Números 26

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs AAI

1 त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो,

2 “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”

3 यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। तिनीहरूले भने,

4 “इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”

5 रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्;

6 हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह,

7 रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो।

8 पल्लूका छोरो एलीआब थिए।

9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।

10 अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो।

11 तर कोरहका छोराहरू मरेनन्।

12 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्;

13 जेरहबाट जेरहीहरूको कुलसमूह,

14 शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए।

15 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः

16 ओजनीबाट ओजनीहरूको कुलसमूह,

17 अरोदाबाट अरोदाहरूको कुलसमूह

18 गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40, 500 थियो।

21 पेरेसका सन्तानहरू यस प्रकारका थिएः

22 यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।

23 तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः

24 याशूबबाट याशूबीहरूको कुलसमूह,

25 इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो।

26 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः

27 जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो।

28 यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।

29 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन्

30 गिलादबाट भएका सन्तानहरूः

31 अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह,

32 शमीदाबाट शमीदीहरूको कुलसमूह,

33 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।

34 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो।

35 एप्रैमको कुलसमूह यस प्रकार छः

36 शूतेलहका कुलसमूह यस प्रकारका थिएः

37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल कुलसमूहहरू तिनीहरू नै हुन्।

38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्;

39 शूपामबाट शपामीहरूको कुलसमूह

40 अर्द र नामन बेलाका छोराहरू हुन्;

41 बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।

42 दानका कुलसमूह यिनीहरू हुन्;

43 दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै सूहामीहरूको जन-संख्या 64,400 थियो।

44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः

45 बेरीयाहबाट यी परिवारहरू थिएः

46 (आशेरको सेरह नाम गरकी छोरी थिई)।

47 कुलसमूह अनुसार आशेरकुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।

48 कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः

49 येसेरबाट येसेरीहरूको कुलसमूह

50 कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो।

51 यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।

52 परमप्रभुले मोशालाई भन्नुभयो,

53 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्।

54 ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।

55 तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठा द्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ।

56 प्रत्येक कुल समूहको अंश चिठ्ठा द्वारा निर्धारण गरिनेछ।”

57 कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्।

58 लेवी कुलको कुलसमूहहरू यी नै हुन्।

59 अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।

60 हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए।

61 तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।

62 एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।

63 यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।

64 धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।

65 किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.