1 Crônicas 12

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 दावीदलाई कीशका छोरा शाऊलको सामुबाट निष्कासन गरिएको बेलामा सिक्लगमा दावीदकहाँ आउने मानिसहरू यिनीहरू नै थिए। (तिनीहरू योद्धाहरू मध्येका थिए, जसले दावीदलाई लडाइँमा सघाएका थिए।
1 São estes os que vieram a Davi, a Ziclague, quando fugitivo de Saul, filho de Quis; e eram dos valentes que o ajudavam na guerra.
2 तिनीहरू धनुर्धारी थिए, र काँड हान्‍न सक्ने अथवा दायाँ-बायाँ दुवै हातले घुँयेत्रोले ढुङ्गा हान्‍न सक्ने क्षमता भएका मानिसहरू थिए। तिनीहरू बेन्यामीनी कुलबाट शाऊलका आफन्तहरू थिए):
2 Tinham por arma o arco e usavam tanto da mão direita como da esquerda em arremessar pedras com fundas e em atirar flechas com o arco. Eram dos irmãos de Saul, da tribo de Benjamim:
3 गिबियाति शेमाहका छोराहरू अहीएजेर र योआश तिनीहरूका अगुवा थिए;
3 Aiezer, o chefe, e Joás, filhos de Semaá, o gibeatita; Jeziel e Pelete, filhos de Azmavete; Beraca e Jeú, o anatotita;
4 अनि गिबोनबाट यिश्मायाह, जो तीस जनामध्येका एक वीर मानिस थिए, जो ती तीस जना वीरहरूमध्येका अगुवा थिए;
4 Ismaías, o gibeonita, valente entre os trinta e cabeça deles; Jeremias, Jaaziel, Joanã e Jozabade, o gederatita;
5 एलूजै, यरीमोत, बाल्याह, शमर्याह, र हारूपीबाट शपत्याह;
5 Eluzai, Jerimote, Bealias, Semarias e Sefatias, o harufita;
6 कोरहवंशीबाट एल्काना, यिश्याह, अजरेल, योएजेर र यशोबाम थिए;
6 Elcana, Issias, Azarel, Joezer e Jasobeão, os coreítas;
7 अनि गदोरबाट यरोहामका छोराहरू योएलह र जबदियाह थिए।
7 Joela, Zebadias, filhos de Jeroão, de Gedor.
8 केही गादीहरू दावीदसँग मिल्न भनी उजाडस्थानमा भएको गढमा तिनीकहाँ आए। तिनीहरू बहादुर योद्धाहरू थिए, लडाइँ गर्न तयार रहेका ढाल र भाला चलाउन सक्ने योद्धाहरू थिए। तिनीहरूका अनुहार सिंहका अनुहारझैँ र तिनीहरू पहाडहरूका घोरलहरूझैँ फूर्तिला थिए।
8 Dos gaditas passaram-se para Davi à fortaleza no deserto, homens valentes, homens de guerra para pelejar, armados de escudo e lança; seu rosto era como de leões, e eram eles ligeiros como gazelas sobre os montes:
9 एजेरचाहिँ तिनीहरूका मुखिया थिए;
9 Ézer, o cabeça, Obadias, o segundo, Eliabe, o terceiro,
10 चौथो मिश्मन्‍ना, पाँचौँ यर्मिया,
10 Mismana, o quarto, Jeremias, o quinto,
11 छैटौँ अत्तै, सातौँ एलीएल,
11 Atai, o sexto, Eliel, o sétimo,
12 आठौँ योहानान, नवौँ एल्जाबाद,
12 Joanã, o oitavo, Elzabade, o nono,
13 दसौँ यर्मिया र एघारौँचाहिँ मक्बन्‍ने।
13 Jeremias, o décimo, Macbanai, o undécimo;
14 यी गादीहरू सेनाका सेनापतिहरू थिए; जसमा सबैभन्दा कमजोर एक सय सेना बराबर र सबैभन्दा बलियाचाहिँ एक हजार सेना बराबरका थिए।
14 estes, dos filhos de Gade, foram capitães do exército; o menor valia por cem homens, e o maior, por mil.
15 यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा यर्दन नदी तरेका थिए; जुन बेला नदीको पानी किनारसम्मै उर्लेर आएको थियो। अनि यिनीहरूले नै पूर्व र पश्‍चिमतिर बेँसीहरूमा बसेका सबै मानिसहरूलाई भगाएका थिए।
15 São estes os que passaram o Jordão no primeiro mês, quando ele transbordava por todas as suas ribanceiras, e puseram em fuga a todos os que habitavam nos vales, tanto no oriente como no ocidente.
