1 Crônicas 27

npioncb (NPIONCB)

1 इस्राएलीहरूको सूची यही हो—परिवारहरूका अगुवाहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू र तिनीहरूका अधिकारीहरू, जसले वर्षको हरेक महिना पालैपालो सेनाका दलहरू सम्बन्धित सबै कुरामा राजाको सेवामा गर्थे। प्रत्येक सैनिक दलमा 24,000 सेनाहरू थिए।

2 पहिलो महिनाको निम्ति, पहिलो दलका सेनापति जब्दीएलका छोरा यशोबाम थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

3 तिनी पेरेसका सन्तान थिए, जो पहिलो महिनाको निम्ति सारा सेनाका सेनापतिहरूका अगुवा थिए।

4 दोस्रो महिनाको निम्ति, दोस्रो दलका सेनापति अहोहीका दोदै थिए; अनि मिक्लोतचाहिँ तिनका दलका अगुवा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

5 तेस्रो महिनाको निम्ति, तेस्रो दलका सेनापति पुजारी यहोयादाका छोरा बनायाह थिए। यहोयादा मुख्य पुजारी थिए; अनि तिनको दलमा 24,000 सेनाहरू थिए।

6 यिनी तिनै बनायाह थिए, जो तीस जना वीर मानिसहरूमध्ये एक र तीस जनामा माथि थिए। तिनका छोरा अम्मीजाबादचाहिँ तिनको दलका अगुवा थिए।

7 चौथो महिनाको निम्ति, चौथो सेनापतिचाहिँ योआबका भाइ असाहेल थिए। तिनीपछि तिनका छोरा जबदियाहले जिम्मेवारी उठाए। तिनको दलमा 24,000 सेनाहरू थिए।

8 पाँचौँ महिनाको निम्ति, पाँचौँ सेनापति यिज्राहीका शम्हूत थिए। तिनको दलमा 24,000 मानिसहरू थिए।

9 छैटौँ महिनाको निम्ति, छैटौँ सेनापति तकोका इक्‍केशका छोरा ईरा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

10 सातौँ महिनाको निम्ति, सातौँ सेनापति एफ्राइमका पेलोनीका हेलेस थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

11 आठौँ महिनाको निम्ति, आठौँ सेनापति जेरह घरानाका हूशाती सिब्बकै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

12 नवौँ महिनाको निम्ति, नवौँ सेनापति बेन्यामीन घरानाका अनातोती अबीएजेर थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

13 दसौँ महिनाको निम्ति, दसौँ सेनापति जेरह घरानाका नतोपाती महरै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

14 एघारौँ महिनाको निम्ति, एघारौँ सेनापति एफ्राइम घरानाका पिरातोनी बनायाह थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

15 बाह्रौँ महिनाको निम्ति, बाह्रौँ सेनापति ओत्निएलका घरानाका नतोपाती हेल्दै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

16 इस्राएलका कुलहरूका अगुवाहरू यिनीहरू थिए:

17 लेवीको कुलबाट: कमूएलका छोरा हशब्याह;

18 यहूदाको कुलबाट: दावीदका एक जना दाजु एलीहू;

19 जबूलूनको कुलबाट: ओबदियाका छोरा यिश्मायाह;

20 एफ्राइमको कुलबाट: अजज्याहका छोरा होशे;

21 गिलादमा भएका मनश्शेको आधा कुलबाट: जकरियाका छोरा इद्दो;

22 दानको कुलबाट: यरोरामका छोरा अज्रेल।

23 दावीदले बीस र त्यसभन्दा तलका मानिसहरूको गन्ती लिएनन्; किनभने याहवेहले इस्राएलको संख्या आकाशका ताराहरूझैँ बढाउने प्रतिज्ञा गर्नुभएको थियो।

24 सरूयाहका छोरा योआबले मानिसहरूलाई गन्ती गर्न सुरु गरे, तर पूरा सकेनन्; किनभने यस गणनाको कारण परमेश्‍वरको क्रोध इस्राएलमाथि पर्‍यो; अनि दावीद राजाको इतिहासको पुस्तकमा त्यो संख्या लेखिएन।

25 अदीएलका छोरा अज्मावेत, राजकीय भण्डारहरूका जिम्मामा थिए।

26 कलूबको छोरा एज्री, देशमा खेतीकिसान गर्नेहरूका जिम्मामा थिए।

27 रामती शिमी, दाखबारीहरूका जिम्मामा थिए।

28 पश्‍चिमपट्टिको बेँसीमा भएका नेभारा र जैतुनका बोटहरूको हेरचाह गर्ने जिम्मा गेदेरी बाल-हानान थिए।

29 शारोनका शित्रैचाहिँ शारोनमा चर्ने गाईबस्तुहरूका जिम्मामा थिए।

30 ऊँटहरूका अधिकारी इश्माएली ओबील थिए।

31 बगालहरूका अधिकारी हग्री याजीज थिए।

32 दावीदका काका जोनाथन, एक सल्‍लाहकार, अन्तर्दृष्‍टि भएका मानिस र शास्त्री थिए।

33 अहीतोपेल राजाका सल्‍लाहकार थिए।

34 (अहीतोपेलपछि तिनको जिम्मा बनायाहका छोरा यहोयादा र अबीयाथारले सम्हालेका थिए।)

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.