Romanos 1
npioncb (NPIONCB) vs NVI
1 म पावल, ख्रीष्ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ,
1 Paulo, servo de Cristo Jesus, chamado para ser apóstolo, separado para o evangelho de Deus,
2 जुन सुसमाचार परमेश्वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो।
2 o qual foi prometido por ele de antemão por meio dos seus profetas nas Escrituras Sagradas,
3 यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो।
3 acerca de seu Filho, que, como homem, era descendente de Davi,
4 उहाँ येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका पुत्र नियुक्त हुनुभयो।
4 e que mediante o Espírito de santidade foi declarado Filho de Deus com poder, pela sua ressurreição dentre os mortos: Jesus Cristo, nosso Senhor.
5 उहाँको नामको खातिर विश्वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ।
5 Por meio dele e por causa do seu nome, recebemos graça e apostolado para chamar dentre todas as nações um povo para a obediência que vem pela fé.
6 अनि तिमीहरू पनि येशू ख्रीष्टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ।
6 E vocês também estão entre os chamados para pertencerem a Jesus Cristo.
7 रोममा भएका सबैलाई, जो परमेश्वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्:
7 A todos os que em Roma são amados de Deus e chamados para serem santos: A vocês, graça e paz da parte de Deus nosso Pai e do Senhor Jesus Cristo.
8 सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ।
8 Antes de tudo, sou grato a meu Deus, mediante Jesus Cristo, por todos vocês, porque em todo o mundo está sendo anunciada a fé que vocês têm.
9 परमेश्वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु
9 Deus, a quem sirvo de todo o coração pregando o evangelho de seu Filho, é minha testemunha de como sempre me lembro de vocês
10 र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्त गर्न सकूँ।
10 em minhas orações; e peço que agora, finalmente, pela vontade de Deus, seja-me aberto o caminho para que eu possa visitá-los.
11 किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ
11 Anseio vê-los, a fim de compartilhar com vocês algum dom espiritual, para fortalecê-los,
12 अनि तिमीहरू र म एक-अर्काका विश्वासले प्रोत्साहित हुन सकौँ।
12 isto é, para que eu e vocês sejamos mutuamente encorajados pela fé.
13 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्ने चाहन्नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरैपल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु।
13 Quero que vocês saibam, irmãos, que muitas vezes planejei visitá-los, mas fui impedido de fazê-lo até agora. Meu propósito é colher algum fruto entre vocês, assim como tenho colhido entre os demais gentios.
14 सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु।
14 Sou devedor tanto a gregos como a bárbaros, tanto a sábios como a ignorantes.
15 त्यसैले रोममा बस्ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु।
15 Por isso estou disposto a pregar o evangelho também a vocês que estão em Roma.
16 किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्वरको शक्ति हो, जसले विश्वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई।
16 Não me envergonho do evangelho, porque é o poder de Deus para a salvação de todo aquele que crê: primeiro do judeu, depois do grego.
17 किनकि सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
17 Porque no evangelho é revelada a justiça de Deus, uma justiça que do princípio ao fim é pela fé, como está escrito: "O justo viverá pela fé".
18 स्वर्गबाट परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्टताद्वारा दबाइराखेका छन्।
18 Portanto, a ira de Deus é revelada do céu contra toda impiedade e injustiça dos homens que suprimem a verdade pela injustiça,
19 परमेश्वरको विषयमा जान्न सकिने कुरा उनीहरूको अगि प्रष्ट छ। किनभने परमेश्वरले नै यो कुरा उनीहरूलाई प्रष्ट पारिदिनुभएको छ।
19 pois o que de Deus se pode conhecer é manifesto entre eles, porque Deus lhes manifestou.
20 किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन।
20 Pois desde a criação do mundo os atributos invisíveis de Deus, seu eterno poder e sua natureza divina, têm sido vistos claramente, sendo compreendidos por meio das coisas criadas, de forma que tais homens são indesculpáveis;
21 तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए।
21 porque, tendo conhecido a Deus, não o glorificaram como Deus, nem lhe renderam graças, mas os seus pensamentos tornaram-se fúteis e os seus corações insensatos se obscureceram.
22 तिनीहरूले आफू बुद्धिमान् छौँ भन्ने दाबी गरे तापनि मूर्ख नै बने।
22 Dizendo-se sábios, tornaram-se loucos
23 अविनाशी परमेश्वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए।
23 e trocaram a glória do Deus imortal por imagens feitas segundo a semelhança do homem mortal, bem como de pássaros, quadrúpedes e répteis.
24 यसकारण परमेश्वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्।
24 Por isso Deus os entregou à impureza sexual, segundo os desejos pecaminosos dos seus corações, para a degradação dos seus corpos entre si.
25 तिनीहरूले परमेश्वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, सृष्टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
25 Trocaram a verdade de Deus pela mentira, e adoraram e serviram a coisas e seres criados, em lugar do Criador, que é bendito para sempre. Amém.
26 यसैकारण परमेश्वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे।
26 Por causa disso Deus os entregou a paixões vergonhosas. Até suas mulheres trocaram suas relações sexuais naturais por outras, contrárias à natureza.
27 त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।
27 Da mesma forma, os homens também abandonaram as relações naturais com as mulheres e se inflamaram de paixão uns pelos outros. Começaram a cometer atos indecentes, homens com homens, e receberam em si mesmos o castigo merecido pela sua perversão.
28 यसरी तिनीहरूले परमेश्वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्वरले पनि तिनीहरूलाई भ्रष्ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्।
28 Além do mais, visto que desprezaram o conhecimento de Deus, ele os entregou a uma disposição mental reprovável, para praticarem o que não deviam.
29 तिनीहरू हरेक प्रकारका दुष्टता, खराबी, लोभ, भ्रष्टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने,
29 Tornaram-se cheios de toda sorte de injustiça, maldade, ganância e depravação. Estão cheios de inveja, homicídio, rivalidades, engano e malícia. São bisbilhoteiros,
30 निन्दा गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्।
30 caluniadores, inimigos de Deus, insolentes, arrogantes e presunçosos; inventam maneiras de praticar o mal; desobedecem a seus pais;
31 तिनीहरू निर्बुद्धि, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्।
31 são insensatos, desleais, sem amor pela família, implacáveis.
32 यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्ने परमेश्वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्।
32 Embora conheçam o justo decreto de Deus, de que as pessoas que praticam tais coisas merecem a morte, não somente continuam a praticá-las, mas também aprovam aqueles que as praticam.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Romanos 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.