16 बेन्यामीनी र यहूदाबाट पनि केही मानिसहरू दावीदलाई भेट्न तिनको गढमा आए।
16 Também vieram alguns dos filhos de Benjamim e de Judá a Davi, à fortaleza.
17 दावीद तिनीहरूलाई भेट्न बाहिर निस्केर आए, र तिनीहरूलाई भने, “यदि तिमीहरू मकहाँ मिलापको लागि र मेरो सहायताको लागि आएका हौ भने म तिमीहरूसँग मिलाप गर्न तयार छु; तर म निर्दोष हुँदा-हुँदै पनि तिमीहरूले मलाई धोका दिएर मेरा शत्रुहरूको हातमा सुम्पनलाई आएका हौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो कुरा देखून्, र तिमीहरूको न्याय गरून्।”
17 Davi lhes saiu ao encontro e lhes falou, dizendo: Se vós vindes a mim pacificamente e para me ajudar, o meu coração se unirá convosco; porém, se é para me entregardes aos meus adversários, não havendo maldade em mim, o Deus de nossos pais o veja e o repreenda.
18 तब ती तीस जनाका मुखिया अमासैमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनले भने:
18 Então, entrou o Espírito em Amasai, cabeça de trinta, e disse: Nós somos teus, ó Davi, e contigo estamos, ó filho de Jessé! Paz, paz seja contigo! E paz com os que te ajudam! Porque o teu Deus te ajuda. Davi os recebeu e os fez capitães de tropas.
19 जब दावीद पलिश्तीहरूसँग शाऊलको विरुद्धमा लडाइँ गर्न गएका थिए, तब मनश्शेका केही मानिसहरूले शाऊललाई छाडेर दावीदलाई पछ्याए। (दावीद र तिनका मानिसहरूले पलिश्तीहरूलाई सहायता गरेनन्; किनकि पलिश्तीहरूको सरसल्‍लाहपछि तिनीहरूका शासकहरूले दावीदलाई फिर्ता पठाइदिए। तिनीहरूले भने, “यदि दावीदले आफ्ना मालिक शाऊलसँग मिलेर हामीलाई त्यागिदिए भने हामीले हाम्रा टाउकाको मूल्य चुकाउनुपर्नेछ।”)
19 Também de Manassés alguns se passaram para Davi, quando veio com os filisteus para a batalha contra Saul, mas não ajudou os filisteus, porque os príncipes destes, depois de se aconselharem, o despediram; pois diziam: À custa de nossa cabeça, passará a Saul, seu senhor.
20 जब दावीद सिक्लगमा गए, तब उनीसँग मिल्न आएका मनश्शेका मानिसहरू यिनीहरू नै थिए: अदनाह, योजाबाद, यदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्शेको कुलबाट यिनीहरू हजार सैन्य दलमाथिका अगुवाहरू थिए।
20 Voltando ele, pois, a Ziclague, passaram-se para ele, de Manassés, Adna, Jozabade, Jediael, Micael, Jozabade, Eliú e Ziletai, chefes de milhares dos de Manassés.
21 तिनीहरूले दावीदलाई लुटपाट गर्ने सैनिक दलहरूका विरुद्धमा सहायता गरे; किनकि तिनीहरू सबै वीर योद्धाहरू र तिनका सेनाका सेनापतिहरू थिए।
21 Estes ajudaram Davi contra aquela tropa, porque todos eles eram homens valentes e capitães no exército.
22 दावीदसँग परमेश्‍वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए।
22 Porque, naquele tempo, dia após dia, vinham a Davi para o ajudar, até que se fez um grande exército, como exército de Deus.
