1 Coríntios 11
npioncb (NPIONCB) vs ARIB
1 मेरो अनुकरण गर, जसरी म ख्रीष्टको अनुकरण गर्दछु।
1 Sede meus imitadores, como também eu o sou de Cristo.
2 म तिमीहरूको प्रशंसा गर्दछु; किनकि तिमीहरूले मलाई हरेक कुरामा सम्झना गर्दछौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ।
2 Ora, eu vos louvo, porque em tudo vos lembrais de mim, e guardais os preceitos assim como vo-los entreguei.
3 तर म तिमीहरूले यो कुरा बुझ भन्ने चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ र हरेक स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्टको शिरचाहिँ परमेश्वर हुनुहुन्छ।
3 Quero porém, que saibais que Cristo é a cabeça de todo homem, o homem a cabeça da mulher, e Deus a cabeça de Cristo.
4 हरेक पुरुष जसले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरलाई अनादर गर्दछ।
4 Todo homem que ora ou profetiza com a cabeça coberta desonra a sua cabeça.
5 तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्दछे भने उसले आफ्नो शिरलाई अनादर गर्दछे। योचाहिँ उसको केश खौरिएकै बराबर हो।
5 Mas toda mulher que ora ou profetiza com a cabeça descoberta desonra a sua cabeça, porque é a mesma coisa como se estivesse rapada.
6 किनकि यदि स्त्रीले आफ्नो शिरमा घुम्टो हाल्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिरलाई घुम्टो हाल्नुपर्छ।
6 Portanto, se a mulher não se cobre com véu, tosquie-se também; se, porém, para a mulher é vergonhoso ser tosquiada ou rapada, cubra-se com véu.
7 पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन; किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो।
7 Pois o homem, na verdade, não deve cobrir a cabeça, porque é a imagem e glória de Deus; mas a mulher é a glória do homem.
8 किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो।
8 Porque o homem não proveio da mulher, mas a mulher do homem;
9 पुरुष स्त्रीका निम्ति सृजिएको होइन, तर स्त्रीचाहिँ पुरुषका निम्ति सृजिएकी हो।
9 nem foi o homem criado por causa da mulher, mas sim, a mulher por causa do homem.
10 यसैकारण स्वर्गदूतहरूको कारणले गर्दा पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिरलाई घुम्टोले ढाकेको हुनुपर्छ।
10 Portanto, a mulher deve trazer sobre a cabeça um sinal de submissão, por causa dos anjos.
11 तरै पनि प्रभुमा न त स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे, न पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ।
11 Todavia, no Senhor, nem a mulher é independente do homem, nem o homem é independente da mulher.
12 किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्वरबाट नै आउँदछन्।
12 pois, assim como a mulher veio do homem, assim também o homem nasce da mulher, mas tudo vem de Deus.
13 तिमीहरू आफैँ विचार गर: के स्त्रीले शिरमा घुम्टो नढाकीकन परमेश्वरसँग प्रार्थना गर्न सुहाउँछ र?
13 julgai entre vós mesmos: é conveniente que uma mulher com a cabeça descoberta ore a Deus?
14 यदि मानिसले लामो केश राख्यो भने यो उसका लागि शर्मको कुरा हो भनी के प्रकृति आफैँले पनि तिमीहरूलाई सिकाउँदैन र?
14 Não vos ensina a própria natureza que se o homem tiver cabelo comprido, é para ele uma desonra;
15 तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो; किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो।
15 mas se a mulher tiver o cabelo comprido, é para ela uma glória? Pois a cabeleira lhe foi dada em lugar de véu.
