1 Crônicas 20

Nepali Bible (GL_NEPALI)

1 बसन्त ऋतुमा, योअबले इस्राएलका सैनिकहरूलाई युद्धमा लगेर गए। यो वर्षको त्यो समय थियो जब राजाहरू युद्धमा जान्थे, तर दाऊद यरूशलेम मै बसे। इस्राएलका सैनिकहरू अम्मोन देशमा गए अनि त्यसलाई ध्वंश पारे। त्यस पछि तिनीहरू रब्बा शहरमा गए। सैनिकहरू शहरको चारैतिर छाउनीमा तिनीहरू जानबाट रोक्नलाई मानिसहरूलाई शहरको भित्र वा बाहिर त्यहाँ बसे। योआब अनि इस्राएलका सेना रब्बा शहरको विरूद्ध त्यसलाई ध्वंश नपारूञ्जेल सम्म लडे।

2 दाऊदले तिनीहरूका राजाको शिरबाट श्रीपेच निकाले। त्यो सुनको श्रीपेच लगभग एक तोडाथियो। श्रीपेचचमा मूल्यवान रत्नहरू थिए। श्रीपेच दाऊदको शिरमा लगाइयो। तब दाऊदले रब्बा शहरबाट धेरै मूल्यवान बस्तुहरू पाए।

3 दाऊदले रब्बाका मानिसहरूलाई ल्याए अनि तिनीहरूलाई आरा, फलामका गल अनि बञ्चरो द्वारा काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूलाई पनि त्यसै गर्न लगाए। त्यस पछि दाऊद अनि सबै सेना यरूशलेम फर्के।

4 पछि इस्राएलीहरूको पलिश्ती मानिसहरूसित गेजेर शहरमा युद्ध भयो। त्यस समय हूशाका सिब्बकैले सिप्पैलाई मारे। सिप्पै दैंत्यहरूका (रपाईहरूका) एकजना छोरा थिए। यसरी ती पलिश्ती मानिसहरू इस्राएली मानिसहरूका दास सरह भए।

5 फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।

6 पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो।

7 यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्यो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए।

8 ती पलिश्ती मानिसहरू गात शहरका दैंत्यहरूका (रफाका सन्तान) छोराहरू थिए। दाऊद अनि तिनका सेवकहरूले ती दैंत्य मानिसलाई मारे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.