1 Crônicas 28

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 दावीदले इस्राएलका सबै अधिकृतहरू: कुलहरूमाथिका अधिकारीहरू, राजाको सेवामा रहेका दलहरूका सेनापतिहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू, राजा र तिनका छोराहरूका सम्पत्ति र गाईबस्तुका अधिकारीहरू, साथै महलका अधिकृतहरू, वीर मानिसहरू र सबै वीर लडाकुहरूलाई यरूशलेममा भेला गरे।
1 O rei Davi ordenou que todas as autoridades de Israel se reunissem na cidade de Jerusalém. Portanto, se reuniram em Jerusalém todos os chefes das tribos , os oficiais que cuidavam dos negócios do reino, os chefes dos grupos de famílias, os administradores das propriedades e de todo o gado que pertenciam ao rei e aos seus filhos e também os funcionários do palácio, os oficiais superiores do exército e outros homens importantes.
2 राजा दावीदले उभिएर भने, “मेरा दाजुभाइहरू र मेरा मानिसहरू, मेरा कुरा सुन्‍नुहोस्! याहवेहको करारको सन्दुकको वासस्थानका र हाम्रा परमेश्‍वरको पाउदानका निम्ति एउटा भवन बनाउने मेरो हृदयमा इच्छा थियो; तब मैले भवन बनाउने एउटा योजना बनाएको थिएँ।
2 Então Davi ficou de pé na frente deles e disse: — Povo da minha terra, meus irmãos, escutem! Eu quis construir uma casa onde ficasse guardada para sempre a
3 तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘तैँले मेरो नामको आदरको निम्ति भवन बनाउनेछैनस्; किनकि तँ एउटा योद्धा होस्, र तैँले धेरै रगत बगाएको छस्।’ ”
3 mas ele me proibiu de construí-lo porque sou soldado e fiz correr muito sangue.
4 तर याहवेह इस्राएलका परमेश्‍वरले मेरा सारा परिवारबाट मलाई इस्राएलमाथि सदाका निम्ति राजा हुनलाई चुन्‍नुभयो र उहाँले यहूदाको घरानाबाट मेरो परिवारलाई चुन्‍नुभयो। मेरा पिताका छोराहरूबाट सारा इस्राएलमाथि मलाई राजा बनाउन उहाँले इच्छा गर्नुभयो।
4 O Senhor , o Deus de Israel, escolheu a mim e aos meus descendentes a fim de governarmos o povo de Israel para sempre. Pois ele escolheu a tribo de Judá para que dela saíssem os reis; da tribo de Judá ele preferiu a família do meu pai; e entre os filhos do meu pai ele me escolheu para me fazer rei de todo o povo de Israel.
5 याहवेहले मलाई धेरै छोराहरू दिनुभएको छ। याहवेहको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न उहाँले मेरा छोराहरूमध्ये सोलोमनलाई चुन्‍नुभएको छ।
5 Ele me deu muitos filhos e entre todos eles escolheu Salomão para governar Israel, o reino do Senhor .
6 उहाँले मलाई भन्‍नुभयो: “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ; किनभने मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु, र म त्यसको पिता हुनेछु।
6 E Davi continuou: — Deus me disse: “O seu filho Salomão é quem irá construir o meu Templo. Eu o escolhi para ser meu filho e serei pai dele.
7 यदि त्यसले आजको दिनमा जस्तै गरी मेरा आज्ञाहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गरिरह्‍यो भने, म त्यसको राज्य सदासर्वदाका निम्ति स्थिर पार्नेछु।”
7 Se ele continuar a obedecer a todas as minhas leis e mandamentos, como tem feito até hoje, eu firmarei o seu reino para sempre”.
8 यसकारण अब तिमीहरूलाई सारा इस्राएल र याहवेहको समुदायको दृष्‍टिमा, साथै हाम्रा परमेश्‍वरले सुन्‍ने गरी म यो जिम्मा दिँदैछु: तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरका सबै आज्ञाहरू होसियारीसाथ पालन गर्नू; ताकि तिमीहरूले यो असल देशमाथि अधिकार गर्न सक, र यस देशलाई सदाका निम्ति तिमीहरूका सन्तानका निम्ति उत्तराधिकारको रूपमा सुम्पन सक।
8 Davi disse também: — Portanto, agora, na presença do nosso Deus e desta assembleia de todo o povo de Israel, o povo do
9 “अनि तँ, हे मेरो छोरा सोलोमन, तैँलेचाहिँ आफ्ना पिताका परमेश्‍वरलाई चिनेर साँचो हृदय र सारा मनले उहाँको सेवा गर्नू; किनकि याहवेहले प्रत्येकको हृदयलाई जाँच गर्नुहुन्छ; किनकि उहाँले मनको हरेक विचार बुझ्नुहुन्छ। यदि तैँले उहाँलाई खोजी गरिस् भने तैँले उहाँलाई भेट्टाउनेछस्; तर यदि तैँले उहाँलाई त्यागिस् भने उहाँले तँलाई सधैँका निम्ति त्याग्नुहुनेछ।
9 E a Salomão ele disse: — Meu filho, reconheça o Deus do seu pai e sirva-o com todo o coração e de livre e espontânea vontade. Ele conhece todos os seus pensamentos e desejos. Se você o procurar, ele o aceitará; mas, se o abandonar, ele o rejeitará para sempre.
