1 Reis 8
npioncb (NPIONCB) vs NAA
1 तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै अगुवाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई आफ्नो उपस्थितिमा यरूशलेममा भेला हुन बोलाए।
1 Então Salomão congregou os anciãos de Israel, todos os chefes das tribos, os príncipes das famílias dos israelitas, diante de si em Jerusalém, para levarem a arca da aliança do Senhor da Cidade de Davi, que é Sião, para o templo.
2 इस्राएलका सबै मानिसहरू सातौँ महिना एतानीमको चाडको समयमा एकसाथ राजा सोलोमनकहाँ भेला भए।
2 Todos os homens de Israel se congregaram junto ao rei Salomão na ocasião da festa, no mês de etanim, que é o sétimo.
3 इस्राएलका सबै प्रधानहरू आइपुगेपछि पुजारीहरूले याहवेहको सन्दुक उठाए।
3 Quando todos os anciãos de Israel chegaram, os sacerdotes pegaram a arca do Senhor
4 पुजारीहरू र लेवीहरूले याहवेहको सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू बोकेर माथि ल्याए,
4 e a levaram para cima, com a tenda do encontro e com os utensílios sagrados que nela havia; os sacerdotes e levitas é que levaram tudo isso para o templo.
5 अनि सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्न पनि सकिँदैनथ्यो।
5 O rei Salomão e toda a congregação de Israel, que se havia reunido diante dele, estavam todos diante da arca, sacrificando ovelhas e bois, que, de tão numerosos, não se podiam contar.
6 त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।
6 Os sacerdotes puseram a arca da aliança do Senhor no seu lugar, no santuário mais interior do templo, que é o Santo dos Santos, debaixo das asas dos querubins.
7 सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।
7 Pois os querubins estendiam as asas sobre o lugar da arca e, do alto, cobriam a arca e os seus cabos.
8 ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।
8 Os cabos sobressaíam tanto, que suas pontas eram vistas do Santo Lugar, diante do Santo dos Santos; porém de fora não podiam ser vistos. E ali estão até o dia de hoje.
9 त्यस सन्दुकभित्र ढुङ्गाका दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।
9 Nada havia na arca a não ser as duas tábuas de pedra que Moisés havia colocado ali em Horebe, quando o Senhor fez aliança com os filhos de Israel, ao saírem da terra do Egito.
10 जब पुजारीहरू पवित्रस्थानबाट हटे, तब याहवेहको मन्दिरभित्र बादल भरियो।
10 Quando os sacerdotes saíram do santuário, uma nuvem encheu a Casa do Senhor ,
11 अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि याहवेहको महिमाले उहाँको मन्दिर भरियो।
11 de maneira que os sacerdotes não puderam permanecer ali para ministrar, por causa da nuvem, porque a glória do Senhor encheu a Casa do Senhor .
12 तब सोलोमनले भने, “याहवेहले भन्नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ;
12 Então Salomão disse: — O
13 मैले साँच्चै तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु—तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
13 Na verdade, edifiquei uma casa para tua morada, lugar para a tua eterna habitação.
14 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।
14 Depois o rei voltou o rosto e abençoou toda a congregação de Israel, que se mantinha toda em pé.
15 त्यसपछि तिनले भने:
15 Salomão disse: — Bendito seja o
16 ‘मैले आफ्ना मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो, मेरो नाम त्यहाँ रहोस् भनेर मेरो नाममा मन्दिर बनाउनलाई मैले इस्राएलको कुनै पनि कुलबाट सहर चुनिनँ, तर मैले मेरो जाति इस्राएलमाथि शासन गर्न दावीदलाई चुनेँ।’
16 “Desde o dia em que tirei o meu povo de Israel do Egito, não escolhi cidade alguma de todas as tribos de Israel para edificar um templo a fim de ali estabelecer o meu nome. Porém escolhi Davi para governar o meu povo de Israel.”
17 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।
17 — Também Davi, meu pai, havia proposto em seu coração edificar um templo ao nome do Senhor , o Deus de Israel.
