Salmos 89

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु।
1 Cantarei para sempre o amor do Senhor; com minha boca anunciarei a tua fidelidade por todas as gerações.
2 तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु।
2 Sei que firme está o teu amor para sempre, e que firmaste nos céus a tua fidelidade.
3 तपाईंले भन्‍नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
3 Tu disseste: "Fiz aliança com o meu escolhido, jurei ao meu servo Davi:
4 ‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।”
4 Estabelecerei a tua linhagem para sempre e firmarei o teu trono por todas as gerações". Pausa
5 हे परमप्रभु, पवित्र जनहरूको सभामा स्‍वर्गले तपाईंका आश्‍चर्यकर्मको र तपाईंका विश्‍वस्‍तताको समेत प्रशंसा गर्दछ।
5 Os céus louvam as tuas maravilhas, Senhor, e a tua fidelidade na assembléia dos santos.
6 किनकि आकाशमा परमेश्‍वरको तुलना कोसँग गर्न सकिन्‍छ? स्‍वर्गीय प्राणीहरूमध्‍ये को परमप्रभुको समान छ।
6 Pois, quem nos céus poderá comparar-se ao Senhor? Quem dentre os seres celestiais assemelha-se ao Senhor?
7 पवित्र जनहरूको सभामा परमेश्‍वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्‍ये उहाँ धेरै विस्‍मयकर हुनुहुन्‍छ।
7 Na assembléia dos santos Deus é temível, mais do que todos os que o rodeiam.
8 हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, तपाईंजस्‍तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्‍छ, हे परमप्रभु, र तपाईंको विश्‍वस्‍तता तपाईंको चारैतिर छ।
8 Ó Senhor, Deus dos Exércitos, quem é semelhante a ti? És poderoso, Senhor, envolto em tua fidelidade.
9 उर्लंदो समुद्रमाथि तपाईंले नै राज्‍य गर्नुहुन्‍छ, जब त्‍यसका छालहरू उठ्‌छन्‌, तपाईंले नै तिनलाई शान्‍त गराउनुहुन्‍छ।
9 Tu dominas o revolto mar; quando se agigantam as suas ondas, tu as acalmas.
10 तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो, तपाईंले आफ्‍ना शत्रुहरूलाई आफ्‍नो बाहुबलले तितरबितर पार्नुभयो।
10 Esmagaste e mataste o Monstro dos Mares; com teu braço forte dispersaste os teus inimigos.
11 स्‍वर्ग तपाईंको हो, र पृथ्‍वी पनि तपाईंकै हो, संसार र त्‍यसको सारा पूर्णता तपाईंले नै बसाल्‍नुभएको हो।
11 Os céus são teus, e tua também é a terra; fundaste o mundo e tudo o que nele existe.
12 उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌।
12 Tu criaste o Norte e o Sul; o Tabor e o Hermom cantam de alegria pelo teu nome.
13 तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्‍च पारिएको छ।
13 O teu braço é poderoso; a tua mão é forte, exaltada é tua mão direita.
14 धार्मिकता र न्‍याय तपाईंको सिंहासनका जग हुन्‌, प्रेम र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌।
14 A retidão e a justiça são os alicerces do teu trono; o amor e a fidelidade vão à tua frente.
15 ती मानिसहरू धन्‍य हुन्‌, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्‌, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्‍थितिमा हिँड्‌छन्‌।
15 Como é feliz o povo que aprendeu a aclamar-te, Senhor, e que anda na luz da tua presença!
16 तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्‌, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्‍दले मग्‍न हुन्‍छन्‌।
16 Sem cessar exultam no teu nome, e alegram-se na tua retidão,
17 किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्‍छ, र तपाईंकै निगाहले हाम्रो सीङ “सीङ” को अर्थ “शक्तिशाली जन” हो। ठाडो पारिदिनुभएको छ।
17 pois tu és a nossa glória e a nossa força, e pelo teu favor exaltas a nossa força.
18 साँच्‍चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्‌।
18 Sim, Senhor, tu és o nosso escudo, ó Santo de Israel, tu és o nosso rei.
19 एक पल्‍ट तपाईंले आफ्‍ना पवित्र जनहरूसित दर्शनमा बोल्‍नुभयो, र भन्‍नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्‍च पारेको छु।
19 Numa visão falaste um dia, e aos teus fiéis disseste: "Cobri de forças um guerreiro, exaltei um homem escolhido dentre o povo.
20 मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्‍यसलाई अभिषेक गरेको छु।
20 Encontrei o meu servo Davi; ungi-o com o meu óleo sagrado.
21 मेरो हातले त्‍यसलाई थाम्‍नेछ, मेरो पाखुराले त्‍यसलाई अवश्‍य बलियो बनाउनेछ।
21 A minha mão o susterá, e o meu braço o fará forte.
22 कुनै शत्रुले त्‍यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्‍ट मानिसले त्‍यसलाई दु:ख दिनेछ।
22 Nenhum inimigo o sujeitará a tributos; nenhum injusto o oprimirá.
23 त्‍यसका विरोधीहरूलाई त्‍यसकै सामनेमा म चूर्ण पार्नेछु, त्‍यसका विरोधीहरूलाई प्रहार गर्नेछु।
23 Esmagarei diante dele os seus adversários e destruirei os seus inimigos.
24 मेरो विश्‍वस्‍त प्रेम त्‍यससँग हुनेछ, र मेरो नाउँद्वारा त्‍यसको सीङ ठाडो हुनेछ।
