Zacarias 8
npioncb (NPIONCB) vs ARA
1 सेनाहरूका याहवेहको वचन फेरि मकहाँ आयो।
1 Veio a mim a palavra do Senhor dos Exércitos, dizendo:
2 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “म सियोनको निम्ति अति डाही भएको छु; म त्यसको निम्ति डाहले जलिरहेको छु।”
2 Assim diz o Senhor dos Exércitos: Tenho grandes zelos de Sião e com grande indignação tenho zelos dela.
3 याहवेह यसो भन्नुहुन्छ: “म सियोनमा फर्कनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेमलाई विश्वासयोग्य सहर भनिनेछ र सेनाहरूका याहवेहको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ।”
3 Assim diz o Senhor : Voltarei para Sião e habitarei no meio de Jerusalém; Jerusalém chamar-se-á a cidade fiel, e o monte do Senhor dos Exércitos, monte santo.
4 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यरूशलेमका सडकहरूमा फेरि पनि बृद्ध पुरुष र स्त्रीहरू आफ्नो धेरै उमेर भएको कारणले गर्दा प्रत्येकले आ-आफ्नो हातमा लहुरो लिएर बस्नेछन्।
4 Assim diz o Senhor dos Exércitos: Ainda nas praças de Jerusalém sentar-se-ão velhos e velhas, levando cada um na mão o seu arrimo, por causa da sua muita idade.
5 सहरका सडकहरू खेलिरहेका केटाकेटीहरूले भरिएका हुनेछन्।”
5 As praças da cidade se encherão de meninos e meninas, que nelas brincarão.
6 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “त्यस बेला बाँकी मानिसहरूका निम्ति यो कुरा असम्भव देखिएला, तर के यो मेरा निम्ति असम्भव होला र?” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
6 Assim diz o Senhor dos Exércitos: Se isto for maravilhoso aos olhos do restante deste povo naqueles dias, será também maravilhoso aos meus olhos? — diz o Senhor dos Exércitos.
7 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “म मेरा मानिसहरूलाई पूर्व र पश्चिमका देशहरूबाट बचाउनेछु।
7 Assim diz o Senhor dos Exércitos: Eis que salvarei o meu povo, tirando-o da terra do Oriente e da terra do Ocidente;
8 म तिनीहरूलाई यरूशलेममा बसोबास गर्नलाई फर्काएर ल्याउनेछु; तिनीहरू मेरा मानिसहरू हुनेछन्; अनि विश्वासयोग्यता र धार्मिकतामा म तिनीहरूका परमेश्वर हुनेछु।”
8 eu os trarei, e habitarão em Jerusalém; eles serão o meu povo, e eu serei o seu Deus, em verdade e em justiça.
9 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “आज तिमीहरूले यी वचनहरू सुन, ‘तिमीहरूका हातहरू बलिया बनाओ, ताकि मन्दिर निर्माण होस्।’ सेनाहरूका याहवेहको भवनको निम्ति जग बसालिँदा, त्यहाँ उपस्थित भएका अगमवक्ताहरूले पनि यही वचनहरू भनेका थिए।
9 Assim diz o Senhor dos Exércitos: Sejam fortes as mãos de todos vós que nestes dias ouvis estas palavras da boca dos profetas, a saber, nos dias em que foram postos os fundamentos da Casa do Senhor dos Exércitos, para que o templo fosse edificado.
10 त्यो समयभन्दा अगि कुनै पनि मानिसको निम्ति ज्याला दिइँदैनथ्यो र पशुहरूलाई भाडामा लिइँदैनथ्यो। किनकि तिनीहरूका शत्रुहरूको कारण कोही पनि आफ्नो व्यवसायमा सुरक्षापूर्वक जान सक्दैनथिए; किनभने मैले हरेक मानिसलाई तिनीहरूको छिमेकीको विरुद्धमा खडा गरेको थिएँ।
10 Porque, antes daqueles dias, não havia salário para homens, nem os animais lhes davam ganho, não havia paz para o que entrava, nem para o que saía, por causa do inimigo, porque eu incitei todos os homens, cada um contra o seu próximo.
11 तर अब म यी बाँकी रहेका मानिसहरूलाई बितेको समयमा झैँ व्यवहार गर्नेछैनँ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
11 Mas, agora, não serei para com o restante deste povo como nos primeiros dias, diz o Senhor dos Exércitos.
12 “बिउ राम्रोसँग उम्रिनेछ, दाखले राम्ररी फल फलाउनेछ, भूमिले अन्नबाली फलाउनेछ र आकाशले शीत झार्नेछ। बाँकी रहेका यी जातिहरूलाई पैतृक सम्पत्तिको रूपमा यी सबै कुरा म दिनेछु।
12 Porque haverá sementeira de paz; a vide dará o seu fruto, a terra, a sua novidade, e os céus, o seu orvalho; e farei que o resto deste povo herde tudo isto.
