1 Crônicas 11

npioncb (NPIONCB)

1 सारा इस्राएलीहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंकै आफ्नै हाडनाता हौँ।

2 विगतमा शाऊल राजा हुँदा पनि, इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ”

3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब दावीदले हेब्रोनमा याहवेहको सामु तिनीहरूसित एउटा करार बाँधे। याहवेहले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएजस्तै तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।

4 दावीद र सारा इस्राएलीहरू यरूशलेम (अर्थात् यबूस) तर्फ गए। त्यहाँ बस्‍ने यबूसीहरूले

5 दावीदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन।” तरै पनि दावीदले सियोनको किल्‍लालाई कब्जा गरे, अर्थात् जुन दावीदको सहर हो।

6 दावीदले भनेका थिए, “जसले यबूसीहरूमाथि पहिले आक्रमण गर्छ, त्यो सेनापति हुनेछ।” तब सरूयाहका छोरा योआबले पहिले आक्रमण गरे, र तिनी सेनापति भए।

7 दावीदले त्यस किल्‍लामा बसोबास गरे, र त्यसलाई दावीदको सहर भनियो।

8 तिनले कौसीदेखि लिएर चारैतिरका पर्खालहरूसम्म वरिपरि सहरको निर्माण गरे; अनि योआबले चाहिँ बाँकी रहेको सहर पुनर्स्थापित गरे।

9 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह तिनीसँग हुनुहुन्थ्यो।

10 दावीदका वीर योद्धाहरूका अगुवाहरू यिनै थिए जसले सारा इस्राएलसँग मिलेर याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, सम्पूर्ण देशमा दावीदको राज्य बलियो बनाउन दरिलो सहारा दिए।

11 दावीदका वीर योद्धाहरूको सूची यही हो:

12 यशोबामपछि अहोही दोदोका छोरा एलाजार, जो तीन जना वीरहरूमध्येका एक जना थिए।

13 पलिश्तीहरू पास-दम्मीममा युद्ध गर्नका निम्ति भेला हुँदा एलाजार दावीदसँग थिए। त्यो ठाउँ जहाँ जौले भरिएको खेत थियो, र इस्राएली सेनाहरू पलिश्तीहरूदेखि भागेका थिए।

14 तर इस्राएली सेनाहरू जौको खेतको बीचमा खडा भए। तिनीहरूले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले सेनाहरूलाई ठूलो विजय दिनुभयो।

15 तीसमध्ये तीन जना मुख्य वीरहरू अदुल्‍लामको गुफामा भएको चट्टानमा दावीदकहाँ आए। त्यही समयमा पलिश्तीहरूको एक दलचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।

16 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए।

17 दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!”

18 यसकारण ती तीन जना पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए।

19 तिनले भने, “परमेश्‍वरले मलाई यसो गर्न नदेऊन्! के तिनीहरूको जीवन जोखिममा पारेर जाने यी मानिसहरूको रगत मैले पिऊँ?” तिनीहरूले आफ्नो जीवनलाई जोखिममा पारेर पानी ल्याएको कारणले दावीदले त्यो पानी पिएनन्।

20 ती तीन जनाका अगुवाचाहिँ योआबका भाइ अबीशै थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए।

21 अबीशैले ती तीन जनाले भन्दा दोबर सम्मान पाए। यद्यपि तिनी ती तीन जनामध्येका थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।

22 कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे।

23 अनि तिनले पाँच क्यूबिट अग्लो एक जना इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा तान बुन्‍ने डण्डाजस्तो एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे।

24 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए।

25 तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।

26 ती वीर मानिसहरू यी हुन्:

27 हरोरी शम्मोत,

28 तकोईबाट इक्‍केशका छोरा ईरा,

29 हूशातीका सिब्बकै,

30 नतोपाती महरै,

31 बेन्यामीनको गेबाबाट रीबैका छोरा इत्तै,

32 गाशका खोल्साहरूबाट हूरै,

33 बहूरीमी अज्मावेत,

34 गीजोनी हाशेमका छोराहरू,

35 हरारी साकारका छोरा अहीआम,

36 मकेराती हेपेर,

37 कर्मेलबाट हेस्रो,

38 नातानका भाइ योएल,

39 अम्मोनबाट सेलेक,

40 यित्री ईरा,

41 हित्ती उरियाह,

42 रूबेनी शीजाका छोरा अदीना, जो रूबेनीहरू र तिनीसँग भएका तीस जना मानिसहरूका प्रमुख थिए;

43 माकाहका छोरा हानान,

44 अश्तेराती उज्जीया,

45 शिम्रीका छोरा यदीएल,

46 महाबी एलीएल,

47 एलीएल, ओबेद र मेजोबाई यासीएल।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.