10 अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्‍नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।”
10 Você deve compreender que o Senhor o escolheu para construir o seu santo Templo. Portanto, seja forte e mãos à obra!
11 तब दावीदले मन्दिरको दलानको नमुना, त्यसको सेरोफेरो, त्यसका भण्डारहरू, त्यसका माथिल्‍ला कोठाहरू, त्यसका भित्री कोठाहरू र पाप समाधान-स्थानको ठाउँको नमुनाहरू आफ्ना छोरा सोलोमनलाई दिए।
11 Davi entregou a Salomão a planta de todos os prédios do Templo, dos depósitos, de todas as salas e do Lugar Santíssimo , onde os pecados são perdoados.
12 दावीदले याहवेहको मन्दिरका चोकहरू र चारैतिरका कोठाहरू, परमेश्‍वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका चीजहरूका भण्डारहरूको नमुना, ती सबै कुराहरूको निर्माणको नमुनाहरू, जुन तिनले आत्माद्वारा पाएका थिए, आफ्ना छोरा सोलोमनलाई दिए।
12 Deu também as plantas de tudo o que tinha planejado para os pátios e as salas que deveriam ficar ao seu redor e as plantas dos depósitos onde seriam guardados os objetos do Templo e as ofertas dedicadas a Deus.
13 दावीदले सोलोमनलाई पुजारीहरू र लेवीहरूका दलहरूको निम्ति, याहवेहको मन्दिरमा सेवाका सबै कामका निम्ति र साथै मन्दिरको सेवामा प्रयोग गरिने सबै चीजहरूका निम्ति निर्देशन दिए।
13 Davi também deu a Salomão por escrito a maneira de organizar os sacerdotes e levitas no cumprimento dos seus deveres, para fazer o trabalho do Templo e para cuidar de todos os objetos do Templo.
14 तिनले विभिन्‍न प्रकारका सेवाहरूमा प्रयोग गरिने सुनका सामग्रीहरू, चाँदीका सामग्रीहरूका निम्ति चाहिने सुन र चाँदीको तौल तोकिदिए।
14 O plano determinava o peso da prata e do ouro que deveriam ser usados para fazer os objetos do Templo,
15 सुनका पानसहरू र त्यसका बत्तीहरूका निम्ति प्रत्येक पानस र त्यसका बत्तीहरूका तौल बमोजिम सुन दिए; अनि चाँदीका पानसहरूको प्रयोगअनुसार प्रत्येक चाँदीको पानस र त्यसका बत्तीहरूका निम्ति चाँदीको तौल तोकिदिए।
15 para fazer cada lamparina e candelabro ,
16 पवित्र रोटी राख्नलाई प्रयोग गरिने हरेक टेबुलका निम्ति सुनको तौल, चाँदीका टेबुलहरूका निम्ति चाँदीको तौल तोकिदिए;
16 as mesas de prata e cada uma das mesas de ouro onde seriam colocados os pães oferecidos a Deus.
17 काँटाहरू, छर्कने कचौराहरू, सुराहीहरूका निम्ति निखुर सुनको तौल; प्रत्येक सुनको भाँडाको निम्ति सुनको तौल; प्रत्येक चाँदीको भाँडाको निम्ति चाँदीको तौल;
17 Também determinava o peso do ouro puro que deveria ser usado para fazer os garfos, as bacias e as jarras, o peso da prata e do ouro para fazer os pratos
18 अनि धूप वेदीको निम्ति खारिएको सुनको तौल दिए। तिनले सुनको रथ बनाउने नमुना पनि तिनलाई दिए, अर्थात् पखेटा फैलाएका सुनका करूबहरू, जसले याहवेहको करारको सन्दुकमाथि छाया पार्दथे; त्यो रथ बनाउनका निम्ति चाहिने निखुर सुन दिए।
18 e o peso do ouro puro que deveria ser usado para fazer o altar onde o incenso é queimado e para fazer o carro onde seriam colocados os querubins , que com as asas estendidas cobrem a arca da aliança de Deus, o Senhor .
19 दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।”
19 O rei Davi disse: — Tudo o que está nestas plantas foi escrito de acordo com as instruções que o
20 दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्‍वर, मेरा परमेश्‍वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।
20 E disse ao seu filho Salomão: — Seja forte e corajoso e mãos à obra! Não desanime, nem tenha medo, pois o
21 परमेश्‍वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”
21 Os sacerdotes e os levitas foram escalados para cuidar dos serviços do Templo. Trabalhadores que sabem fazer todos os tipos de serviço estão prontos para ajudá-lo, e todo o povo e os seus líderes estão às suas ordens.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.