13 हे यहूदा र इस्राएल, तिमीहरू राष्ट्रहरूका बीचमा श्रापको पात्र भएका थियौ, तर अब म तिमीहरूलाई बचाउनेछु, र तिमीहरू आशिष्को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हातहरू बलिया होऊन्।”
13 E há de acontecer, ó casa de Judá, ó casa de Israel, que, assim como fostes maldição entre as nações, assim vos salvarei, e sereis bênção; não temais, e sejam fortes as vossas mãos.
14 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिमीहरूमाथि विपत्ति ल्याउने र अलिकति पनि दया नदेखाउने अठोट गरेको थिएँ।” सेनाहरूका याहवेह भन्नुहुन्छ,
14 Porque assim diz o Senhor dos Exércitos: Como pensei fazer-vos mal, quando vossos pais me provocaram à ira, diz o Senhor dos Exércitos, e não me arrependi,
15 “त्यसरी नै अब मैले यरूशलेम र यहूदामाथि फेरि असल गर्ने अठोट गरेको छु; तिमीहरू भयभीत नहोओ।
15 assim pensei de novo em fazer bem a Jerusalém e à casa de Judá nestes dias; não temais.
16 तर तिमीहरूले गर्नुपर्ने कामहरू भने यी हुन्: एक-अर्कासँग सत्य बोल, र तिमीहरूको अदालतमा साँचो र ठिक न्याय गर!
16 Eis as coisas que deveis fazer: Falai a verdade cada um com o seu próximo, executai juízo nas vossas portas, segundo a verdade, em favor da paz;
17 एक-अर्काको विरुद्धमा दुष्ट षड्यन्त्र नरच, र झूटा शपथ खान नरुचाओ। म यी सबै कुराहरूलाई घृणा गर्छु,” याहवेह घोषणा गर्नुहुन्छ।
17 nenhum de vós pense mal no seu coração contra o seu próximo, nem ame o juramento falso, porque a todas estas coisas eu aborreço, diz o Senhor .
18 अनि फेरि सेनाहरूका याहवेहको वचन मकहाँ आयो।
18 A palavra do Senhor dos Exércitos veio a mim, dizendo:
19 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यहूदाको निम्ति चौथो, पाँचौँ, सातौँ र दसौँ महिनाका उपवासहरू आनन्दमय, हर्षमय र सुखमय चाडहरू हुनेछन्। यसैकारण सत्यता र शान्तिलाई प्रेम गर।”
19 Assim diz o Senhor dos Exércitos: O jejum do quarto mês, e o do quinto, e o do sétimo, e o do décimo serão para a casa de Judá regozijo, alegria e festividades solenes; amai, pois, a verdade e a paz.
20 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “धेरै सहरहरूबाट धेरै मानिसहरू र बासिन्दाहरू अझै आउनेछन्;
20 Assim diz o Senhor dos Exércitos: Ainda sucederá que virão povos e habitantes de muitas cidades;
21 अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ गएर भन्नेछन्, ‘हामी याहवेहकहाँ बिन्ती गर्न र सेनाहरूका याहवेहलाई खोज्न जाऔँ, र म पनि जानेछु।’
21 e os habitantes de uma cidade irão à outra, dizendo: Vamos depressa suplicar o favor do Senhor e buscar ao Senhor dos Exércitos; eu também irei.
22 अनि धेरै मानिसहरू र शक्तिशाली राष्ट्रहरू सेनाहरूका याहवेहलाई खोज्न र उहाँसँग बिन्ती गर्नलाई यरूशलेममा आउनेछन्।”
22 Virão muitos povos e poderosas nações buscar em Jerusalém ao Senhor dos Exércitos e suplicar o favor do Senhor .
23 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “ती दिनहरूमा सबै भाषा बोल्नेहरू र सबै राष्ट्रहरूबाट, दश जना मानिसहरूले एक जना यहूदीको लबेदाको किनार समातेर यसो भन्नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्; किनकि हामीले सुनेका छौँ, कि तपाईंसँग परमेश्वर हुनुहुन्छ।’ ”
23 Assim diz o Senhor dos Exércitos: Naquele dia, sucederá que pegarão dez homens, de todas as línguas das nações, pegarão, sim, na orla da veste de um judeu e lhe dirão: Iremos convosco, porque temos ouvido que Deus está convosco.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Zacarias 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.