Romanos 8

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन।
1 Portanto, agora nenhuma condenação há para os que estão em Cristo Jesus.
2 किनकि जीवन दिनुहुने परमेश्‍वरको आत्माको व्यवस्थाले ख्रीष्‍ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।
2 Porque a lei do Espírito da vida, em Cristo Jesus, te livrou da lei do pecado e da morte.
3 किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्‍वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो,
3 Porquanto o que era impossível à lei, visto que se achava fraca pela carne, Deus enviando o seu próprio Filho em semelhança da carne do pecado, e por causa do pecado, na carne condenou o pecado.
4 ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।
4 para que a justa exigência da lei se cumprisse em nós, que não andamos segundo a carne, mas segundo o Espírito.
5 शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्‍वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।
5 Pois os que são segundo a carne inclinam-se para as coisas da carne; mas os que são segundo o Espírito para as coisas do Espírito.
6 किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
6 Porque a inclinação da carne é morte; mas a inclinação do Espírito é vida e paz.
7 शारीरिक स्वभावद्वारा शासन गरिएको मन परमेश्‍वरको विरुद्धमा हुन्छ; त्यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ।
7 Porquanto a inclinação da carne é inimizade contra Deus, pois não é sujeita à lei de Deus, nem em verdade o pode ser;
8 शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्दैनन्।
8 e os que estão na carne não podem agradar a Deus.
9 यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्‍टको आत्मा छैन भने तिनीहरू ख्रीष्‍टका हुनै सक्दैनन्।
9 Vós, porém, não estais na carne, mas no Espírito, se é que o Espírito de Deus habita em vós. Mas, se alguém não tem o Espírito de Cristo, esse tal não é dele.
10 तर यदि तिमीहरूसँग ख्रीष्‍ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ।
10 Ora, se Cristo está em vós, o corpo, na verdade, está morto por causa do pecado, mas o espírito vive por causa da justiça.
11 अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्‍टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ।
11 E, se o Espírito daquele que dos mortos ressuscitou a Jesus habita em vós, aquele que dos mortos ressuscitou a Cristo Jesus há de vivificar também os vossos corpos mortais, pelo seu Espírito que em vós habita.
12 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ।
12 Portanto, irmãos, somos devedores, não à carne para vivermos segundo a carne;
13 किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्‍ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ।
13 porque se viverdes segundo a carne, haveis de morrer; mas, se pelo Espírito mortificardes as obras do corpo, vivereis.
14 किनकि तिनीहरू, जो परमेश्‍वरका आत्माले डोर्‍याइएका छन्, तिनीहरू परमेश्‍वरका सन्तान हुन्।
14 Pois todos os que são guiados pelo Espírito de Deus, esses são filhos de Deus.
15 किनभने तिमीहरूलाई फेरि डरमा डोर्‍याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्‍वरलाई “अब्बा, पिता” भनी पुकार्दछौँ।
15 Porque não recebestes o espírito de escravidão, para outra vez estardes com temor, mas recebestes o espírito de adoção, pelo qual clamamos: Aba, Pai!
16 परमेश्‍वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
16 O Espírito mesmo testifica com o nosso espírito que somos filhos de Deus;
17 यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।
17 e, se filhos, também herdeiros, herdeiros de Deus e co-herdeiros de Cristo; se é certo que com ele padecemos, para que também com ele sejamos glorificados.
18 म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्‍टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।
18 Pois tenho para mim que as aflições deste tempo presente não se podem comparar com a glória que em nós há de ser revelada.
19 किनकि सृष्‍टिले बडो उत्सुकतासाथ परमेश्‍वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ।
19 Porque a criação aguarda com ardente expectativa a revelação dos filhos de Deus.
20 किनकि सृष्‍टिलाई श्राप पर्‍यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनमा राख्नुभयो, यस आशामा,
20 Porquanto a criação ficou sujeita à vaidade, não por sua vontade, mas por causa daquele que a sujeitou,
21 कि सृष्‍टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्‍वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्‍त गर्न सकोस्।
21 na esperança de que também a própria criação há de ser liberta do cativeiro da corrupção, para a liberdade da glória dos filhos de Deus.
22 हामी जान्दछौँ, सारा सृष्‍टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ।
22 Porque sabemos que toda a criação, conjuntamente, geme e está com dores de parto até agora;
23 त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ।
23 e não só ela, mas até nós, que temos as primícias do Espírito, também gememos em nós mesmos, aguardando a nossa adoração, a saber, a redenção do nosso corpo.
24 यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र?
24 Porque na esperança fomos salvos. Ora, a esperança que se vê não é esperança; pois o que alguém vê, como o espera?
25 तर यदि हामीले जे प्राप्‍त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।
25 Mas, se esperamos o que não vemos, com paciência o aguardamos.
26 यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ।
26 Do mesmo modo também o Espírito nos ajuda na fraqueza; porque não sabemos o que havemos de pedir como convém, mas o Espírito mesmo intercede por nós com gemidos inexprimíveis.
27 परमेश्‍वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्‍नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्‍वरका सन्तहरूका निम्ति परमेश्‍वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
27 E aquele que esquadrinha os corações sabe qual é a intenção do Espírito: que ele, segundo a vontade de Deus, intercede pelos santos.
28 हामी जान्दछौँ, परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
28 E sabemos que todas as coisas concorrem para o bem daqueles que amam a Deus, daqueles que são chamados segundo o seu propósito.
29 किनकि परमेश्‍वरले जसलाई पहिल्यैबाट जान्‍नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिऊन्।
29 Porque os que dantes conheceu, também os predestinou para serem conformes à imagem de seu Filho, a fim de que ele seja o primogênito entre muitos irmãos;
30 जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।
30 e aos que predestinou, a estes também chamou; e aos que chamou, a estes também justificou; e aos que justificou, a estes também glorificou.
31 अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्‍वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?
31 Que diremos, pois, a estas coisas? Se Deus é por nós, quem será contra nós?
32 जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्‍न र?
32 Aquele que nem mesmo a seu próprio Filho poupou, antes o entregou por todos nós, como não nos dará também com ele todas as coisas?
33 परमेश्‍वरले जसलाई चुन्‍नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्‍वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ।
33 Quem intentará acusação contra os escolhidos de Deus? É Deus quem os justifica;
34 त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्‍ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ।
34 Quem os condenará? Cristo Jesus é quem morreu, ou antes quem ressurgiu dentre os mortos, o qual está à direita de Deus, e também intercede por nós;
35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्‍टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले?
35 quem nos separará do amor de Cristo? a tribulação, ou a angústia, ou a perseguição, ou a fome, ou a nudez, ou o perigo, ou a espada?
36 यस्तो लेखिएको छ:
36 Como está escrito: Por amor de ti somos entregues à morte o dia todo; fomos considerados como ovelhas para o matadouro.
37 होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ।
37 Mas em todas estas coisas somos mais que vencedores, por aquele que nos amou.
38 किनकि म निश्‍चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्‍ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले,
38 Porque estou certo de que, nem a morte, nem a vida, nem anjos, nem principados, nem coisas presentes, nem futuras, nem potestades,
39 न कुनै उचाइले, न गहिराइले, न त सृष्‍टिमा कुनै चीजले ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
39 nem a altura, nem a profundidade, nem qualquer outra criatura nos poderá separar do amor de Deus, que está em Cristo Jesus nosso Senhor.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Romanos 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.