16 यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न त परमेश्वरको मण्डलीहरूसँग नै छ।
16 Mas, se alguém quiser ser contencioso, nós não temos tal costume, nem tampouco as igrejas de Deus.
17 यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ; किनकि तिमीहरू आराधना सभाहरूमा असलभन्दा पनि अझ खराबीको लागि भेला हुन्छौ।
17 Nisto, porém, que vou dizer-vos não vos louvo; porquanto vos ajuntais, não para melhor, mas para pior.
18 पहिलो कुरा यो हो, कि जब तिमीहरू मण्डलीमा एकसाथ भेला हुन्छौ, तब तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुन्ने गरेको छु; अनि म यस कुरालाई केही मात्रामा विश्वास पनि गर्दछु।
18 Porque, antes de tudo, ouço que quando vos ajuntais na igreja há entre vós dissensões; e em parte o creio.
19 वास्तवमा तिमीहरूका बीचमा मतभेद हुन जरुरी पनि छ, ताकि तिमीहरूमध्ये विश्वासयोग्य मानिसहरू चिनिन सकियोस्।
19 E até importa que haja entre vós facções, para que os aprovados se tornem manifestos entre vós.
20 यसकारण जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ;
20 De sorte que, quando vos ajuntais num lugar, não é para comer a ceia do Senhor;
21 किनकि जब खाना खाने बेला हुन्छ, तब तिमीहरू कति जना अरूलाई नपर्खी आफ्नो निजी खानेकुरा खान थाल्छौ; र कोहीचाहिँ भोकै रहन्छ भने कोहीचाहिँ मद्यले मात्छन्।
21 porque quando comeis, cada um toma antes de outrem a sua própria ceia; e assim um fica com fome e outro se embriaga.
22 खान र पिउनका लागि के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्चय नै यो कुरामा गर्दिनँ!
22 Não tendes porventura casas onde comer e beber? Ou desprezais a igreja de Deus, e envergonhais os que nada têm? Que vos direi? Louvar-vos-ei? Nisto não vos louvo.
23 किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: अर्थात् जुन रात येशूलाई धोका दिइएको थियो, त्यो रात उहाँले रोटी लिनुभयो,
23 Porque eu recebi do Senhor o que também vos entreguei: que o Senhor Jesus, na noite em que foi traído, tomou pão;
24 र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।”
24 e, havendo dado graças, o partiu e disse: Isto é o meu corpo que é por vós; fazei isto em memória de mim.
25 त्यसै गरी रोटी खाइसक्नुभएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर।”
25 Semelhantemente também, depois de cear, tomou o cálice, dizendo: Este cálice é o novo pacto no meu sangue; fazei isto, todas as vezes que o beberdes, em memória de mim.
26 किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ।
26 Porque todas as vezes que comerdes deste pão e beberdes do cálice estareis anunciando a morte do Senhor, até que ele venha.
27 यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र उहाँको रगतलाई अपवित्र पारिएकोमा दोषी ठहरिनेछ।
27 De modo que qualquer que comer do pão, ou beber do cálice do Senhor indignamente, será culpado do corpo e do sangue do Senhor.
28 यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्।
28 Examine-se, pois, o homem a si mesmo, e assim coma do pão e beba do cálice.
29 किनकि जसले ख्रीष्टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।
29 Porque quem come e bebe, come e bebe para sua própria condenação, se não discernir o corpo do Senhor.
30 यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्।
30 Por causa disto há entre vós muitos fracos e enfermos, e muitos que dormem.
31 तर यदि हामीले आफैँलाई जाँचेका छौँ भने हामी त्यस्तो दण्डमा पर्नेछैनौँ।
31 Mas, se nós nos julgássemos a nós mesmos, não seríamos julgados;
32 तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौँ, तब उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔँ।
32 quando, porém, somos julgados pelo Senhor, somos corrigidos, para não sermos condenados com o mundo.
33 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, जब तिमीहरू खानका निम्ति एकसाथ भेला हुन्छौ, तब एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर।
33 Portanto, meus irmãos, quando vos ajuntais para comer, esperai uns pelos outros.
34 यदि कोही भोको छ भने घरबाटै उसले केही खानेकुरा खाएर आओस्, नत्रता न्यायका निम्ति तिमीहरू एकसाथ भेला हुनेछौ।
34 Se algum tiver fome, coma em casa, a fim de que não vos reunais para condenação vossa. E as demais coisas eu as ordenarei quando for.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.