão, acaba de cumprir a promessa que ele fez, quando disse:
16 ‘मैले आफ्ना मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो, मेरो नाम त्यहाँ रहोस् भनेर मेरो नाममा मन्दिर बनाउनलाई मैले इस्राएलको कुनै पनि कुलबाट सहर चुनिनँ, तर मैले मेरो जाति इस्राएलमाथि शासन गर्न दावीदलाई चुनेँ।’
16 Desde o dia em que tirei do Egito o meu povo de Israel, não escolhi cidade alguma entre as tribos de Israel, para que aí me fosse edificada uma casa onde residisse o meu nome; mas escolhi Davi para reinar sobre o meu povo de Israel.
17 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्‍वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।
17 Davi, meu pai, tinha a intenção de construir um templo ao nome do Senhor, Deus de Israel;
18 तर याहवेहले मेरा पिता दावीदलाई भन्‍नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।
18 mas o Senhor disse-lhe: Quando tiveste a intenção de edificar um templo ao meu nome, fizeste bem.
19 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत—तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’
19 Tu, porém, não edificarás esse templo; será o teu filho, saído de ti, quem construirá um templo ao meu nome.
20 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्‍वरको नामका निम्ति यो मन्दिर बनाएको छु।
20 O Senhor cumpriu, pois, a palavra que pronunciou. Como o Senhor o disse, eu me sentei sobre o trono de Israel, sucedendo ao meu pai Davi, e construí esse templo ao nome do Senhor, Deus de Israel.
21 मैले सन्दुकको निम्ति त्यहाँ एउटा ठाउँ राखेको छु, जसमा याहवेहले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा तिनीहरूसित बाँध्नुभएको करार छ।”
21 Preparei um lugar para a arca, onde se encontra a aliança do Senhor, aliança que fez com nossos pais quando os tirou do Egito.
22 तब सोलोमन सम्पूर्ण इस्राएली समुदायको अगि याहवेहको वेदीको सामु उभिए, र आफ्ना हातहरू स्वर्गतिर फैलाए,
22 Em seguida, pôs-se Salomão diante do altar do Senhor, em presença de toda a assembléia de Israel, estendeu as mãos para o céu e disse:
23 अनि तिनले भने:
23 Senhor, Deus de Israel, não há Deus semelhante a vós, nem no mais alto dos céus, nem aqui embaixo, na terra; vós sois fiel à vossa misericordiosa aliança com os vossos servos, que caminham diante de vós de todo o seu coração.
24 तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
24 Cumpristes a promessa que fizestes a vosso servo Davi, meu pai: o que vossa boca falou, realizou-o vossa mão, como hoje se vê.
25 “अब हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्‍नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘तेरा छोराहरू आफ्ना कामहरू र चालहरूमा तँजस्तै होसियार रहे भने मेरो सामु इस्राएलको सिंहासनमा बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’।
25 Agora, Senhor, Deus de Israel, realizai a promessa que fizestes a vosso servo Davi, meu pai, quando lhe dissestes: Não te faltará jamais diante de mim um sucessor ocupando o trono de Israel, contanto que teus filhos guardem cuidadosamente os teus caminhos, andando diante de mim, como tu mesmo o fizeste.
26 अब हे इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा होस्।
26 Cumpra-se, pois, presentemente, ó Deus de Israel, a promessa que fizestes ao vosso servo Davi, meu pai.
27 “तर के परमेश्‍वर साँच्‍चै पृथ्वीमा बास गर्नुहुन्छ? स्वर्गहरू र सबैभन्दा उच्‍च स्वर्गहरूमा पनि तपाईं अटाउन सक्नुहुन्‍न भने मैले बनाएको यस मन्दिरमा त झन् कसरी अटाउनुहोला र!
27 Mas, será verdade que Deus habite sobre a terra? Se o céu e os céus dos céus não vos podem conter quanto menos esta casa que edifiquei!
28 तरै पनि हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले आज गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्।
28 Entretanto, Senhor Deus meu, atendei à oração e às súplicas de vosso servo; ouvi o clamor e a prece que hoje vos dirijo.
29 यस मन्दिरमा तपाईंको दृष्‍टि दिनरात रहिरहोस्। यो ठाउँ, जसको बारेमा तपाईंले ‘मेरो नाम त्यहाँ हुनेछ’ भन्‍नुभएको थियो, ताकि तपाईंको सेवकले यस ठाउँतिर फर्किएर चढाएको प्रार्थना सुन्‍नुभएको होस्।
29 Que vossos olhos estejam dia e noite abertos sobre este templo, sobre este lugar, do qual dissestes: O meu nome residirá ali. Ouvi a oração que vosso servo vos faz neste lugar.
