1 Crônicas 16

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।
1 Fizeram entrar a arca do Senhor e colocaram-na no meio do pavilhão que para ela Davi tinha levantado, e ofereceram a Deus holocaustos e sacrifícios pacíficos.
2 दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।
2 Depois desse oferecimento de holocaustos e sacrifícios pacíficos, Davi abençoou o povo em nome do Senhor.
3 त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए।
3 Em seguida, distribuiu a todos os israelitas, homens e mulheres, a cada um, um pão, um pedaço de carne, e um bolo de uvas secas.
4 तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।
4 Davi colocou, diante da arca do Senhor, levitas encarregados do serviço, que invocavam, celebravam e louvavam o Senhor, Deus de Israel.
5 आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए।
5 Eram eles: Asaf, o chefe; Zacarias, o segundo; em seguida, Oziel, Semiramot, Matatias, Eliab, Banaias, Obededom: Jeiel estava encarregado das harpas e das cítaras, enquanto que Asaf fazia vibrar os címbalos.
6 बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे।
6 Os sacerdotes Banaias e Jaziel tocavam continuamente a trombeta diante da arca da aliança do Senhor.
7 यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।
7 Foi naquele dia que Davi encarregou Asaf e seus irmãos de celebrar o Senhor:
8 परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।
8 Celebrai o Senhor, aclamai o seu nome, apregoai entre as nações as suas obras.
9 परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ।
9 Cantai-lhe hinos e cânticos, anunciai todas as suas maravilhas.
10 परमप्रभुको पवित्र नाउँको गौरव गर। परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ।
10 Gloriai-vos do seu santo nome, rejubile o coração dos que procuram o Senhor.
11 परमप्रभु र उहाँको शक्ति तर्फ हेर। परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज।
11 Recorrei ao Senhor e ao seu poder, procurai continuamente sua face.
12 ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।
12 Recordai as maravilhas que operou, seus prodígios e os julgamentos por seus lábios proferidos,
13 इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्। याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्।
13 ó descendência de Israel, seu servo, ó filhos de Jacó, seus escolhidos!
14 परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।
14 É ele o Senhor, nosso Deus; suas sentenças comandam a terra inteira.
15 उहाँको करार सदैव सम्झ। उहाँले ती आज्ञाहरू हजारौ पुस्ताहरूका निम्ति दिनुभएको छ।
15 Recordai sem cessar suas alianças, a palavra que empenhou a mil gerações,
16 त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो। उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ।
16 que garantiu a Abraão e jurou a Isaac,
17 परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो। यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ।
17 e confirmou a Jacó irrevogavelmente e a Israel como aliança eterna,
18 परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ। यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।”
18 quando disse: Eu te darei a terra de Canaã, como parte da tua herança.
19 जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए, अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहे।
19 Quando não passavam de um reduzido número, minoria insignificante e estrangeiros na terra,
20 तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए। तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए।
20 e andavam errantes de nação em nação, de reino em reino,
21 तर परमप्रभुले कसैलाईपनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन। परमप्रभुले तिनीहरूलाई चोट नुपर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।
21 não permitiu que ninguém os oprimisse e castigou os reis por causa deles:
22 परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ। मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।”
22 Não ouseis tocar nos que me são consagrados nem maltratar os meus profetas!
23 सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हेरक दिन तिमीले असल समाचार भन्नुपर्छ।
23 Cantai ao Senhor, terra inteira, anunciai cada dia a salvação que ele nos trouxe.
24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति अद्भुत हुनुहुन्छ।
24 Proclamai às nações a sua glória, a todos os povos as suas maravilhas.
25 परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।
25 Porque o Senhor é grande e digno de todo o louvor, o único temível de todos os deuses,
26 किन? किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्। तर परमप्रभुले आकाश बनाउनु भयो।
26 Porque os deuses dos povos, sejam quais forem, não passam de ídolos; mas foi o Senhor quem criou os céus.
27 परमप्रभुको महिमा अनि गौरव छ। शक्ति र आनन्दले ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ।
27 Em seu semblante, a majestade e a beleza, em sua Morada, o poder e a felicidade.
28 परिवारहरू अनि समूहहरू, परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर।
28 Tributai ao Senhor, famílias dos povos, tributai ao Senhor a glória e a honra,
29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।
29 tributai ao Senhor a glória devida ao seu nome. Trazei oferendas e chegai à sua presença, adorai o Senhor com ornamentos sagrados.
30 उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ। जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।
30 Diante dele estremece a terra inteira e não vacila, porque ele a sustém.
31 पृथ्वी अनि आकाश प्रशन्न होऊन्! सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।”
31 Alegrem-se os céus e exulte a terra, e confessem as nações: O Senhor é rei.
32 समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्! खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्।
32 Retumbe o oceano e o que ele contém, regozijem-se os campos e tudo o que existe neles.
33 तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किन? किनभने परमप्रभु आउनु हुँदैछ। उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ।
33 Jubilem as árvores da floresta com a presença do Senhor, pois ele vem para governar a terra.
34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।
34 Louvai o Senhor, porque ele é bom, porque a sua misericórdia é eterna.
35 परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।”
35 Dizei: Salvai-nos ó Deus de nossa salvação, e recolhei-nos e salvai-nos de entre as nações: para que possamos celebrar o vosso santo nome e ter a satisfação de vos louvar.
36 परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”
36 Bendito seja o Senhor, Deus de Israel, pelos séculos dos séculos! E todo o povo disse: Amém! e Louvai o Senhor!
37 त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए।
37 Davi deixou ali, diante da arca da aliança do Senhor, Asaf e seus irmãos para fazerem continuamente o serviço diante da arca, segundo o seu dever de cada dia;
38 दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।
38 igualmente Obededom, com seus irmãos, em número de sessenta e oito; Obededom, filho de Iditum, e Hosa, como porteiros;
39 दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए।
39 igualmente o sacerdote Sadoc e os sacerdotes seus irmãos, diante do tabernáculo do Senhor, no lugar alto de Gabaon,
40 हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।
40 para oferecer holocaustos ao Senhor, dia a dia, pela manhã e pela tarde, sobre o altar dos holocaustos, e para cumprir tudo que está escrito na lei que o Senhor deu a Israel.
41 हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
41 Com eles estavam Hemã, Iditum e os outros que tinham sido escolhidos e designados nominalmente para louvar o Senhor, porque sua misericórdia é eterna.
42 गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।
42 Tinham consigo trombetas e címbalos para tocar, e instrumentos para os cânticos de Deus. Os filhos de Iditum estavam encarregados da porta.
43 समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए।
43 Depois, todo o povo retornou para suas casas; e Davi voltou para abençoar sua casa.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.