Tiago 4

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र?
1 Donde vêm as lutas e as contendas entre vós? Não vêm elas de vossas paixões, que combatem em vossos membros?
2 तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ।
2 Cobiçais, e não recebeis; sois invejosos e ciumentos, e não conseguis o que desejais; litigais e fazeis guerra. Não obtendes, porque não pedis.
3 तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ।
3 Pedis e não recebeis, porque pedis mal, com o fim de satisfazerdes as vossas paixões.
4 तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ।
4 Adúlteros, não sabeis que o amor do mundo é abominado por Deus? Todo aquele que quer ser amigo do mundo constitui-se inimigo de Deus.
5 अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ?
5 Ou imaginais que em vão diz a Escritura: Sois amados até o ciúme pelo espírito que habita em vós?
6 तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ:
6 Deus, porém, dá uma graça ainda mais abundante. Por isso, ele diz: Deus resiste aos soberbos, mas dá sua graça aos humildes {Pr 3,34}.
7 यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
7 Sede submissos a Deus. Resisti ao demônio, e ele fugirá para longe de vós.
8 परमेश्‍वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
8 Aproximai-vos de Deus, e ele se aproximará de vós. Lavai as mãos, pecadores, e purificai os vossos corações, ó homens de dupla atitude.
9 दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्।
9 Reconhecei a vossa miséria, afligi-vos e chorai. Converta-se o vosso riso em pranto e a vossa alegria em tristeza.
10 प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
10 Humilhai-vos na presença do Senhor, e ele vos exaltará.
11 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ।
11 Meus irmãos, não faleis mal uns dos outros. Quem fala mal de seu irmão, ou o julga, fala mal da lei e julga a lei. E se julgas a lei, já não és observador da lei, mas seu juiz.
12 व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ; परमेश्‍वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?
12 Não há mais que um legislador e um juiz: aquele que pode salvar e perder. Mas quem és tu, que julgas o teu próximo?
13 अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, “हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।”
13 Agora dizeis: Hoje ou amanhã iremos a tal cidade, ficaremos ali um ano, comerciaremos e tiraremos o nosso lucro.
14 तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।
14 E, entretanto, não sabeis o que acontecerá amanhã! Pois que é a vossa vida? Sois um vapor que aparece por um instante e depois se desvanece.
15 यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला” भन्‍नुपर्नेथियो।
15 Em vez de dizerdes: Se Deus quiser, viveremos e faremos esta ou aquela coisa.
16 तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्‍टता हो।
16 Mas agora vós vos jactais das vossas presunções. Toda jactância desse gênero é viciosa.
17 त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्‍ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ।
17 Aquele que souber fazer o bem, e não o faz, peca.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Tiago 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.