João 1

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।
1 No princípio era o Verbo, e o Verbo estava com Deus, e o Verbo era Deus.
2 उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो।
2 Ele estava no princípio com Deus.
3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।
3 Todas as coisas foram feitas por intermédio dele, e, sem ele, nada do que foi feito se fez.
4 उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
4 A vida estava nele e a vida era a luz dos homens.
5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
5 A luz resplandece nas trevas, e as trevas não prevaleceram contra ela.
6 परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।
6 Houve um homem enviado por Deus cujo nome era João.
7 यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।
7 Este veio como testemunha para que testificasse a respeito da luz, a fim de todos virem a crer por intermédio dele.
8 यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।
8 Ele não era a luz, mas veio para que testificasse da luz,
9 सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
9 a saber, a verdadeira luz, que, vinda ao mundo, ilumina a todo homem.
10 उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।
10 O Verbo estava no mundo, o mundo foi feito por intermédio dele, mas o mundo não o conheceu.
11 उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।
11 Veio para o que era seu, e os seus não o receberam.
12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।
12 Mas, a todos quantos o receberam, deu-lhes o poder de serem feitos filhos de Deus, a saber, aos que creem no seu nome;
13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।
13 os quais não nasceram do sangue, nem da vontade da carne, nem da vontade do homem, mas de Deus.
14 वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
14 E o Verbo se fez carne e habitou entre nós, cheio de graça e de verdade, e vimos a sua glória, glória como do unigênito do Pai.
15 यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।
15 João testemunha a respeito dele e exclama: Este é o de quem eu disse: o que vem depois de mim tem, contudo, a primazia, porquanto já existia antes de mim.
16 उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।
16 Porque todos nós temos recebido da sua plenitude e graça sobre graça.
17 मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।
17 Porque a lei foi dada por intermédio de Moisés; a graça e a verdade vieram por meio de Jesus Cristo.
18 कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
18 Ninguém jamais viu a Deus; o Deus unigênito, que está no seio do Pai, é quem o revelou.
19 यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए।
19 Este foi o testemunho de João, quando os judeus lhe enviaram de Jerusalém sacerdotes e levitas para lhe perguntarem: Quem és tu?
20 यूहन्नाले प्रत्युत्तर दिनलाई हिच्‌किचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”
20 Ele confessou e não negou; confessou: Eu não sou o Cristo.
21 यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।”यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?”यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”
21 Então, lhe perguntaram: Quem és, pois? És tu Elias? Ele disse: Não sou. És tu o profeta? Respondeu: Não.
22 तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”
22 Disseram-lhe, pois: Declara-nos quem és, para que demos resposta àqueles que nos enviaram; que dizes a respeito de ti mesmo?
23 यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने“मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ, ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।”‘
23 Então, ele respondeu: Eu sou a voz do que clama no deserto: Endireitai o caminho do Senhor, como disse o profeta Isaías.
24 ती यहूदीहरूलाई फरिसीरूले पठाएका थिए।
24 Ora, os que haviam sido enviados eram de entre os fariseus.
25 तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”
25 E perguntaram-lhe: Então, por que batizas, se não és o Cristo, nem Elias, nem o profeta?
26 यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।
26 Respondeu-lhes João: Eu batizo com água; mas, no meio de vós, está quem vós não conheceis,
27 ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुत्ताको फित्ता खोल्ने योग्य सम्म छैन।”
27 o qual vem após mim, do qual não sou digno de desatar-lhe as correias das sandálias.
28 यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।
28 Estas coisas se passaram em Betânia, do outro lado do Jordão, onde João estava batizando.
29 अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
29 No dia seguinte, viu João a Jesus, que vinha para ele, e disse: Eis o Cordeiro de Deus, que tira o pecado do mundo!
30 त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहा मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’
30 É este a favor de quem eu disse: após mim vem um varão que tem a primazia, porque já existia antes de mim.
31 उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।
31 Eu mesmo não o conhecia, mas, a fim de que ele fosse manifestado a Israel, vim, por isso, batizando com água.
32 तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो।
32 E João testemunhou, dizendo: Vi o Espírito descer do céu como pomba e pousar sobre ele.
33 अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओर्लिदै एक जना मानिसमाथि बसेको देख्नेछौ। त्यही मानिसले पवित्र आत्माद्वारा बप्तिस्मा दिनेछन्।”‘ यूहन्नाले भने, ‘मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओलंदै गरेको देखें। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखें अनि उहाँमाथि बसेको देखें।
33 Eu não o conhecia; aquele, porém, que me enviou a batizar com água me disse: Aquele sobre quem vires descer e pousar o Espírito, esse é o que batiza com o Espírito Santo.
34 मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
34 Pois eu, de fato, vi e tenho testificado que ele é o Filho de Deus.
35 अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए।
35 No dia seguinte, estava João outra vez na companhia de dois dos seus discípulos
36 यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”
36 e, vendo Jesus passar, disse: Eis o Cordeiro de Deus!
37 यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।
37 Os dois discípulos, ouvindo-o dizer isto, seguiram Jesus.
38 येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”
38 E Jesus, voltando-se e vendo que o seguiam, disse-lhes: Que buscais? Disseram-lhe: Rabi (que quer dizer Mestre), onde assistes?
39 येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसंग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसंगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।
39 Respondeu-lhes: Vinde e vede. Foram, pois, e viram onde Jesus estava morando; e ficaram com ele aquele dia, sendo mais ou menos a hora décima.
40 यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए।
40 Era André, o irmão de Simão Pedro, um dos dois que tinham ouvido o testemunho de João e seguido Jesus.
41 पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”
41 Ele achou primeiro o seu próprio irmão, Simão, a quem disse: Achamos o Messias (que quer dizer Cristo),
42 तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफासभनेर भनिन्छ।”
42 e o levou a Jesus. Olhando Jesus para ele, disse: Tu és Simão, o filho de João; tu serás chamado Cefas (que quer dizer Pedro).
43 अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”
43 No dia imediato, resolveu Jesus partir para a Galileia e encontrou a Filipe, a quem disse: Segue-me.
44 अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।
44 Ora, Filipe era de Betsaida, cidade de André e de Pedro.
45 फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”
45 Filipe encontrou a Natanael e disse-lhe: Achamos aquele de quem Moisés escreveu na lei, e a quem se referiram os profetas: Jesus, o Nazareno, filho de José.
46 तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?”फिलिपले उत्तर दिए, “आएर अनि हेर।”
46 Perguntou-lhe Natanael: De Nazaré pode sair alguma coisa boa? Respondeu-lhe Filipe: Vem e vê.
47 येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”
47 Jesus viu Natanael aproximar-se e disse a seu respeito: Eis um verdadeiro israelita, em quem não há dolo!
48 नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?”येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”
48 Perguntou-lhe Natanael: Donde me conheces? Respondeu-lhe Jesus: Antes de Filipe te chamar, eu te vi, quando estavas debaixo da figueira.
49 तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”
49 Então, exclamou Natanael: Mestre, tu és o Filho de Deus, tu és o Rei de Israel!
50 येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दैछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देख्नेछौ।”
50 Ao que Jesus lhe respondeu: Porque te disse que te vi debaixo da figueira, crês? Pois maiores coisas do que estas verás.
51 तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘ 52
51 E acrescentou: Em verdade, em verdade vos digo que vereis o céu aberto e os anjos de Deus subindo e descendo sobre o Filho do Homem.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.