Jeremias 7
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs BKJ
1 यो यर्मियालाई परमप्रभुको सन्देश हो:
1 Palavra que veio a Jeremias da parte do SENHOR, dizendo:
2 “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर:
2 Coloca-te ao portão da casa do SENHOR, e proclama lá esta palavra e dize: Ouvi a palavra do SENHOR, todos vós de Judá, que entrais nestes portões para adorar ao SENHOR.
3 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।”
3 Assim diz o SENHOR dos Exércitos, o Deus de Israel: Emendai os vossos caminhos e os vossos feitos, e eu vos farei habitar neste lugar.
4 कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”
4 Não confieis vós em palavras mentirosas, dizendo: O templo do SENHOR, o templo do SENHOR, o templo do SENHOR são estes.
5 यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा इमान्दार हुन पर्छ।
5 Pois se vós emendardes completamente os vossos caminhos e os vossos feitos, se vós realizardes julgamento entre um homem e seu próximo.
6 तिमीहरू परदेशीहरूसँग इमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्न पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुयायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।
6 Se vós não oprimirdes o estrangeiro, o órfão, e a viúva, e não derramardes sangue inocente neste lugar, nem andardes após outros deuses para vosso mal.
7 यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैं भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।
7 Então eu vos farei habitar neste lugar, na terra que eu dei para vossos pais, para sempre e sempre.
8 “‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।
8 Eis que vós confiais em palavras mentirosas que não podem beneficiar.
9 के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?
9 Ireis vós roubar, assassinar, e cometer adultério, e jurar falsamente, e queimar incenso para Baal, e andar após outros deuses a quem não conheceis.
10 यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू समझन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई?
10 E vireis e vos colocareis perante a mim nesta casa, que é chamada pelo meu nome, e direis: Nós somos livres para fazer todas estas abominações?
11 यो मन्दिर मेरो नाउँद्वारा डाकिन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।’” यो सन्देश परमप्रभुबाट आएको थियो।
11 É pois esta casa, que é chamada pelo meu nome, um esconderijo de ladrões aos vossos olhos? Eis que eu tenho visto isto, diz o SENHOR.
12 “‘यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरे।
12 Porém, ide vós agora para meu lugar que estava em Siló, onde, no princípio, eu coloquei o meu nome, e vede o que eu lhe fiz pela perversidade do meu povo Israel.
13 किनभने तिमीहरूले यी सब गरयौ, परमप्रभु भन्नुहुन्छ, किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ।
13 E agora, porque vós tendes feito todas estas obras, diz o SENHOR, e eu vos falei, madrugando e falando, porém vós não ouvistes. E eu vos chamei, porém vós não respondestes.
14 यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं ध्वंस पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा डाकिन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।
14 Portanto eu farei a esta casa, que é chamada pelo meu nome em que vós confiais, e ao lugar que eu dei a vós e a vossos pais como fiz a Siló.
15 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेछ, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।’
15 E eu vos lançarei da minha presença, assim como eu expeli todos os vossos irmãos, a toda semente de Efraim.
16 “सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन।
16 Portanto não ores por este povo, nem levantes clamor nem oração por eles, nem faças intercessão a mim, pois eu não ouvirei.
17 यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ?
17 Não vês tu que eles fazem nas cidades de Judá, e nas ruas de Jerusalém?
18 छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउन छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्।
18 Os filhos juntam madeira, e os pais acendem o fogo, e as mulheres amassam suas massas, para fazerem bolos para a rainha do céu, e derramam ofertas de bebida para outros deuses, para que eles possam me provocar à ira .
19 तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैलाई चोट पुर्याका छन्। तिनीहरूले आफैलाई लज्जित तुल्याइरहेका छन्।”
19 Eles provocam-me à ira? diz o SENHOR. Não provocam eles a si mesmos, para a confusão das suas próprias faces?
20 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
20 Portanto assim diz o Senhor DEUS: Eis que a minha ira, e a minha fúria, serão derramados sobre este lugar, sobre homem e sobre animal, e sobre as árvores do campo, e sobre o fruto do chão, e se queimará, e não se apagará.
21 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।
21 Assim diz o SENHOR dos Exércitos, o Deus de Israel: Colocai vossas ofertas queimadas com os vossos sacrifícios, e comei carne.
22 मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउनु अथवा बलि चढाउन भनिन नता केही आज्ञा दिइन।
22 Pois eu não falei a vossos pais, nem ordenei-lhes no dia em que os trouxe para fora da terra do Egito, a respeito de ofertas queimadas ou sacrifícios.
23 मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’
23 Porém isto lhes ordenei, dizendo: Obedecei minha voz e eu serei vosso Deus, e vós sereis meu povo; e andai em todos os caminhos que vos tenho ordenado, para que isto vos vá bem.
24 “तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।
24 Porém eles não escutaram, nem inclinaram os seus ouvidos, porém andaram nos conselhos e na imaginação de seus corações perversos, e assim retrocederam, e não avançaram.
25 तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए।
25 Desde o dia em que vossos pais saíram da terra do Egito até este dia, eu vos enviei todos os meus servos, os profetas, diariamente madrugando, e enviando-os.
26 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।
26 Contudo eles não me escutaram, nem inclinaram os seus ouvidos, porém endureceram a sua cerviz, e fizeram pior que os seus pais.
27 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्।
27 Portanto tu falarás todas estas palavras para eles. Porém eles não te escutarão. Tu também os chamarás, porém eles não te responderão.
28 यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ ‘यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।’
28 Porém tu lhes dirás: Esta é uma nação que não obedece a voz do SENHOR, seu Deus, nem recebe correção; a verdade já pereceu e foi cortada de sua boca.
29 “यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ।
29 Corta teu cabelo, ó Jerusalém, e lança-o fora, e ergue uma lamentação sobre os lugares altos, pois o SENHOR rejeitou e abandonou a geração de seu furor.
30 त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।
30 Porque os filhos de Judá fizeram o mal a minha vista, diz o SENHOR. Eles colocaram as suas abominações na casa sobre a qual é invocado o meu nome.
31 यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।
31 E eles edificaram os lugares altos de Tofete, que está no vale do filho de Hinom, para queimar os seus filhos e as suas filhas no fogo, o que eu não lhes ordenei, e nem chegou ao meu coração.
32 यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ,” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन्, तिनीहरूले यसलाई हत्याको बेंसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाडनेछन्।
32 Portanto, eis que os dias vêm, diz o SENHOR, em que este não será mais chamado Tofete, nem o vale do filho de Hinom, mas o vale da matança, pois eles enterrarão em Tofete até não haver mais lugar.
33 लाशहरू चरा चुरूङ्गी र जंगली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जानवरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन।
33 E as carcaças deste povo servirão de comida para as aves do céu, e para os animais da terra, e ninguém os espantará.
34 म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”
34 Então eu farei cessar das cidades de Judá, e das ruas de Jerusalém, a voz de regozijo, e a voz de júbilo, e a voz do noivo, e a voz da noiva, pois a terra será desolada.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.