Salmos 35

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।

2 हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्।

3 भाला र बरछा लिनुहोस्

4 कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्।

5 तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्।

6 तिनीहरूका बाटाहरू अँध्यारो चिप्ला हुन्।

7 मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।

8 यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फस्न दिनुहोस्।

9 तब म परमप्रभुमा र्हषित रहनेछु।

10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,

11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,

12 मैले असल कुराहरू मात्र गरें। तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।

13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।

14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें।

15 तर जब मैले भूल गरें। ती मानिसहरू ममाथि हाँसे।

16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।

17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका?

18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु,

19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्।

20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन।

21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्।

22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ,

23 हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्!

24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्।

25 मानिसहरूलाई भन्न् नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं।

26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्।

27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्।

28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 35, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.