30 तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्; र तपाईंले सुन्‍नुभएपछि क्षमा गर्नुहोस्।
30 Ouvi a súplica de vosso servo e de vosso povo de Israel, quando orarem neste lugar. Ouvi-os do alto de vossa morada no céu, ouvi-os e perdoai!
31 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्‍यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,
31 Se alguém pecar contra o seu próximo e, fazendo-o jurar, for tomado juramento diante de vosso altar, neste templo,
32 तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्‍याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्।
32 vós, do alto dos céus, fareis justiça aos vossos servos, condenando o culpado, fazendo cair sobre ele o seu pecado, e justificando o inocente, tratando-o segundo a sua inocência.
33 “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंलाई प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने,
33 Quando vosso povo de Israel for derrotado por seus inimigos por ter pecado contra vós, se se voltarem para vós, dando glória ao vosso nome, e vierem orar e vos suplicar neste templo,
34 तब स्वर्गबाट सुन्‍नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई तपाईंले तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।
34 ouvi-os do alto dos céus, perdoai o pecado de vosso povo de Israel, e reconduzi-o à terra que destes a seus pais.
35 “तपाईंको जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए। अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,
35 Quando o céu se fechar e não cair mais a chuva, por terem pecado contra vós, se vierem orar neste lugar, dando glória ao vosso nome, e se converterem de seus pecados por causa de sua aflição,
36 तब स्वर्गबाट सुन्‍नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।
36 ouvi-os do alto dos céus, perdoai o pecado de vossos servos e de vosso povo de Israel. Mostrai-lhes o bom caminho que devem seguir, e mandai chuva sobre a terra que destes ao vosso povo como herança.
37 “जब देशमा अनिकाल वा रूढी आउँछ, सुकाउने अथवा ढुसी पर्ने रोग लाग्छ, सलह अथवा फट्याङ्ग्राहरू आउँछन्, अथवा कुनै शत्रुले तिनीहरूको कुनै सहरमा घेरा हाल्यो भने जस्तोसुकै आपत् वा रोग आयो भने पनि,
37 Quando vierem sobre a terra a fome, a peste, a ferrugem, a mangra, os gafanhotos; quando o inimigo cercar o povo nas cidades; quando houver qualquer flagelo ou epidemia,
38 तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो हृदयको कष्‍टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने
38 se um homem, se todo o vosso povo recorrer a vós com orações e súplicas, e se cada um, reconhecendo a chaga de seu coração, levantar as mãos para este templo,
39 तब तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्। तिनीहरूलाई क्षमा दिनुहोस् र काम गर्नुहोस्; तपाईंले तिनीहरूका हृदय जान्‍नुभएकोले (किनकि तपाईंले मात्र मानिसहरूको हृदय जान्‍नुहुन्छ), प्रत्येकसित तिनीहरूको कामअनुसारको व्यवहार गर्नुहोस्।
39 ouvi-os desde vossa morada no alto dos céus, e perdoai-lhes. Fazei de modo a dar a cada um segundo o que fez, vós que conheceis o seu coração, porque só vós conheceis o coração de todos os filhos dos homens;
40 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।
40 e desta sorte eles vos temerão durante todos os dias de sua vida na terra que destes a seus pais.
41 “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको नाम सुनेर टाढा देशबाट आएका छन् भने,
41 Quanto ao estrangeiro, que não pertence ao vosso povo de Israel, quando vier de uma terra longínqua por causa de vosso nome, -
42 किनभने मानिसहरूले तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुन्‍नेछन्। जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,
42 porque se ouvirá falar da grandeza de vosso nome, da força de vossa mão e do poder de vosso braço, - quando vier orar neste templo,
43 तब आफ्नो वासस्थान स्वर्गबाट सुन्‍नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।
43 ouvi-o do alto dos céus, do alto de vossa morada, ouvi-o e fazei tudo o que esse estrangeiro vos pedir. Então todos os povos da terra conhecerão o vosso nome, vos temerão como o vosso povo de Israel, e saberão que o vosso nome é invocado sobre esta casa que edifiquei.
44 “जब तपाईंका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा तपाईंले पठाउनुभएको ठाउँमा जान्छन्, तब तिनीहरूले तपाईंले चुन्‍नुभएको सहर र मैले तपाईंको नामका निम्ति बनाएको यस मन्दिरतिर फर्केर याहवेहलाई प्रार्थना गरे भने,
44 Quando o vosso povo partir para a guerra contra os seus inimigos, seguindo o caminho que lhe indicardes, se vos invocarem com o rosto voltado para a cidade que escolhestes, para o templo que edifiquei ao vosso nome,
45 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
45 ouvi do alto dos céus as suas preces e súplicas, e fazei-lhes justiça.