18 तर याहवेहले मेरा पिता दावीदलाई भन्नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।
18 Porém o Senhor disse a Davi, meu pai: “Você fez bem quando resolveu em seu coração edificar um templo ao meu nome.
19 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत—तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’
19 Todavia, não será você quem edificará esse templo; o seu filho, que descenderá de você, ele o edificará ao meu nome.”
20 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्वरको नामका निम्ति यो मन्दिर बनाएको छु।
20 Assim, o Senhor cumpriu a palavra que tinha dito, pois me levantei em lugar de Davi, meu pai, e me assentei no trono de Israel, como o Senhor havia prometido, e edifiquei o templo ao nome do Senhor , o Deus de Israel.
21 मैले सन्दुकको निम्ति त्यहाँ एउटा ठाउँ राखेको छु, जसमा याहवेहले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा तिनीहरूसित बाँध्नुभएको करार छ।”
21 E nele preparei um lugar para a arca, em que estão as tábuas da aliança que o Senhor fez com os nossos pais, quando os tirou da terra do Egito.
22 तब सोलोमन सम्पूर्ण इस्राएली समुदायको अगि याहवेहको वेदीको सामु उभिए, र आफ्ना हातहरू स्वर्गतिर फैलाए,
22 Salomão se pôs diante do altar do Senhor , na presença de toda a congregação de Israel, estendeu as mãos para os céus
23 अनि तिनले भने:
23 e disse: — Ó
24 तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
24 Cumpriste para com o teu servo Davi, meu pai, o que lhe prometeste; pessoalmente o disseste e pelo teu poder o cumpriste, como hoje se vê.
25 “अब हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘तेरा छोराहरू आफ्ना कामहरू र चालहरूमा तँजस्तै होसियार रहे भने मेरो सामु इस्राएलको सिंहासनमा बस्नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’।
25 Agora, pois, ó Senhor , Deus de Israel, cumpre a outra promessa que fizeste a teu servo Davi, meu pai, quando declaraste, dizendo: “Nunca lhe faltará sucessor diante de mim, que se assente no trono de Israel, contanto que os seus filhos guardem o seu caminho, para andarem diante de mim como você andou.”
26 अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा होस्।
26 Agora também, ó Deus de Israel, que se cumpra a palavra que disseste a teu servo Davi, meu pai.
27 “तर के परमेश्वर साँच्चै पृथ्वीमा बास गर्नुहुन्छ? स्वर्गहरू र सबैभन्दा उच्च स्वर्गहरूमा पनि तपाईं अटाउन सक्नुहुन्न भने मैले बनाएको यस मन्दिरमा त झन् कसरी अटाउनुहोला र!
27 — Mas será que, de fato, Deus poderia habitar na terra? Eis que os céus e até o céu dos céus não te podem conter, muito menos este templo que eu edifiquei.
28 तरै पनि हे याहवेह मेरा परमेश्वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले आज गरेको पुकार र प्रार्थना सुन्नुहोस्।
28 Atenta, pois, para a oração de teu servo e para a sua súplica, ó Senhor , meu Deus, ouvindo o clamor e a oração que faz hoje o teu servo diante de ti.
29 यस मन्दिरमा तपाईंको दृष्टि दिनरात रहिरहोस्। यो ठाउँ, जसको बारेमा तपाईंले ‘मेरो नाम त्यहाँ हुनेछ’ भन्नुभएको थियो, ताकि तपाईंको सेवकले यस ठाउँतिर फर्किएर चढाएको प्रार्थना सुन्नुभएको होस्।
29 Que os teus olhos estejam abertos noite e dia sobre este templo, sobre este lugar do qual disseste: “O meu nome estará ali”, para ouvires a oração que o teu servo fizer neste lugar.
30 तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस्; र तपाईंले सुन्नुभएपछि क्षमा गर्नुहोस्।
30 Ouve, pois, a súplica do teu servo e do teu povo de Israel, quando orarem neste lugar. Ouve no céu, lugar da tua habitação; ouve e perdoa.
31 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,
31 — Se alguém pecar contra o seu próximo, e lhe for exigido que jure, e ele vier jurar diante do teu altar, neste templo,
32 तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्।
32 ouve tu nos céus, age e julga os teus servos, condenando o ímpio, fazendo com que pague por seus atos, e justificando o justo, para lhe retribuíres segundo a sua justiça.
