Salmos 89
Nepali Bible (GL_NEPALI) vs ARA
1 म परमप्रभुको महान् कृपाको प्रशंसा सधैँको निम्ति गाउनेछु, सबै पुस्तासम्म म तपाईंको विश्वस्तता मेरै मुखले जनाउनेछु।
1 Cantarei para sempre as tuas misericórdias, ó Senhor ; os meus lábios proclamarão a todas as gerações a tua fidelidade.
2 तपाईंको कृपा सदाको निम्ति दृढ़ रहिरहनेछ, र स्वर्गमा नै तपाईंले आफ्नो विश्वस्तता स्थिर गर्नुभयो भनी घोषणा गर्नेछु।
2 Pois disse eu: a benignidade está fundada para sempre; a tua fidelidade, tu a confirmarás nos céus, dizendo:
3 तपाईंले भन्नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
3 Fiz aliança com o meu escolhido e jurei a Davi, meu servo:
4 ‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु’।”
4 Para sempre estabelecerei a tua posteridade e firmarei o teu trono de geração em geração.
5 हे परमप्रभु, पवित्र जनहरूको सभामा स्वर्गले तपाईंका आश्चर्यकर्मको र तपाईंका विश्वस्तताको समेत प्रशंसा गर्दछ।
5 Celebram os céus as tuas maravilhas, ó Senhor , e, na assembleia dos santos, a tua fidelidade.
6 किनकि आकाशमा परमेश्वरको तुलना कोसँग गर्न सकिन्छ? स्वर्गीय प्राणीहरूमध्ये को परमप्रभुको समान छ।
6 Pois quem nos céus é comparável ao Senhor ? Entre os seres celestiais, quem é semelhante ao
7 पवित्र जनहरूको सभामा परमेश्वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्ये उहाँ धेरै विस्मयकर हुनुहुन्छ।
7 Deus é sobremodo tremendo na assembleia dos santos e temível sobre todos os que o rodeiam.
8 हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंजस्तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे परमप्रभु, र तपाईंको विश्वस्तता तपाईंको चारैतिर छ।
8 Ó Senhor , Deus dos Exércitos, quem é poderoso como tu és, com a tua fidelidade ao redor de ti?!
9 उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ, जब त्यसका छालहरू उठ्छन्, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।
9 Dominas a fúria do mar; quando as suas ondas se levantam, tu as amainas.
10 तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबलले तितरबितर पार्नुभयो।
10 Calcaste a Raabe, como um ferido de morte; com o teu poderoso braço dispersaste os teus inimigos.
11 स्वर्ग तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो, संसार र त्यसको सारा पूर्णता तपाईंले नै बसाल्नुभएको हो।
11 Teus são os céus, tua, a terra; o mundo e a sua plenitude, tu os fundaste.
12 उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्।
12 O Norte e o Sul, tu os criaste; o Tabor e o Hermom exultam em teu nome.
13 तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्च पारिएको छ।
13 O teu braço é armado de poder, forte é a tua mão, e elevada, a tua destra.
14 धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्, प्रेम र विश्वस्तता तपाईंको अगि जान्छन्।
14 Justiça e direito são o fundamento do teu trono; graça e verdade te precedem.
15 ती मानिसहरू धन्य हुन्, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।
15 Bem-aventurado o povo que conhece os vivas de júbilo, que anda, ó
16 तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्दले मग्न हुन्छन्।
16 Em teu nome, de contínuo se alegra e na tua justiça se exalta,
17 किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सीङ “सीङ” को अर्थ “शक्तिशाली जन” हो। ठाडो पारिदिनुभएको छ।
17 porquanto tu és a glória de sua força; no teu favor avulta o nosso poder.
18 साँच्चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्।
18 Pois ao Senhor pertence o nosso escudo, e ao Santo de Israel, o nosso rei.
19 एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो, र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु।
19 Outrora, falaste em visão aos teus santos e disseste: A um herói concedi o poder de socorrer; do meio do povo, exaltei um escolhido.
20 मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्यसलाई अभिषेक गरेको छु।
20 Encontrei Davi, meu servo; com o meu santo óleo o ungi.
21 मेरो हातले त्यसलाई थाम्नेछ, मेरो पाखुराले त्यसलाई अवश्य बलियो बनाउनेछ।
21 A minha mão será firme com ele, o meu braço o fortalecerá.
22 कुनै शत्रुले त्यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्ट मानिसले त्यसलाई दु:ख दिनेछ।
22 O inimigo jamais o surpreenderá, nem o há de afligir o filho da perversidade.
23 त्यसका विरोधीहरूलाई त्यसकै सामनेमा म चूर्ण पार्नेछु, त्यसका विरोधीहरूलाई प्रहार गर्नेछु।