24 A minha fidelidade e o meu amor o acompanharão, e pelo meu nome aumentará o seu poder.
25 म त्‍यसको शासन समुद्रसम्‍म बढ़ाउनेछु, र त्‍यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्‍याउनेछु।
25 A sua mão dominará até o mar, e a sua mão direita, até os rios.
26 त्‍यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, मेरा परमेश्‍वर र मेरो उद्धारको चट्टान हुनुहुन्‍छ।’
26 Ele me dirá: ‘Tu és o meu Pai, o meu Deus, a Rocha que me salva’.
27 म त्‍यसलाई मेरो जेठो पनि तुल्‍याउनेछु,प्रका १:५ पृथ्‍वीका राजाहरूमा सबैभन्‍दा उच्‍च।
27 Também o nomearei meu primogênito, o mais exaltado dos reis da terra.
28 म मेरो करुणा त्‍यसको निम्‍ति सदासर्वदा राख्‍नेछु, र त्‍यससँगको मेरो करार कहिल्‍यै विफल हुनेछैन।
28 Manterei o meu amor por ele para sempre, e a minha aliança com ele jamais se quebrará.
29 त्‍यसको वंशलाई म सदाको लागि स्‍थापना गर्नेछु, र त्‍यसको सिंहासन आकाशको अस्‍तित्‍व रहेसम्‍म राख्‍नेछु।
29 Firmarei a sua linhagem para sempre, o seu trono durará enquanto existirem céus.
30 “यदि त्‍यसका सन्‍तानले मेरो व्‍यवस्‍था त्‍यागे भने, र मेरा कानूनहरूमा चलेनन्‌ भने,
30 Se os seus filhos abandonarem a minha lei e não seguirem as minhas ordenanças,
31 यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन्‌ भने,
31 se violarem os meus decretos e deixarem de obedecer aos meus mandamentos,
32 म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।
32 com a vara castigarei o seu pecado, e a sua iniqüidade com açoites;
33 तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्‍वस्‍तताको कहिल्‍यै धोकाबाजी गर्नेछु।
33 mas não afastarei dele o meu amor; jamais desistirei da minha fidelidade.
34 म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्‍केको वचन बद्‌लनेछैनँ।
34 Não violarei a minha aliança nem modificarei as promessas dos meus lábios.
35 मैले सदाकालको निम्‍ति आफ्‍नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्‌नेछैनँ—
35 De uma vez para sempre jurei pela minha santidade, e não mentirei a Davi,
36 कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।
36 que a sua linhagem permanecerá para sempre, e o seu trono durará como o sol;
37 आकाशमा रहेको विश्‍वसनीय साक्षी चन्‍द्रमाझैँ, सदाकालको लागि त्‍यो स्‍थापित रहनेछ।”
37 e será estabelecido para sempre como a lua, a fiel testemunha no céu". Pausa
38 तर तपाईंले आफ्‍ना अभिषिक्तलाई त्‍याग्‍नुभएको छ, र तुच्‍छ ठान्‍नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।
38 Mas tu o rejeitaste, recusaste-o e te enfureceste com o teu ungido.
39 तपाईंले आफ्‍नो दाससँगको करार तोड्‌नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्‍याउनुभएको छ।
39 Revogaste a aliança com o teu servo e desonraste a sua coroa, lançando-a ao chão.
40 तपाईंले उनका सबै पर्खालहरू भत्‍काइदिनुभएको छ, र उनका किल्‍लाहरू नष्‍ट पारिदिनुभएको छ।
40 Derrubaste todos os seus muros e reduziste a ruínas as suas fortalezas.
41 त्‍यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्‌, तिनी आफ्‍ना छिमेकीहरूका निम्‍ति हेलाको पात्र भएका छन्‌।
41 Todos os que passam o saqueiam; tornou-se motivo de zombaria para os seus vizinhos.
42 तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्‍च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्‍लसित तुल्‍याउनुभएको छ।
42 Tu exaltaste a mão direita dos seus adversários e encheste de alegria todos os seus inimigos.
43 तपाईंले उनका तरवारको धार बोधो तुल्‍याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन।
43 Tiraste o fio da sua espada e não o apoiaste na batalha.
44 तपाईंले तिनको गौरव समाप्‍त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।
44 Deste fim ao seu esplendor e atiraste ao chão o seu trono.
45 उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्‌नेले ढाकिदिनुभएको छ।
45 Encurtaste os dias da sua juventude; com um manto de vergonha o cobriste. Pausa
46 कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ?
46 Até quando, Senhor? Para sempre te esconderás? Até quando a tua ira queimará como fogo?
47 स्‍मरण राख्‍नुहोस्‌, मेरो आयु कस्‍तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्‍तो निरर्थकताको निम्‍ति सृजनुभएको छ!
47 Lembra-te de como é passageira a minha vida. Terás criado em vão todos os homens?
48 यस्‍तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्‍छ, र मृत्‍यु देख्‍दैन? अथवा कसले आफ्‍नो प्राणलाई मृत्‍युको शक्तिबाट छुटकारा दिन सक्‍छ?
48 Que homem pode viver e não ver a morte, ou livrar-se do poder da sepultura? Pausa
49 हे परमप्रभु, अघिका तपाईंको महान्‌ प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्‍नो विश्‍वसनीयतामा शपथ खानुभएको थियो
49 Ó Senhor, onde está o teu antigo amor, que com fidelidade juraste a Davi?
50 स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु,
50 Lembra-te, Senhor, das afrontas que o teu servo tem sofrido, das zombarias que no íntimo tenho que suportar de todos os povos,
51 हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्‍कार गरेका छन्‌, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्‌।
51 das zombarias dos teus inimigos, Senhor, com que afrontam a cada passo o teu ungido.
52 परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌। आमेन अनि आमेन।
52 Bendito seja o Senhor para sempre! Amém e amém.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 89, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.