33 “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंलाई प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने,
33 — Quando o teu povo de Israel, por ter pecado contra ti, for derrotado por um inimigo, e se converter a ti, confessar o teu nome, orar e suplicar a ti, neste templo,
34 तब स्वर्गबाट सुन्नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई तपाईंले तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।
34 ouve tu nos céus, perdoa o pecado do teu povo de Israel e faze-o voltar à terra que deste aos seus pais.
35 “तपाईंको जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए। अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,
35 — Quando o céu se fechar, e não houver chuva, por ter o povo pecado contra ti, e ele orar neste lugar, confessar o teu nome e se converter dos seus pecados, depois de o haveres castigado,
36 तब स्वर्गबाट सुन्नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।
36 ouve tu nos céus, perdoa o pecado de teus servos e do teu povo de Israel, ensinando-lhes o bom caminho em que devem andar, e envia chuva sobre esta tua terra, que deste em herança ao teu povo.
37 “जब देशमा अनिकाल वा रूढी आउँछ, सुकाउने अथवा ढुसी पर्ने रोग लाग्छ, सलह अथवा फट्याङ्ग्राहरू आउँछन्, अथवा कुनै शत्रुले तिनीहरूको कुनै सहरमा घेरा हाल्यो भने जस्तोसुकै आपत् वा रोग आयो भने पनि,
37 — Quando houver fome na terra ou peste, quando houver crestamento ou ferrugem, gafanhotos e larvas, quando inimigos cercarem as cidades do país ou houver alguma praga ou doença,
38 तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो हृदयको कष्टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने
38 toda oração e súplica que qualquer homem ou todo o teu povo de Israel fizer, conhecendo cada um a ferida do seu coração e estendendo as mãos na direção deste templo,
39 तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस्। तिनीहरूलाई क्षमा दिनुहोस् र काम गर्नुहोस्; तपाईंले तिनीहरूका हृदय जान्नुभएकोले (किनकि तपाईंले मात्र मानिसहरूको हृदय जान्नुहुन्छ), प्रत्येकसित तिनीहरूको कामअनुसारको व्यवहार गर्नुहोस्।
39 ouve tu nos céus, lugar da tua habitação, perdoa, age e dá a cada um segundo todos os seus caminhos, visto que lhe conheces o coração, porque tu, só tu, és conhecedor do coração de todos os filhos dos homens;
40 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।
40 para que te temam todos os dias que viverem na terra que deste aos nossos pais.
41 “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको नाम सुनेर टाढा देशबाट आएका छन् भने,
41 — Também ao estrangeiro, que não for do teu povo de Israel, porém vier de uma terra distante, por amor do teu nome
42 किनभने मानिसहरूले तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुन्नेछन्। जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,
42 — porque ouvirão do teu grande nome, e da tua mão poderosa, e do teu braço estendido —, e orar, voltado para este templo,
43 तब आफ्नो वासस्थान स्वर्गबाट सुन्नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।
43 ouve tu nos céus, lugar da tua habitação, e faze tudo o que o estrangeiro te pedir, a fim de que todos os povos da terra conheçam o teu nome, para te temerem como o teu povo de Israel e para saberem que este templo, que eu edifiquei, é chamado pelo teu nome.
44 “जब तपाईंका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा तपाईंले पठाउनुभएको ठाउँमा जान्छन्, तब तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नामका निम्ति बनाएको यस मन्दिरतिर फर्केर याहवेहलाई प्रार्थना गरे भने,
44 — Quando o teu povo sair à guerra contra o seu inimigo, pelo caminho por onde os enviares, e orarem ao Senhor , voltados para esta cidade, que tu escolheste, e para este templo que edifiquei ao teu nome,
45 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
45 ouve tu nos céus a sua oração e a sua súplica e faze-lhes justiça.