23 Esmagarei diante dele os seus adversários e ferirei os que o odeiam.
24 मेरो विश्वस्त प्रेम त्यससँग हुनेछ, र मेरो नाउँद्वारा त्यसको सीङ ठाडो हुनेछ।
24 A minha fidelidade e a minha bondade o hão de acompanhar, e em meu nome crescerá o seu poder.
25 म त्यसको शासन समुद्रसम्म बढ़ाउनेछु, र त्यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्याउनेछु।
25 Porei a sua mão sobre o mar e a sua direita, sobre os rios.
26 त्यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’
26 Ele me invocará, dizendo: Tu és meu pai, meu Deus e a rocha da minha salvação.
27 म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु,प्रका १:५ पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च।
27 Fá-lo-ei, por isso, meu primogênito, o mais elevado entre os reis da terra.
28 म मेरो करुणा त्यसको निम्ति सदासर्वदा राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।
28 Conservar-lhe-ei para sempre a minha graça e, firme com ele, a minha aliança.
29 त्यसको वंशलाई म सदाको लागि स्थापना गर्नेछु, र त्यसको सिंहासन आकाशको अस्तित्व रहेसम्म राख्नेछु।
29 Farei durar para sempre a sua descendência; e, o seu trono, como os dias do céu.
30 “यदि त्यसका सन्तानले मेरो व्यवस्था त्यागे भने, र मेरा कानूनहरूमा चलेनन् भने,
30 Se os seus filhos desprezarem a minha lei e não andarem nos meus juízos,
31 यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन् भने,
31 se violarem os meus preceitos e não guardarem os meus mandamentos,
32 म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।
32 então, punirei com vara as suas transgressões e com açoites, a sua iniquidade.
33 तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्वस्तताको कहिल्यै धोकाबाजी गर्नेछु।
33 Mas jamais retirarei dele a minha bondade, nem desmentirei a minha fidelidade.
34 म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ।
34 Não violarei a minha aliança, nem modificarei o que os meus lábios proferiram.
35 मैले सदाकालको निम्ति आफ्नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्नेछैनँ—
35 Uma vez jurei por minha santidade (e serei eu falso a Davi?):
36 कि त्यसको वंश सदाको निम्ति रहनेछ, र त्यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्थिर रहनेछ।
36 A sua posteridade durará para sempre, e o seu trono, como o sol perante mim.
37 आकाशमा रहेको विश्वसनीय साक्षी चन्द्रमाझैँ, सदाकालको लागि त्यो स्थापित रहनेछ।”
37 Ele será estabelecido para sempre como a lua e fiel como a testemunha no espaço.
38 तर तपाईंले आफ्ना अभिषिक्तलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।
38 Tu, porém, o repudiaste e o rejeitaste; e te indignaste com o teu ungido.
39 तपाईंले आफ्नो दाससँगको करार तोड्नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्याउनुभएको छ।
39 Aborreceste a aliança com o teu servo; profanaste-lhe a coroa, arrojando-a para a terra.
40 तपाईंले उनका सबै पर्खालहरू भत्काइदिनुभएको छ, र उनका किल्लाहरू नष्ट पारिदिनुभएको छ।
40 Arrasaste os seus muros todos; reduziste a ruínas as suas fortificações.
41 त्यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्, तिनी आफ्ना छिमेकीहरूका निम्ति हेलाको पात्र भएका छन्।
41 Despojam-no todos os que passam pelo caminho; e os vizinhos o escarnecem.
42 तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्लसित तुल्याउनुभएको छ।
42 Exaltaste a destra dos seus adversários e deste regozijo a todos os seus inimigos.
43 तपाईंले उनका तरवारको धार बोधो तुल्याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन।
43 Também viraste o fio da sua espada e não o sustentaste na batalha.
44 तपाईंले तिनको गौरव समाप्त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।
44 Fizeste cessar o seu esplendor e deitaste por terra o seu trono.
45 उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्नेले ढाकिदिनुभएको छ।
45 Abreviaste os dias da sua mocidade e o cobriste de ignomínia.
46 कहिलेसम्म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्नुहुन्छ? तपाईंको क्रोध कहिलेसम्म आगोझैँ दन्किरहन्छ?
46 Até quando, Senhor ? Esconder-te-ás para sempre? Arderá a tua ira como fogo?
47 स्मरण राख्नुहोस्, मेरो आयु कस्तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ!
47 Lembra-te de como é breve a minha existência! Pois criarias em vão todos os filhos dos homens!
48 यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ, र मृत्यु देख्दैन? अथवा कसले आफ्नो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिन सक्छ?
48 Que homem há, que viva e não veja a morte? Ou que livre a sua alma das garras do sepulcro?
49 हे परमप्रभु, अघिका तपाईंको महान् प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्नो विश्वसनीयतामा शपथ खानुभएको थियो
49 Que é feito, Senhor, das tuas benignidades de outrora, juradas a Davi por tua fidelidade?
50 स्मरण गर्नुहोस् परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्नो हृदयमा जातिहरूको तिरस्कार सहँदैछु,
50 Lembra-te, Senhor, do opróbrio dos teus servos e de como trago no peito a injúria de muitos povos,
51 हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्कार गरेका छन्, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्।
51 com que, Senhor , os teus inimigos têm vilipendiado, sim, vilipendiado os passos do teu ungido.
52 परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
52 Bendito seja o Senhor para sempre! Amém e amém!
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Salmos 89, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.