2 Crônicas 4

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC

Sair da comparação
VC Versão Católica
1 सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो कँसाको वेदी 20 हात लामो, 20 हात चौडा अनि 10 हात अग्लो थियो।
1 Construiu também um altar de bronze de vinte côvados de comprimento, vinte de largura e dez de altura.
2 त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।
2 Fabricou o mar de metal fundido, o qual tinha uma largura de dez côvados de uma borda a outra. Era redondo e sua altura era de cinco côvados: sua circunferência era medida por um cordão de trinta côvados.
3 ठूलो काँसाको खड्कुँलाको बिट मुनि गोरूका आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खड्कुँला वरिपरि 10 हात फैलिएका थिए। खडकुँलाको आकृति बनाउँदा नै उचित स्थानमा गोरूका आकृति ढालिएका थिए।
3 Figuras de bois circundavam-no todo, ao redor, debaixo do rebordo, dez por cada côvado, em duas fileiras, fundidas numa só peça com ele.
4 ठूलो काँसाको खड्कुँला बाह्रवटा गोरू ठूल्ठूला मूर्तिहरू माथि थिए। तीनवटा गोरू उत्तर तर्फ फर्केका थिए। तीनवटा गोरू पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोरू दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोरू पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खड्कुँला यी गोरूहरू माथि थिए। सबै गोरूहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए।
4 Repousava sobre doze bois, dos quais três olhavam para o norte, três para o oeste, três para o sul, três, para o oriente. O mar descansava sobre suas partes traseiras que estavam voltadas para dentro.
5 ठूलो काँसाको खड्कुँला आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खडकुँलाको घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः सत्तरी हजार पाथी अटाउँन सकिन्थ्यो।
5 Sua espessura era de um palmo; a sua borda, como a de um copo, tinha a forma de uma flor de loto. Sua capacidade era de três mil batos.
6 सुलेमानले दशवटा स्नान भाँडाहरू बनाए। पाँच स्नान भाँडाहरू तिनले ठूलो काँसाको खडकुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्नान भाँडा ठूलो काँसाको खड्कुँलाको देब्रेतिर राखे। यी दशवटा स्नान भाँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खड्कुँला बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।
6 Salomão fez também dez bacias, das quais cinco foram colocadas à direita e cinco à esquerda, para nelas fazer as abluções. Nelas era lavado tudo que se utilizava para os holocaustos; ao passo que o mar servia para as abluções dos sacerdotes.
7 सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।
7 Fez dez candelabros de ouro, de acordo com o modelo prescrito, e colocou-os no templo, cinco à direita e cinco à esquerda.
8 सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे।
8 Fez dez mesas e colocou-as no templo, cinco à direita e cinco à esquerda; e cem vasos de ouro.
9 सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।
9 Fez o átrio dos sacerdotes, e o grande pátio com portas recobertas de bronze.
10 त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे।
10 Colocou o mar voltado para a direita, a sudeste.
11 हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।
11 Hirão fabricou as caldeiras, as pás e as bacias, terminando dessa maneira todos os trabalhos que tinha de fazer para o rei Salomão no templo de Deus,
12 हूरामले दुइवटा स्तम्भहरू अनि ती दुइ स्तम्भका माथिल्ला भागका ठूला कचौराहरू बनाएका थिए। हूरामले दुइ ठूला स्तम्भका टुप्पोको अंशमा भएका दुइ ठूला कचौरहरूलाई ढाक्न बुट्टादार जाली पनि बनाए।
12 a saber: duas colunas com os capitéis e as arquitraves que lhes estavam sobrepostas, duas redes que cobriam os capitéis com as arquitraves que estavam sobrepostas às colunas,
13 हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।
13 quatrocentas romãs das quais duas fileiras ornavam as grades que cobriam os capitéis com as arquitraves que estavam sobre as colunas.
14 हूरामले ठेला-गाडीहरू अनि आधार स्तम्भमा कचौराहरू पनि बनाए।
14 Fez os pedestais e as bacias que eles suportam,
15 हूरामले एउटा ठूलो काँसाका खडकुँला अनि खडकुँला मुन्तिर बाह्रवटा गोरूहरू बनाए।
15 o mar e os doze bois que o sustentam,
16 हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।
16 as caldeiras, as pás e os garfos. Todos os acessórios que Hurão-Abi fez para o templo do Senhor eram de bronze polido.
17 राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेंसीमा निर्माण गरिएका थिए।
17 O rei mandou-os fundir na planície do Jordão, numa terra argilosa entre Socot e Sareda.
18 सुलेमानले यति विघ्नयी चीज बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।
18 Todos os objetos foram fabricados em tal quantidade que não se podia avaliar o peso do bronze.
19 सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।
19 Eis os objetos que Salomão mandou fossem ainda feitos para o templo: altar de ouro, as mesas nas quais se colocavam os pães da proposição,
20 सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।
20 os candelabros com suas lâmpadas de ouro prescritas pela lei para o santuário, as flores,
21 सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।
21 as lâmpadas e as tenazes feitas de ouro fino,
22 सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।
22 as facas, os vasos, as colheres e os cinzeiros de ouro fino, a porta de ouro da sala, as portas internas do Santo dos Santos e as portas de entrada do templo que eram de ouro.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.