1 Crônicas 21
Nepali Bible (GL_NEPALI) vs NAA
1 शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।
1 Então Satanás se levantou contra Israel e incitou Davi a levantar o censo de Israel.
2 यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गिन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जस द्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”
2 Davi disse a Joabe e aos chefes do povo: — Vão e levantem o censo de Israel, desde Berseba até Dã, e tragam-me a apuração para que eu saiba o seu número.
3 तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”
3 Então Joabe disse: — Que o
4 तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए।
4 Porém a palavra do rei prevaleceu contra Joabe. Então Joabe saiu e percorreu todo o Israel; depois, voltou para Jerusalém.
5 अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे।
5 Joabe apresentou a Davi o resultado do recenseamento do povo: havia em Israel um milhão e cem mil homens que puxavam da espada; e em Judá eram quatrocentos e setenta mil homens que puxavam da espada.
6 योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन।
6 Porém os de Levi e Benjamim não foram contados entre eles, porque a ordem do rei foi abominável a Joabe.
7 परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।
7 Tudo isto desagradou a Deus, e por isso ele castigou Israel.
8 तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खता पूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”
8 Então Davi se dirigiu a Deus, dizendo: — Cometi um grande pecado ao fazer tal coisa. Mas agora peço-te que perdoes a iniquidade do teu servo, porque fiz uma grande loucura.
9 गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो,
9 Então o Senhor falou a Gade, o vidente de Davi, dizendo:
10 “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।”‘
10 — Vá e diga a Davi: Assim diz o Senhor : “Eu lhe ofereço três opções; escolha uma delas, para que eu a execute contra você.”
11 तब गाद दाऊद कहाँ गए। गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन दण्ड तँ चाहन्छस्?
11 Gade foi falar com Davi e lhe disse: — Assim diz o
12 प्रशस्त आहर बिना तीन वर्ष, वा तीन महीनासम्म, तेरो शत्रुहरू देखि भागी हिंडनु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्धनेछन् परमप्रभुबाट तीन दिनको दण्ड। भयानक रूडि देश भरि फैलने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईले निर्णय गर्नुहोस् कुन उत्तर मैले उहाँलाई दिनु?”
12 ou três anos de fome, ou que por três meses você seja consumido diante dos seus adversários, sendo alcançado pela espada dos seus inimigos, ou que por três dias a espada do Senhor , isto é, a peste na terra e o Anjo do Senhor causem destruição em todos os territórios de Israel.” Diga, agora, que resposta devo dar ao que me enviou.
13 दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसहले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।”
13 Então Davi disse a Gade: — Estou muito angustiado. Porém é preferível que eu caia nas mãos do
14 यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे।
14 Então o Senhor enviou a peste a Israel; e morreram setenta mil homens do povo de Israel.
15 परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।
15 Deus enviou um anjo a Jerusalém, para a destruir. Quando estava por destruí-la, o Senhor olhou, mudou de ideia quanto a este mal e disse ao anjo destruidor: — Basta! Retire a sua mão. O Anjo do
16 दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूइँछुने गरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए।
16 Davi ergueu os olhos e viu o Anjo do Senhor , que estava entre a terra e o céu, com a espada desembainhada na mão estendida contra Jerusalém. Então Davi e os anciãos, vestidos de pano de saco, se prostraram com o rosto em terra.
17 दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गिन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईका मानिसहरूलाई मारिरहेछ।”
17 Davi falou para Deus: — Por acaso não fui eu quem mandou contar o povo? Eu é que pequei e fiz esse mal. Mas estas ovelhas o que fizeram? Ah!
18 तब परमप्रभुका स्वर्गदूतले गादलाई भने। तिनले भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।”
18 Então o Anjo do Senhor disse a Gade que mandasse Davi edificar um altar ao Senhor na eira de Ornã, o jebuseu.
19 गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खला तिर गए।
19 Davi foi segundo a palavra que Gade havia falado em nome do Senhor .
20 ओर्नान गहूँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे।
20 Ao voltar-se, Ornã viu o Anjo; e os seus quatro filhos que estavam com ele se esconderam. Ora, Ornã estava debulhando trigo.
21 दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूइँछुने गरी शिर झुकाई प्रणाम गरे।
21 Quando Davi estava indo ao encontro de Ornã, este olhou e viu Davi. E, saindo da eira, se inclinou diante de Davi, com o rosto em terra.
22 दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।”
22 Davi disse a Ornã: — Dê-me este lugar da eira, a fim de edificar nele um altar ao
23 ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाई मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।”
23 Então Ornã disse a Davi: — Que o rei, meu senhor, a tome para si e faça dela o que bem quiser. Eis que dou os bois para o holocausto, o debulhador de cereais para a lenha e o trigo para a oferta de cereais; dou tudo.
24 तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिंदिन। म त्यो भेट अर्पण गर्दिन जसको कुनै मूल्य दिनु पर्दैन।”
24 Porém o rei Davi disse a Ornã: — Não! Eu vou comprar pelo seu inteiro valor. Porque não tomarei o que é seu para dar ao
25 यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए।
25 Davi pagou a Ornã por aquele lugar sete quilos e duzentos gramas de ouro.
26 दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो।
26 Edificou ali um altar ao Senhor , ofereceu nele holocaustos e sacrifícios pacíficos e invocou o Senhor , que lhe respondeu com fogo do céu sobre o altar do holocausto.
27 तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो।
27 O Senhor deu ordem ao Anjo, e ele meteu a sua espada na bainha.
28 दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए।
28 Naquele tempo, ao ver que o Senhor lhe havia respondido na eira de Ornã, o jebuseu, Davi ofereceu sacrifícios ali.
29 पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए।
29 Porque naquele tempo o tabernáculo do Senhor , que Moisés havia feito no deserto, e o altar do holocausto estavam no lugar alto de Gibeão.
30 दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।
30 Davi não podia ir até lá para consultar a Deus, porque estava com medo da espada do Anjo do Senhor .
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.