1 अय्यूबले भन्यो,
2 तिमीले जाने जति म पनि जान्दछु।
3 तर म तिमीसँग तर्क गर्न चाहन्न।
4 तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ।
5 म चाहन्छु तिमीहरू चूपचाप बस।
6 “अब, मेरो तर्कमा ध्यान देऊ।
7 के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ?
8 उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ?
9 यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने,
10 यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने
11 परमेश्वरको महा महिमाले तिमीहरूलाई भयभीत पार्नेछ।
12 तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्।
13 “चूपचाप बस र मलाई बोल्न देऊ।
14 म स्वयंलाई संकटमा राख्ने छु,
15 हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु।
16 अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए, त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो।
17 मैले भनेको कुरा ध्यान दिएर सुन।
18 म आफै मेरो मामिलामा बचाऊ गर्न तत्पर छु।
19 यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने,
20 “हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस्
21 मलाई दण्डदिन रोकिनु होस्
22 तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु।
23 मैले कति पाप कामहरू गरेको छु?
24 हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ?
25 के तपाईंले मलाई भयभीत पार्नु हुन्छ?
26 हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो।
27 तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो,
28 यसैले म कमजोर भन्दा कमजोर भई रहेछु