46 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्, किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर आफ्नै देश, टाढा वा नजिक लगे भने,
46 — Quando pecarem contra ti — pois não há ninguém que não peque —, e tu te indignares contra eles e os entregares às mãos do inimigo, a fim de que os leve cativos à terra inimiga, longe ou perto daqui;
47 तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएकाहरूका देशमा पश्चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्ट काम गरेका छौँ’ भन्छन् भने,
47 e se, na terra aonde forem levados cativos, caírem em si e se converterem, e, na terra do seu cativeiro, te suplicarem, dizendo: “Pecamos, procedemos mal e cometemos iniquidade”;
48 अनि तिनीहरू आफूलाई कैद गरेर लैजाने शत्रुहरूको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन् र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर र तपाईंले चुन्नुभएको सहरतिर फर्केर, र मैले तपाईंको नामको खातिर बनाएको मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गरे भने;
48 e se eles se converterem a ti de todo o seu coração e de toda a sua alma, na terra de seus inimigos que os levarem cativos, e orarem a ti, voltados para a sua terra, que deste aos seus pais, para esta cidade que escolheste e para o templo que edifiquei ao teu nome,
49 तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्।
49 ouve tu nos céus, lugar da tua habitação, a sua prece e a sua súplica e faze-lhes justiça;
50 तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्। तिनीहरूले तपाईंका विरुद्धमा गरेका सबै अपराधहरू क्षमा गर्नुहोस्। तिनीहरूलाई जित्नेहरूलाई तिनीहरूमाथि दया देखाउने बनाइदिनुहोस्।
50 perdoa ao teu povo, que houver pecado contra ti, todas as suas transgressões que houverem cometido contra ti; e move tu à compaixão os que os levaram cativos, para que se compadeçam deles.
51 किनकि तिनीहरू इजिप्टबाट अर्थात् फलाम गाल्ने भट्टीबाट तपाईंले निकालेर ल्याउनुभएका तपाईंका जाति र तपाईंका उत्तराधिकारी हुन्।
51 Porque é o teu povo e a tua herança, que tiraste da terra do Egito, do meio da fornalha de ferro;
52 “तपाईंका नजर आफ्नो सेवकको अर्जबिन्ती र तपाईंको प्रजा इस्राएलको अर्जबिन्तीको लागि खुला रहून्। तिनीहरूले जहिले तपाईंमा पुकार गर्दा पनि तपाईंले ध्यानसित सुन्नुहोस्।
52 para que os teus olhos estejam abertos à súplica do teu servo e à súplica do teu povo de Israel, a fim de os ouvires em tudo o que clamarem a ti.
53 किनकि हे प्रभु याहवेह, तपाईंले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा आफ्नो सेवक मोशासित घोषणा गर्नुभएझैँ, तपाईंले तिनीहरूलाई आफ्ना उत्तराधिकार बनाउनलाई पृथ्वीका सबै जातिहरूबाट अलग गर्नुभएको थियो।”
53 Pois tu, ó Senhor Deus, os separaste dentre todos os povos da terra para serem a tua herança, como falaste por meio do teu servo Moisés, quando tiraste do Egito os nossos pais.
54 जब सोलोमनले याहवेहलाई यो प्रार्थना र अर्जबिन्ती गरिसके, तब तिनी याहवेहको वेदीको सामुबाट उठे, जहाँ तिनी घुँडा टेकेर स्वर्गतिर हात फैलाएर बसेका थिए।
54 Quando Salomão acabou de fazer ao Senhor toda esta oração e súplica, ele se levantou de diante do altar do Senhor , onde tinha se ajoelhado com as mãos estendidas para os céus.
55 तिनी खडा भए, र इस्राएलका सारा समुदायलाई चर्को सोरले यसो भनेर आशीर्वाद दिए:
55 Ele se pôs em pé e abençoou toda a congregação de Israel em alta voz, dizendo:
56 “याहवेहको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना जाति इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्नो सेवक मोशाद्वारा गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएका छैनन्।
56 — Bendito seja o Senhor , que deu repouso ao seu povo de Israel, segundo tudo o que havia prometido! Nem uma só palavra falhou de todas as boas promessas que fez por meio de Moisés, seu servo.
57 याहवेह हाम्रा परमेश्वर हाम्रा पितापुर्खाहरूसित रहनुभएझैँ हामीसित पनि रहून्। उहाँले हामीलाई कहिल्यै नछोडून्, र हामीलाई नत्यागून्।
57 Que o Senhor , nosso Deus, esteja conosco, assim como esteve com os nossos pais. Que ele não nos deixe nem nos abandone!
58 उहाँले हाम्रा पितापुर्खाहरूलाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नलाई अनि उहाँकै चालमा हिँड्नलाई उहाँले हाम्रा हृदयहरू आफूतिर फर्काऊन्।
58 Que ele faça com que o nosso coração se incline para ele, a fim de andarmos em todos os seus caminhos e guardarmos os seus mandamentos, e os seus estatutos, e os seus juízos, que ordenou aos nossos pais.