23 याहवेहले भन्‍नुभएझैँ शाऊलको राज्य दावीदलाई सुम्पन हेब्रोनमा दावीदकहाँ आएका लडाइँका निम्ति हतियारले सुसज्जित भई आउने मानिसहरूको संख्या यही हो:
23 Ora, este é o número dos homens armados para a peleja, que vieram a Davi, em Hebrom, para lhe transferirem o reino de Saul, segundo a palavra do Senhor :
24 यहूदाबाट ढाल र भाला बोकेर लडाइँका निम्ति सुसज्जित भएका योद्धाहरू 6,800 थिए।
24 dos filhos de Judá, que traziam escudo e lança, seis mil e oitocentos, armados para a peleja;
25 शिमियोन कुलबाट लडाइँका निम्ति तयार भएका योद्धाहरू 7,100 थिए।
25 dos filhos de Simeão, homens valentes para a peleja, sete mil e cem;
26 लेवी कुलबाट 4,600 थिए।
26 dos filhos de Levi, quatro mil e seiscentos;
27 तीबाहेक हारूनको परिवारका अगुवा यहोयादा सहित 3,700 पुरुषहरू सामेल थिए,
27 Joiada era o chefe da casa de Arão, e com ele vieram três mil e setecentos;
28 अनि एक जवान वीर योद्धा सादोक, जो आफ्ना परिवारका 22 अधिकृतहरूसहित थिए।
28 Zadoque, sendo ainda jovem, homem valente, trouxe vinte e dois príncipes de sua casa paterna;
29 शाऊलको कुल, बेन्यामीनका आफन्तहरूबाट 3,000 थिए, जसमध्ये धेरै जना त्यस बेलासम्म शाऊलका घरानाप्रति विश्‍वासयोग्य भई बसेका थिए।
29 dos filhos de Benjamim, irmãos de Saul, vieram três mil; porque até então havia ainda muitos deles que eram pela casa de Saul;
30 एफ्राइमको कुलबाट आफ्नै वंशहरूमा प्रसिद्ध रहेका 20,800 वीर योद्धाहरू थिए।
30 dos filhos de Efraim, vinte mil e oitocentos homens valentes e de renome em casa de seus pais;
31 मनश्शेका आधा कुलबाट, अर्थात् दावीदलाई राजा बनाउनलाई नाम नै तोकेर बोलाइएकाहरू 18,000 थिए।
31 da meia tribo de Manassés, dezoito mil, que foram apontados nominalmente para vir a fazer rei a Davi;
32 इस्साखारको कुलबाट ती मानिसहरू, जसले उचित समय बुझेका र इस्राएलले के गर्नुपर्छ भन्‍ने ठिक कुरा जान्‍नेहरू थिए। तिनीहरूका अधीनमा रहेका सबै आफन्तहरू समेत 200 मुखियाहरू थिए।
32 dos filhos de Issacar, conhecedores da época, para saberem o que Israel devia fazer, duzentos chefes e todos os seus irmãos sob suas ordens;
33 जबूलूनको कुलबाट दावीदलाई पूर्ण रूपमा इमानदारीतासाथ सहायता गर्नलाई सबै प्रकारका हातहतियार भिरेर लडाइँ गर्न तयार रहेका निपुण 50,000 योद्धाहरू थिए।
33 de Zebulom, dos capazes para sair à guerra, providos com todas as armas de guerra, cinquenta mil, destros para ordenar uma batalha com ânimo resoluto;
34 नप्‍तालीको कुलबाट ढाल र भाला बोकेका 37,000 मानिसहरूसहित 1,000 अधिकारीहरू थिए।
34 de Naftali, mil capitães, e, com eles, trinta e sete mil com escudo e lança;
35 दानको कुलबाट लडाइँका निम्ति तयार रहेका 28,600 मानिसहरू थिए।
35 dos danitas, providos para a peleja, vinte e oito mil e seiscentos;
36 आशेरको कुलबाट लडाइँको निम्ति तयार रहेका अनुभवी योद्धाहरू 40,000 थिए।
36 de Aser, dos capazes para sair à guerra e prontos para a batalha, quarenta mil;
37 अनि यर्दनको पूर्वपट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट हरेक किसिमका हातहतियारले सुसज्जित भएका 120,000 मानिसहरू थिए।
37 do lado dalém do Jordão, dos rubenitas e gaditas e da meia tribo de Manassés, providos de toda sorte de instrumentos de guerra, cento e vinte mil.
38 यी सबै लडाकु मानिसहरू थिए, र स्वेच्छापूर्वक सबै दर्जामा सेवा गर्न राजी थिए।
38 Todos estes homens de guerra, postos em ordem de batalha, vieram a Hebrom, resolvidos a fazer Davi rei sobre todo o Israel; também todo o resto de Israel era unânime no propósito de fazer a Davi rei.
39 ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए।
39 Estiveram ali com Davi três dias, comendo e bebendo; porque seus irmãos lhes tinham feito provisões.
40 तिनीहरूका इलाका नजिक रहेका इस्साखार, जबूलून र नप्‍तालीहरू पनि गधा, ऊँट, खच्‍चर र गोरुहरूमा भोजन लदाएर आए। इस्राएलमा खुशी छाएको कारणले त्यहाँ पिठो, सुकेको नेभारा, किसमिस, दाखमद्य, जैतुनको तेल, गोरुहरू र भेडाहरू प्रशस्त मात्रामा थिए।
40 E também seus vizinhos de mais perto, até Issacar, Zebulom e Naftali, trouxeram pão sobre jumentos, sobre camelos, sobre mulos e sobre bois, provisões de farinha, e pastas de figos, e cachos de passas, e vinho, e azeite, e bois, e gado miúdo em abundância; porque havia regozijo em Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.