46 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्, किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर आफ्नै देश, टाढा वा नजिक लगे भने,
46 Quando pecarem contra vós - porque não há homem que não peque - e quando em vossa ira os entregardes nas mãos de seus inimigos, de sorte que sejam levados cativos pelos seus vencedores a uma terra inimiga, longínqua ou próxima,
47 तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएकाहरूका देशमा पश्‍चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्‍ट काम गरेका छौँ’ भन्छन् भने,
47 se, na terra de seu exílio, entrando em si mesmos, se arrependerem de seus pecados e vos suplicarem no seu cativeiro desta forma: Nós pecamos, cometemos a iniqüidade, procedemos mal,
48 अनि तिनीहरू आफूलाई कैद गरेर लैजाने शत्रुहरूको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन् र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर र तपाईंले चुन्‍नुभएको सहरतिर फर्केर, र मैले तपाईंको नामको खातिर बनाएको मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गरे भने;
48 se eles se voltarem para vós de todo o seu coração e de toda a sua alma, na terra de seus inimigos para onde forem levados cativos, e se orarem a vós com o rosto voltado para a terra que destes a seus pais, para esta cidade que escolhestes, para este templo que construí ao vosso nome,
49 तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्।
49 ouvi, do alto dos céus, do alto de vossa morada, as suas preces e súplicas, e fazei-lhes justiça.
50 तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्। तिनीहरूले तपाईंका विरुद्धमा गरेका सबै अपराधहरू क्षमा गर्नुहोस्। तिनीहरूलाई जित्नेहरूलाई तिनीहरूमाथि दया देखाउने बनाइदिनुहोस्।
50 Perdoai ao vosso povo os seus pecados e as ofensas que cometeu contra vós. Tornai-os simpáticos aos seus vencedores, de sorte que tenham compaixão deles;
51 किनकि तिनीहरू इजिप्टबाट अर्थात् फलाम गाल्ने भट्टीबाट तपाईंले निकालेर ल्याउनुभएका तपाईंका जाति र तपाईंका उत्तराधिकारी हुन्।
51 porque Israel é o vosso povo e a vossa herança, que tirastes do Egito, duma fornalha de ferro.
52 “तपाईंका नजर आफ्नो सेवकको अर्जबिन्ती र तपाईंको प्रजा इस्राएलको अर्जबिन्तीको लागि खुला रहून्। तिनीहरूले जहिले तपाईंमा पुकार गर्दा पनि तपाईंले ध्यानसित सुन्‍नुहोस्।
52 Estejam os vossos olhos abertos às súplicas de vosso servo e de vosso povo de Israel, para ouvi-los quando vos invocarem.
53 किनकि हे प्रभु याहवेह, तपाईंले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा आफ्नो सेवक मोशासित घोषणा गर्नुभएझैँ, तपाईंले तिनीहरूलाई आफ्ना उत्तराधिकार बनाउनलाई पृथ्वीका सबै जातिहरूबाट अलग गर्नुभएको थियो।”
53 Porque vós, ó Senhor Javé, os separastes dentre todos os povos da terra para vossa herança, como o declarastes pela boca de vosso servo Moisés, quando tirastes nossos pais do Egito!
54 जब सोलोमनले याहवेहलाई यो प्रार्थना र अर्जबिन्ती गरिसके, तब तिनी याहवेहको वेदीको सामुबाट उठे, जहाँ तिनी घुँडा टेकेर स्वर्गतिर हात फैलाएर बसेका थिए।
54 Quando Salomão acabou de fazer ao Senhor esta prece e esta súplica, levantou-se de diante do altar do Senhor, onde estava ajoelhado com as mãos levantadas para o céu.
55 तिनी खडा भए, र इस्राएलका सारा समुदायलाई चर्को सोरले यसो भनेर आशीर्वाद दिए:
55 De pé, abençoou toda a assembléia de Israel, dizendo em alta voz:
56 “याहवेहको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना जाति इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्नो सेवक मोशाद्वारा गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएका छैनन्।
56 Bendito seja o Senhor, que, como havia prometido, deu a paz ao seu povo de Israel! Não falhou uma palavra sequer de todas as boas palavras que dissera pela boca de seu servo Moisés.
