Rute 1

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 न्यायकर्ताहरूका शासनकालमा देशमा अनिकाल पर्‍यो। यसकारण यहूदाको बेथलेहेमबाट एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर केही समयको निम्ति मोआब देशमा बसाइँ सरे।
1 No tempo que governavam os juízes, sobreveio uma fome na terra. Um homem partiu de Belém de Judá, com sua mulher e seus dois filhos, indo morar nos campos de Moab.
2 यी मानिसको नाम एलीमेलेक थियो। उनकी पत्नीको नाम नाओमी, र उनका दुई छोराका नाम महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। अनि तिनीहरू मोआबमा गए, र त्यहीँ बसोबास गर्न थाले।
2 Chamava-se Elimelec, e sua mulher Noêmi; seus dois filhos chamavam-se Maalon e Quelion; eram efrateus de Belém de Judá. Chegados à terra de Moab, estabeleceram-se ali.
3 केही समयपछि नाओमीका पति एलीमेलेकको मृत्यु भयो। तब तिनी र तिनका दुई छोरा मात्र बाँकी भए।
3 Elimelec, marido de Noêmi, morreu, deixando-a com seus dois filhos.
4 पछि नाओमीका छोराहरूले मोआबी स्त्रीहरूलाई विवाह गरे। एउटीको नाम ओर्पा र अर्कीको नाम रूथ थियो। तिनीहरू त्यहाँ लगभग दश वर्ष बसे।
4 Estes casaram com mulheres moabitas, chamadas uma Orfa e outra Rute. Viveram lá aproximadamente dez anos.
5 त्यसपछि दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमी दुई छोरा र पतिविना एकलै भइन्।
5 Maalon e Quelion morreram ficando Noêmi só, sem seus dois filhos e sem seu marido.
6 जब नाओमी मोआबमा छँदै याहवेहले यहूदामा आफ्ना मानिसहरूलाई भोजन जुटाएर सहायता गरिराख्नुभएको छ भनी तिनले सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार भए।
6 Então, levantou-se Noêmi e partiu da região de Moab com suas duas noras, porque ouviu dizer que o Senhor tinha visitado o seu povo e lhe tinha dado pão.
7 तिनी जहाँ बसिरहेकी थिइन्, त्यस ठाउँलाई छोडिन्, र आफ्ना बुहारीसहित यहूदाको देशमा फर्कन बाटो लागिन्।
7 Deixou, pois, aquele lugar onde habitara com suas duas noras e pôs-se a caminho de volta para a terra de Judá.
8 अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्।
8 Ide, voltai para a casa de vossa mãe, disse ela às suas noras. O Senhor use convosco de misericórdia, como vós usastes com os que morreram e comigo!
9 याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।”
9 Que ele vos conceda paz em vossos lares, cada uma em casa de seu marido! E beijou-as. Elas puseram-se a chorar:
10 अनि तिनलाई भने, “हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।”
10 Nós iremos contigo para o teu povo, disseram elas.
11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र?
11 Ide, minhas filhas, replicou Noêmi. Por que haveis de vir comigo? Porventura tenho eu ainda em meu seio filhos que possam tornar-se vossos maridos?
12 मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि
12 Voltai, minhas filhas, porque já estou demasiado velha para casar-me de novo. E ainda que eu tivesse alguma esperança, e que esta noite mesmo me fosse dado ter marido, e viesse a gerar filhos,
13 तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।”
13 esperá-los-íeis crescer, sem vos casardes de novo, até que se tornassem grandes? Não, minhas filhas, minha dor é muito maior do que a vossa, porque a mão do Senhor pesou sobre mim.
14 यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्।
14 Então elas desataram de novo a chorar. Orfa beijou a sua sogra, porém Rute não quis separar-se dela.
15 “हेर,” नाओमीले भनिन्, “तिम्री जेठानी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।”
15 Eis que tua cunhada voltou para o seu povo e para os seus deuses, disse-lhe Noêmi; vai com ela.
16 तर रूथले जवाफ दिइन्, “मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहीँ बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।
16 Não insistas comigo, respondeu Rute, para que eu te deixe e me vá longe de ti. Aonde fores, eu irei; aonde habitares, eu habitarei. O teu povo é meu povo, e o teu Deus, meu Deus.
17 तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।”
17 Na terra em que morreres, quero também eu morrer e aí ser sepultada. O Senhor trate-me com todo o rigor, se outra coisa, a não ser a morte, me separar de ti!
18 रूथले आफूसित जाने सङ्कल्प गरेकी थाहा पाएपछि नाओमीले तिनलाई कर गर्न छोडिन्।
18 Ante tal resolução, Noêmi não insistiu mais.
19 यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्‍चियो, तब त्यहाँका स्त्रीहरूले आश्‍चर्य मानेर भन्‍न लागे, “के यिनी नाओमी होइन र?”
19 Seguiram juntas o seu caminho até Belém; ali chegando, comoveu-se toda a cidade; as mulheres diziam.: Eis aí Noêmi!
20 “मलाई नाओमी नभन,” तिनले उनीहरूलाई भनिन्। “बरु मलाई मारा भन, किनकि सर्वशक्तिमान्‌ले मेरो जीवन साह्रै तितो बनाइदिनुभएको छ।
20 Não me chameis mais Noêmi, replicou ela, mas chamai-me Mara; porque o Todo-poderoso me encheu de amargura.
21 म भरिपूर्ण भएर गएकी थिएँ, तर याहवेहले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? याहवेहले मलाई दण्ड दिनुभएको छ। सर्वशक्तिमान्‌ले ममाथि कष्‍ट ल्याउनुभएको छ।”
21 Parti com as mãos cheias, e o Senhor fez-me voltar com as mãos vazias. Por que me chamais Noêmi, se o Senhor se declarou contra mim e o Onipotente me inundou de aflição?
22 यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसित मोआब देशबाट फर्किन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी सुरु हुँदैथियो।
22 Foi assim que voltaram dos campos de Moab, Noêmi e sua nora Rute, a moabita. Chegaram a Belém quando se começava a segar a cevada.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Rute 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.