2 Crônicas 3

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो।

2 सुलेमानले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महीनामा काम शुरू गरे।

3 सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए।

4 मन्दिरको सामुन्ने दलानको लमाइ 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सुनले मोडे।

5 सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरू माथि शुद्ध सुन लगाए। अनि तिनले शुद्ध सुन माथि खजूरको बृक्षको चित्र अनि सिक्री लगाए।

6 सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वेमबाट ल्याएका थिए।

7 सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए।

8 त्यस पछि सुलेमानले महा पवित्रस्थान बनाए। त्यो महा पवित्रस्थान 20 हात लामो अनि 20 हात चौडा थियो। त्यो मन्दिर जत्तिकै चौंडादार थियो। सुलेमानले महा पवित्र स्थानको भित्ता सुनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा किलोग्राम थियो।

9 सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए।

10 सुलेमानले महा पवित्रस्थानमा राख्नका निम्ति दुइवटा करूब स्वर्गदूतहरू बनाए। कारीगरहरूले करूब स्वर्गदूतहरूलाई सुनले मोहोरिदिए।

11 करूब स्वर्गदूतका प्रत्येकका पंखेटा पाँच हात लामा थिए। पंखेटाहरूको मोठ लमाइ बीसहात थियो। पहिलो करूब स्वर्गदूतको एउटा पंखटाले कोठाको एक तिरको भित्ता छोएको थियो, अनि अर्को पंखटाले दोस्रो करूब स्वर्गदतूको एउटा पंखेटा छोएको थियो।

12 अनि दोस्रो करूब स्वर्गदूतको अर्को पंखेटाले कोठाको अर्को तिरको भित्ता छोएको थियो अनि यसको अर्को पंखेटाले अर्को करूब स्वर्गद्वातको पंखेटा छोएको थियो।

13 करूब स्वर्गदूतहरूका पंखेटाहरूले मोठ 20 हात ढाकेको थियो। करूब स्वर्गदूतहरू भित्र पवित्रस्थान तर्फ हेरेर उभिएका थिए।

14 सुलेमानले नीलो, बैजनी र रातो बस्त्र अनि मूल्यवान मलमल प्रयोग गरेर पर्दा बनाए। सुलेमानले पर्दामा करूब स्वर्गदूतहरूको चित्र बनाए।

15 सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो।

16 सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100 वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए।

17 त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुन्ने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रोतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याकीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.