Isaías 22

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश:

2 विगतमा, यो शहर अत्यन्त खुशी थियो।

3 तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए।

4 यसकारण म भन्छु, “मलाई नहेर!

5 परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एकअर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्।

6 एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्।

7 सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ।

8 त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।

12 यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

13 तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेडाहरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्,

14 सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।

15 मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो।

16 उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।

19 म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ।

20 त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो।

21 म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।

22 “म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन।

23 म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ।

24 आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।

25 “त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खंरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.