Salmos 105

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
1 Rendei graças ao Senhor , invocai o seu nome, fazei conhecidos, entre os povos, os seus feitos.
2 परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।
2 Cantai-lhe, cantai-lhe salmos; narrai todas as suas maravilhas.
3 परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौ त्यसैले अब खुशी हौ।
3 Gloriai-vos no seu santo nome; alegre-se o coração dos que buscam o
4 बल पाउनुलाई परमप्रभु कहाँ जाऊ। सहायताको लागि सधैं उहाँकोमा जाऊ।
4 Buscai o Senhor e o seu poder; buscai perpetuamente a sua presença.
5 याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ। याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
5 Lembrai-vos das maravilhas que fez, dos seus prodígios e dos juízos de seus lábios,
6 तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौ। तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
6 vós, descendentes de Abraão, seu servo, vós, filhos de Jacó, seus escolhidos.
7 परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ। परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
7 Ele é o Senhor , nosso Deus; os seus juízos permeiam toda a terra.
8 परमेश्वरको करार पत्र सदा सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
8 Lembra-se perpetuamente da sua aliança, da palavra que empenhou para mil gerações;
9 परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो। परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
9 da aliança que fez com Abraão e do juramento que fez a Isaque;
10 त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो। परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो। यो सर्वदा रहिरहने छ।
10 o qual confirmou a Jacó por decreto e a Israel por aliança perpétua,
11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु। त्यो देश तिमीरहकै सम्पत्ति हुनेछ।”
11 dizendo: Dar-te-ei a terra de Canaã como quinhão da vossa herança.
12 परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू ससाना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।
12 Então, eram eles em pequeno número, pouquíssimos e forasteiros nela;
13 तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दैहिंडे।
13 andavam de nação em nação, de um reino para outro reino.
14 तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।
14 A ninguém permitiu que os oprimisse; antes, por amor deles, repreendeu a reis,
15 परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।
15 dizendo: Não toqueis nos meus ungidos, nem maltrateis os meus profetas.
16 परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।
16 Fez vir fome sobre a terra e cortou os meios de se obter pão.
17 तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो।
17 Adiante deles enviou um homem, José, vendido como escravo;
18 तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।
18 cujos pés apertaram com grilhões e a quem puseram em ferros,
19 उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहोउञ्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।
19 até cumprir-se a profecia a respeito dele, e tê-lo provado a palavra do
20 यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिए। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिए।
20 O rei mandou soltá-lo; o potentado dos povos o pôs em liberdade.
21 उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।
21 Constituiu-o senhor de sua casa e mordomo de tudo o que possuía,
22 यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।
22 para, a seu talante, sujeitar os seus príncipes e aos seus anciãos ensinar a sabedoria.
23 तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे।
23 Então, Israel entrou no Egito, e Jacó peregrinou na terra de Cam.
24 याकूबको परिवार अत्यन्त बढेर गयो। तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए।
24 Deus fez sobremodo fecundo o seu povo e o tornou mais forte do que os seus opressores.
25 यसकारण मिश्रवासीहरूले याकूबको परिवारलाई हेला गर्न थाले। तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले।
25 Mudou-lhes o coração para que odiassem o seu povo e usassem de astúcia para com os seus servos.
26 यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।
26 E lhes enviou Moisés, seu servo, e Arão, a quem escolhera,
27 परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।
27 por meio dos quais fez, entre eles, os seus sinais e maravilhas na terra de Cam.
28 परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
28 Enviou trevas, e tudo escureceu; e Moisés e Arão não foram rebeldes à sua palavra.
29 यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो, अनि त्यहाँका सारा माछाहरू मरे।
29 Transformou-lhes as águas em sangue e assim lhes fez morrer os peixes.
30 तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो। राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए।
30 Sua terra produziu rãs em abundância, até nos aposentos dos reis.
31 परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले। तिनीहरू चारैतिर फैलिएर गए।
31 Ele falou, e vieram nuvens de moscas e piolhos em todo o seu país.
32 परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो। बिजुलीको प्रहार तिनीहरूको देशभरि फ्याँकियो।
32 Por chuva deu-lhes saraiva e fogo chamejante, na sua terra.
33 परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो। परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।
33 Devastou-lhes os vinhedos e os figueirais e lhes quebrou as árvores dos seus limites.
34 परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए।
34 Ele falou, e vieram gafanhotos e saltões sem conta,
35 सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए। तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए।
35 os quais devoraram toda a erva do país e comeram o fruto dos seus campos.
36 त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो। परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।
36 Também feriu de morte a todos os primogênitos da sua terra, as primícias do seu vigor.
37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो। तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए। परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
37 Então, fez sair o seu povo, com prata e ouro, e entre as suas tribos não havia um só inválido.
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
38 Alegrou-se o Egito quando eles saíram, porquanto lhe tinham infundido terror.
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो। परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
39 Ele estendeu uma nuvem que lhes servisse de toldo e um fogo para os alumiar de noite.
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो। परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
40 Pediram, e ele fez vir codornizes e os saciou com pão do céu.
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।
41 Fendeu a rocha, e dela brotaram águas, que correram, qual torrente, pelo deserto.
42 परमेश्वरले उहाँको वचन संम्झनु भयो। परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
42 Porque estava lembrado da sua santa palavra e de Abraão, seu servo.
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो। मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
43 E conduziu com alegria o seu povo e, com jubiloso canto, os seus escolhidos.
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए। परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
44 Deu-lhes as terras das nações, e eles se apossaram do trabalho dos povos,
45 किन परमेश्वरले त्यसो गर्नुभयो? किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन। यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन। परमप्रभुको प्रशंसा गर!
45 para que lhe guardassem os preceitos e lhe observassem as leis. Aleluia!

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 105, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.