59 मैले याहवेहको सामु प्रार्थनामा बोलेका मेरा यी वचनहरू याहवेह हाम्रा परमेश्वरको नजिक दिनरात रहिरहून्। उहाँले प्रत्येक दिनको खाँचोअनुसार आफ्नो सेवकको र आफ्नो जाति इस्राएलको पक्ष लिऊन्।
59 Que estas minhas palavras, com que supliquei diante do Senhor , estejam presentes, diante do Senhor , nosso Deus, de dia e de noite, para que ele faça justiça ao seu servo e ao seu povo de Israel, segundo cada dia o exigir,
60 ताकि पृथ्वीका सारा जातिहरूले याहवेह नै परमेश्वर हुनुहुन्छ, र अरू कुनै ईश्वर छैन भनी जानून्।
60 para que todos os povos da terra saibam que o Senhor é Deus e que não há outro.
61 तिमीहरूका हृदय उहाँका आदेशहरूअनुसार अहिलेझैँ हिँड्न र उहाँका उर्दीहरू पालन गर्नका निम्ति पूर्ण रूपमा समर्पित होऊन्।”
61 Que o coração de vocês seja fiel para com o Senhor , nosso Deus, para andarem nos seus estatutos e guardarem os seus mandamentos, como vocês estão fazendo hoje.
62 तब राजा र तिनीसँग भएका सारा इस्राएलले याहवेहको सामु बलिदानहरू चढाए।
62 Então o rei e todo o Israel com ele ofereceram sacrifícios ao Senhor .
63 सोलोमनले मेलबलिको रूपमा बाइस हजार गाईबस्तु र एक लाख बीस हजार भेडाबाख्राहरू चढाए। यसरी राजा र सारा इस्राएलीहरूले याहवेहको मन्दिरलाई समर्पण गरे।
63 Salomão ofereceu em sacrifício pacífico ao Senhor vinte e dois mil bois e cento e vinte mil ovelhas. Assim, o rei e todos os filhos de Israel consagraram a Casa do Senhor .
64 त्यसै दिन राजाले याहवेहको मन्दिरको सामु चोकको बीच भागलाई पवित्र गरे। अनि त्यहाँ तिनले होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए; किनभने होमबलि, अन्नबलि र मेलबलिको बोसो अटाउनलाई याहवेहको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।
64 No mesmo dia, o rei consagrou o meio do átrio que estava diante da Casa do Senhor , pois ali ofereceu os holocaustos e as ofertas com a gordura dos sacrifícios pacíficos. Ele fez isso porque o altar de bronze que estava diante do Senhor era muito pequeno para nele caberem os holocaustos, as ofertas de cereais e a gordura dos sacrifícios pacíficos.
65 यसकारण सोलोमन र त्यस बेला तिनको साथमा भएका सम्पूर्ण इस्राएलले, त्यो विशाल समुदाय, जो लेबो-हमातदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूसित चाड मनाए। तिनले याहवेह हाम्रा परमेश्वरकै सामु सात दिन र फेरि सात दिन, जम्मा चौध दिन उत्सव मनाए।
65 Nesse tempo, Salomão celebrou a festa, e todo o Israel com ele, uma grande congregação, desde a entrada de Hamate até o rio do Egito, diante do Senhor , nosso Deus. Celebraram durante sete dias além dos primeiros sete, a saber, catorze dias.
66 भोलिपल्ट तिनले मानिसहरूलाई पठाइदिए। तिनीहरूले राजालाई आशीर्वाद दिए। याहवेहले आफ्ना सेवक दावीद र आफ्ना मानिसहरू इस्राएलप्रति गर्नुभएका सबै असल कुराहरूको कारण आनन्दित र खुशी हृदय लिएर तिनीहरू आ-आफ्ना घरतिर गए।
66 No oitavo dia desta festa, Salomão despediu o povo, e eles abençoaram o rei. Então voltaram para as suas tendas, alegres e de coração contente por causa de todo o bem que o Senhor tinha feito a Davi, seu servo, e a Israel, seu povo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Reis 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.