Lucas 24

Nepali Bible (GL_NEPALI)

1 हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए।

2 चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।

3 तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्।

4 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।

5 ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ?

6 येशू यहाँ छैन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ?

7 उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”

8 तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।

9 ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घटनाहरू बारे तिनीहरूले भने।

10 ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घटनाहरू सुनाए।

11 तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्।

12 तर पत्रुस जुरूक्कै उठ्‌यो अनि चिहान तिर दगुरयो। त्यो निहुरियो अनि हेरयो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।

13 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय:साढे तीन कोश टाढा पर्थ्यो।

14 तिनीहरूले घटेका ती सब घटनाहरू बारे कुरा गरिरहेका थिए।

15 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफै तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसंगै हिंडनु भयो।

16 तर ती दुई जनालाई येशूले चिन्नु दिनु भएको थिएन।

17 त्यसपछि येशूले भन्नुभयो, ‘तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?”ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो।

18 तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घटनाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”

19 येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घटनाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो।” उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।

20 तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए।

21 हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घटनाहरू घटे। यी सब घटना घटेको आज तेस्रो दिन हो।

22 तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए।

23 तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदुतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ!

24 त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।”

25 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गरयौ।

26 ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।”

27 त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।।

28 जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ।

29 तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!”तब उहाँ तिनीहरूसंग बस्नु राजी हुनु भयो।

30 येशू जब मेचमा उनीहरूसंग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो।

31 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो।

32 ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसंग बात गर्नु हूँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाँचित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँचो अर्थ खोलिरहनु भएको थियो।”

33 तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर र्फकिए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,

34 “प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”

35 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।

36 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”

37 तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।

38 तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शंका गर्छो?

39 मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैन।

40 तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।

41 तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्भित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?”

42 तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए।

43 त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो।

44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”

45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझन मन खोली दिनु भयो।

46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।

47 तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्।

48 यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ।

49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपउरूञ्जेल यहाँ यरूशलेममा नै र्पखिरहो।”

50 येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो।

51 उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो।

52 चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम र्फकिए। तिनीहरू अत्यन्तै खुशी थिए।

53 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे। 

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.