1 Crônicas 17

Nepali Bible (GL_NEPALI)

1 दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।”

2 नातानले दाऊदलाई उत्तर दिए, “तपाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईसित हुनुहुन्छ।”

3 तर त्यो रात परमेश्वरको वचन नातान कहाँ आयो।

4 परमेश्वरले भन्नु भयो, “जा, अनि यी कुराहरू मेरो दास दाऊदलाई भनः परमप्रभुले भन्नु हुन्छ, ‘दाऊद म बस्नको निम्ति मेरो मन्दिर निर्माण गर्ने व्यक्ति तँ होइनस्।

5 इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्।

6 जब म इस्राएलका चारैतिर विभिन्न स्थानमा घुमिरहेथें। त्यसबेला कुनै पनि ती अगुवाहरूलाई मैले कहिले पनि भनिन किन तिमीहरूले मेरो निम्ति देवदारू काठको मन्दिर निर्माण गरेनौ?’

7 “यसकारण अब, यी सबै कुराहरू मेरो सेवक दाऊदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मैले तँलाई गोठाला हुँदा खेतबाट ल्याएँ। मैले तँलाई मेरा इस्राएल मानिसहरूका राजा बनाएँ।

8 तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शुत्रहरूलाई मारिदिएँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु।

9 म यो भूमि मेरो इस्राएली मानिसहरूलाई दिरहेकोछु। म उनिहरूलाई यस भूमिमा स्थापना गर्नेछु अनि तिनीहरू त्यहां बस्नेछन्। कसैले तिनीहरूलाई दिक्दारी दिनेछैन। नराम्रा मानिसहरूले तिनीहरूलाई चोट पुर्याउने छैनन्। जसरी तिनीहरूले पहिले गरेका थिए।

10 ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु।“‘म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ।

11 जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।

12 तेरो छोराले मेरो निम्ति एक मन्दिर निर्माण गर्नेछ। म तेरो परिवारालाई सर्वदा शासन गर्ने बनाउनेछु।

13 म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाडने छैन।

14 म उसलाई मेरो मन्दिर अनि राज्यको जिम्मामा सर्वदा राख्ने छु। उसको शासन सर्वदा चलिरहने छ।”‘

15 नातानले यो दर्शनबाट परमेश्वरले भन्नु भएका सबै कुराहरूको विषयमा दाऊदलाई भने।

16 तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने, “हे परमप्रभु परमेश्वर तपाईले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझ्दिन?

17 यिनीहरू बाहेक तपाईंले मलाई जान्न दिनु भयो कि भविष्यमा मेरा परिवारको भाग्य के हुन्छ भनि। तपाईले मलाई सधैं एउटा अनि प्रसिद्ध व्यक्तिलाई जस्तै व्यवहार गर्नुभयो।

18 यो भन्दा धेरै म के भन्न सक्छु र? तपाईले मेरो निम्ति यति धेरै गरिदिनु भयो। अनि म तपाईको मात्र दास हुँ। तपाईंले मलाई जान्नुहुन्छ।

19 हे परमप्रभु, तपाईंले मेरा निम्ति यो अद्भुत कार्य गरिदिनु भयो। तपाईले यसो गर्नुभयो किनभने तपाई यो चाहनु हुन्थ्यो।

20 हे परमप्रभु तपाई जस्तो अन्य कोही हुने छैन। तपाई बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो अद्भुत कार्य गरेको सुनेका छैनौ।

21 इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता अद्भुत कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेशबाहिर निकाल्नुभयो अनि तपाईले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईले आफैं स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईले तपाईका मानिसहरूका अघि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो।

22 तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।

23 “त्यसैकारण परमप्रभु तपाईले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वोदा सत्य रहोस्। तपाईले के भन्नुभयो त्यो गर्नुहोस् तपाईले गर्नु हुनेछ।

24 तपाईका वचन राख्नुहोस् जस द्वारा मानिसहरूले सदैव तपाईको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्वशक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्।

25 “तपाईं आफैले मलाई प्रकट गर्नु भएकोछ। त्यो तपाईंले मेरो परिवारलाई, राजाहरूको परिवार बनाउँनु हुनेछ। त्यसै कराण म निर्धक्क साथ तपाईलाई दयाहरू मागिरहेछु।

26 यसकरण अब मेरो परमप्रभु, तपाई नै परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाई स्वयंले मेरा निम्ति यी असल कुराहरू गरिदिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।

27 त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.