Números 7
npioncb (NPIONCB) vs NTLH
1 जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।
1 No dia em que Moisés acabou de armar a Tenda Sagrada , ele a ungiu e a dedicou ao serviço de Deus, junto com todos os objetos da Tenda e do altar.
2 त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।
2 Então os chefes dos grupos de famílias, que eram líderes das tribos do povo de Israel, os mesmos homens que estavam cuidando da contagem do povo,
3 तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।
3 trouxeram as suas ofertas a Deus, o Senhor , isto é, seis carroças cobertas e doze bois. Cada dois chefes ofereceram uma carroça, e cada um deles, um boi; e puseram tudo na frente da Tenda.
4 याहवेहले मोशालाई भन्नुभयो,
4 O Senhor disse a Moisés:
5 “ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”
5 — Receba as carroças e os bois a fim de serem usados para o serviço da Tenda; e dê essas ofertas aos levitas , a cada um de acordo com o serviço que faz.
6 यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
6 Então Moisés deu aos levitas as carroças e os bois.
7 गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए।
7 Aos descendentes de Gérson ele deu duas carroças e quatro bois, de acordo com o serviço que faziam.
8 अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।
8 Aos descendentes de Merari, também de acordo com o serviço deles, Moisés deu quatro carroças e oito bois. Esse serviço era dirigido por Itamar, filho do sacerdote Arão.
9 तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।
9 Porém Moisés não deu aos descendentes de Coate nem carroças nem bois, pois os objetos sagrados de que eles cuidavam tinham de ser carregados nos ombros.
10 जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।
10 Os chefes também trouxeram as ofertas para comemorar a dedicação do altar ao serviço de Deus. Quando eles já estavam prontos para apresentar as suas ofertas no altar,
11 किनकि याहवेहले मोशालाई भन्नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”
11 o Senhor Deus disse a Moisés: — Os chefes, cada um no seu próprio dia, deverão apresentar as suas ofertas para a dedicação do altar ao meu serviço. As ofertas que cada um trouxe eram iguais: uma bandeja de prata pesando um quilo e meio; uma bacia de prata pesando oitocentos gramas, segundo a tabela oficial (a bandeja e a bacia estavam cheias de farinha de trigo misturada com azeite, para a oferta de cereais); um prato de ouro pesando cento e quinze gramas, cheio de incenso; um touro novo, um carneiro e um carneirinho de um ano para serem completamente queimados; um bode como oferta para tirar pecados; e, como oferta de paz, dois bois, cinco carneiros, cinco bodes e cinco carneirinhos de um ano.
12 पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।
12 — ausente —
13 नहशोनको भेटी यही थियो:
13 — ausente —
14 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
14 — ausente —
15 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए;
15 — ausente —
16 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
16 — ausente —
17 र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
17 — ausente —
18 दोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए।
18 — ausente —
19 नथनिएलको भेटी यही थियो:
19 — ausente —
20 धूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा;
20 — ausente —
21 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए;
21 — ausente —
22 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए;
22 — ausente —
23 र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
23 — ausente —
24 तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए।
24 — ausente —
25 एलिआबको भेटी यही थियो:
25 — ausente —
26 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
26 — ausente —
27 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
27 — ausente —
28 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
28 — ausente —
29 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
29 — ausente —
30 चौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए।
30 — ausente —
31 एलिसूरको भेटी यही थियो:
31 — ausente —
32 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
32 — ausente —
33 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
33 — ausente —
34 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
34 — ausente —
35 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
35 — ausente —
36 पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए।
36 — ausente —
37 शलूमीएलको भेटी यही थियो:
37 — ausente —
38 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
38 — ausente —
39 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
39 — ausente —
40 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
40 — ausente —
41 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
41 — ausente —
42 छैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।
42 — ausente —
43 एल्यासापको भेटी यही थियो:
43 — ausente —
44 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
44 — ausente —
45 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
45 — ausente —
46 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
46 — ausente —
47 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
47 — ausente —
48 सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए।
48 — ausente —
49 एलिशामाको भेटी यही थियो:
49 — ausente —
50 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
50 — ausente —
51 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
51 — ausente —
52 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
52 — ausente —
53 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
53 — ausente —
54 आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।
54 — ausente —
55 तिनको भेटी यही थियो:
55 — ausente —
56 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
56 — ausente —
57 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
57 — ausente —
58 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
58 — ausente —
59 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
59 — ausente —
60 नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।
60 — ausente —
61 अबीदानको भेटी यही थियो:
61 — ausente —
62 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
62 — ausente —
63 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
63 — ausente —
64 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
64 — ausente —
65 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
65 — ausente —
66 दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए।
66 — ausente —
67 अहीएजेरको भेटी यही थियो:
67 — ausente —
68 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
68 — ausente —
69 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
69 — ausente —
70 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
70 — ausente —
71 अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
71 — ausente —
72 एघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।
72 — ausente —
73 पगीएलको भेटी यही थियो:
73 — ausente —
74 धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा;
74 — ausente —
75 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
75 — ausente —
76 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
76 — ausente —
77 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
77 — ausente —
78 बाह्रौँ दिनमा नप्तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।
78 — ausente —
79 अहीराको भेटी यही थियो:
79 — ausente —
80 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
80 — ausente —
81 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
81 — ausente —
82 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
82 — ausente —
83 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
83 — ausente —
84 वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो:
84 — ausente —
85 पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो।
85 — ausente —
86 धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।
86 doze pratos de ouro pesando um quilo trezentos e oitenta gramas (os pratos estavam cheios de incenso);
87 होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।
87 como ofertas a serem completamente queimadas, doze touros novos, doze carneiros e doze carneirinhos de um ano, junto com as ofertas de cereais que acompanham essas ofertas; como ofertas para tirar pecados, doze bodes;
88 मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए।
88 e, como ofertas de paz, vinte e quatro bois, sessenta carneiros, sessenta bodes e sessenta carneirinhos de um ano.
89 जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।
89 Quando Moisés entrou na Tenda Sagrada para falar com o Senhor , ouviu a voz de Deus falando com ele de cima da tampa da arca da aliança , do meio dos dois querubins (Era assim que Deus falava com Moisés.).
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.