57 याहवेह हाम्रा परमेश्‍वर हाम्रा पितापुर्खाहरूसित रहनुभएझैँ हामीसित पनि रहून्। उहाँले हामीलाई कहिल्यै नछोडून्, र हामीलाई नत्यागून्।
57 Que o Senhor, nosso Deus, esteja convosco como esteve com nossos pais; não nos deixe, nem nos abandone,
58 उहाँले हाम्रा पितापुर्खाहरूलाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नलाई अनि उहाँकै चालमा हिँड्नलाई उहाँले हाम्रा हृदयहरू आफूतिर फर्काऊन्।
58 mas incline os nossos corações para ele, a fim de que andemos em todos os seus caminhos, e guardemos os mandamentos e os preceitos que ele prescreveu a nossos pais.
59 मैले याहवेहको सामु प्रार्थनामा बोलेका मेरा यी वचनहरू याहवेह हाम्रा परमेश्‍वरको नजिक दिनरात रहिरहून्। उहाँले प्रत्येक दिनको खाँचोअनुसार आफ्नो सेवकको र आफ्नो जाति इस्राएलको पक्ष लिऊन्।
59 Oxalá fiquem estas minhas palavras, com que supliquei ao Senhor, presentes à sua memória de dia e de noite, para que, dia por dia, ele faça justiça ao seu servo e ao seu povo de Israel.
60 ताकि पृथ्वीका सारा जातिहरूले याहवेह नै परमेश्‍वर हुनुहुन्छ, र अरू कुनै ईश्‍वर छैन भनी जानून्।
60 Assim, todos os povos da terra reconhecerão que é o Senhor que é Deus, e que não há outro fora dele.
61 तिमीहरूका हृदय उहाँका आदेशहरूअनुसार अहिलेझैँ हिँड्न र उहाँका उर्दीहरू पालन गर्नका निम्ति पूर्ण रूपमा समर्पित होऊन्।”
61 Que o vosso coração seja todo para o Senhor, nosso Deus, sem reserva, a fim de que andeis segundo as suas leis e observeis os seus preceitos, como hoje o fazeis.
62 तब राजा र तिनीसँग भएका सारा इस्राएलले याहवेहको सामु बलिदानहरू चढाए।
62 O rei e todo o Israel com ele imolaram vítimas diante do Senhor.
63 सोलोमनले मेलबलिको रूपमा बाइस हजार गाईबस्तु र एक लाख बीस हजार भेडाबाख्राहरू चढाए। यसरी राजा र सारा इस्राएलीहरूले याहवेहको मन्दिरलाई समर्पण गरे।
63 Salomão imolou, para o sacrifício pacífico que ofereceu ao Senhor, vinte e dois mil bois e cento e vinte mil ovelhas. Assim o rei e todos os israelitas fizeram a dedicação do templo do Senhor.
64 त्यसै दिन राजाले याहवेहको मन्दिरको सामु चोकको बीच भागलाई पवित्र गरे। अनि त्यहाँ तिनले होमबलि, अन्‍नबलि र मेलबलिको बोसो चढाए; किनभने होमबलि, अन्‍नबलि र मेलबलिको बोसो अटाउनलाई याहवेहको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।
64 Naquele dia o rei consagrou o interior do átrio, que se encontra diante do templo do Senhor, pois ofereceu ali os holocaustos e as ofertas, bem como a gordura dos sacrifícios pacíficos, porque o altar de bronze, levantado diante do santuário do Senhor, não bastava para conter os holocaustos, as ofertas e a gordura dos sacrifícios pacíficos.
65 यसकारण सोलोमन र त्यस बेला तिनको साथमा भएका सम्पूर्ण इस्राएलले, त्यो विशाल समुदाय, जो लेबो-हमातदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूसित चाड मनाए। तिनले याहवेह हाम्रा परमेश्‍वरकै सामु सात दिन र फेरि सात दिन, जम्मा चौध दिन उत्सव मनाए।
65 Tal foi a festa que Salomão celebrou naquele tempo, e todo o Israel com ele, tendo concorrido uma imensa assembléia vinda desde Emat até a torrente do Egito, diante do Senhor, nosso Deus, durante duas vezes sete dias, isto é, quatorze dias.
66 भोलिपल्ट तिनले मानिसहरूलाई पठाइदिए। तिनीहरूले राजालाई आशीर्वाद दिए। याहवेहले आफ्ना सेवक दावीद र आफ्ना मानिसहरू इस्राएलप्रति गर्नुभएका सबै असल कुराहरूको कारण आनन्दित र खुशी हृदय लिएर तिनीहरू आ-आफ्ना घरतिर गए।
66 Ao oitavo dia despediu o povo, e todos voltaram para as suas casas, abençoando o rei, com o coração alegre e contente por todos os bens que o Senhor tinha feito a Davi, seu servo, e ao seu povo de Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Reis 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.