Números 4

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:
1 O Senhor Deus disse a Moisés:
2 “लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
2 — Faça a contagem dos levitas descendentes de Coate, por grupos de famílias e por famílias.
3 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।”
3 E registre todos os homens de trinta a cinquenta anos de idade que tiverem capacidade para trabalhar na Tenda Sagrada .
4 भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ।
4 O serviço dos coatitas na Tenda é o de cuidar das coisas santíssimas.
5 जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्।
5 — Quando o acampamento for desarmado, Arão e os seus filhos entrarão na Tenda, tirarão a cortina que está em frente da arca da aliança e cobrirão a arca com ela.
6 त्यसपछि तिनीहरूले पर्दालाई नरम छालाले ढाकेर त्यसमाथि पूरै निलो लुगा फिँजाइदेऊन्, र त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
6 Eles porão em cima dela uma coberta feita de peles finas e sobre essa coberta estenderão um pano azul; e depois enfiarão os cabos nas argolas da arca.
7 उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ।
7 — Eles estenderão um pano azul em cima da mesa onde são colocados os pães oferecidos ao Senhor e colocarão sobre ela os pratos, as taças de incenso, as taças das ofertas e os jarros para as ofertas de vinho. Em cima da mesa sempre deverá haver pão.
8 टेबुलमा भएका कुराहरूमाथि तिनीहरूले एउटा रातो रङ्गको कपडा ओछ्याऊन्, र त्यसलाई नरम छालाले ढाकेर त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
8 Depois estenderão por cima de tudo isso um pano vermelho. E por cima desse pano colocarão a coberta feita de peles finas; em seguida enfiarão os cabos nas argolas da mesa.
9 तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्।
9 — Pegarão um pano azul e cobrirão o candelabro com as suas lamparinas, as tesouras de cortar pavios de lamparinas, os apagadores e as vasilhas necessárias para distribuir o azeite.
10 त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्।
10 Depois embrulharão tudo isso numa coberta feita de peles finas e colocarão sobre os cabos para carregar.
11 सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्।
11 Em cima do altar de ouro estenderão um pano azul e por cima colocarão uma coberta feita de peles finas. Em seguida enfiarão os cabos nas argolas do altar.
12 तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्दा प्रयोग गरिने सबै सामानहरू लिएर र निलो रङ्गको कपडाले बेह्रेर नरम छालाले छोपेर तिनीहरूलाई बोक्ने डण्डामा राखून्।
12 Depois pegarão todos os objetos usados no Lugar Santo , embrulharão num pano azul, cobrirão com uma coberta feita de peles finas e os colocarão sobre os cabos para carregá-los.
13 तिनीहरूले काँसोको वेदीबाट खरानी निकालून्, र त्यसमाथि एउटा बैजनी कपडा ओछ्याऊन्।
13 — Eles tirarão as cinzas do altar e estenderão por cima dele um pano vermelho.
14 त्यसपछि तिनीहरूले बैजनी कपडामाथि वेदीमा सेवा गर्दा प्रयोग गरिने सबै भाँडाहरूका साथमा तावाहरू, मासु तान्‍ने काँटाहरू, बेल्चाहरू र पानी छर्कने बाटाहरू राखिदेऊन्। त्यसमाथि तिनीहरूले नरम छालाले ढाकेर छोपून् र बोक्ने डण्डाहरू ठिक ठाउँमा राखून्।
14 Colocarão sobre ele todos os objetos usados no serviço do altar: os braseiros, os garfos, as pás e as bacias. E por cima estenderão uma coberta feita de peles finas. Em seguida colocarão os cabos nas argolas do altar.
15 हारून र त्यसका छोराहरूले पवित्र सरसामानहरू र सबै पवित्र चीजहरूलाई छोपिसकेपछि, जब छाउनी अगि सार्न तयार हुन्छ, तब ती बोक्नलाई कहातीहरू मात्र आऊन् र बोकून्। तर तिनीहरूले पवित्र कुराहरूलाई नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। कहातीहरूले मात्र भेट हुने पालमा भएका सबै कुराहरू बोकून्।
15 Quando o acampamento for desarmado, os descendentes de Coate virão para pegar os objetos sagrados somente depois que Arão e os seus filhos tiverem acabado de cobrir a Tenda e todos os seus objetos. O grupo de famílias de Coate não deverá tocar nos objetos sagrados; se fizerem isso, eles morrerão . — São essas as coisas da Tenda que o grupo de famílias de Coate deverá levar.
16 “पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।”
16 — Eleazar, filho do sacerdote Arão, será o responsável pela Tenda e pelo azeite das lamparinas, pelo incenso, pelas ofertas de cereais e pelo azeite de ungir . Será ele mesmo o responsável pela Tenda e por todos os seus objetos.
17 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
17 O Senhor Deus disse a Moisés e a Arão:
18 “कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ।
18 — Não deixem que as famílias de Coate morram
19 तिनीहरू महा-पवित्र कुराहरूको नजिक आउँदा नमरून्, तर जीवित रहून्; त्यसैले तिनीहरूका निम्ति यो कुरा गर्नुपर्छ: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र जाऊन्, र प्रत्येक मानिसलाई त्यसको काम र त्यसले के बोक्नुपर्छ, त्यो जिम्मेवारी सुम्पिदेऊन्।
19 por chegarem perto desses objetos sagrados. Para evitar que isso aconteça, Arão e os seus filhos entrarão na Tenda e dirão a cada homem o que fazer e o que carregar.
20 तर कहातीहरू पवित्र कुराहरू हेर्नका लागि एकैछिनको निम्ति भए तापनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।”
20 Porém os coatitas não deverão entrar, nem por um instante, para ver as coisas santas; se fizerem isso, eles morrerão.
21 याहवेहले मोशालाई भन्‍नुभयो,
21 O Senhor Deus disse ainda a Moisés:
22 “गेर्शोनीहरूको पनि तिनीहरूका परिवार र वंशअनुसार जनगणना गर्नू।
22 — Faça a contagem dos descendentes de Gérson, por grupos de famílias e por famílias.
23 भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।”
23 E registre todos os homens de trinta a cinquenta anos de idade que tiverem capacidade para trabalhar na Tenda Sagrada .
24 गेर्शोनी वंशकाहरूले बोक्नुपर्ने र अरू गर्नुपर्ने सेवा यही हो:
24 O serviço dos gersonitas é trabalhar na Tenda e carregar cargas.
25 “तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू,
25 Eles levarão a Tenda, as coberturas de dentro e de fora, a coberta de peles finas e a cortina da entrada.
26 समागम पाल र वेदीका चारैतिरका चोकका पर्दाहरू, चोकको ढोकाको पर्दा, डोरीहरू र पालको सेवामा प्रयोग गरिने सबै सरसामानहरू बोकून्। यी सबै कुराहरूबाट हुनुपर्ने सबै सेवाका कामहरू गेर्शोनीहरूले गरून्।
26 Levarão também as cortinas do pátio, a cortina da porta do pátio que está ao redor da Tenda e do altar, as suas cordas e todos os objetos que precisam para o seu trabalho.
27 तिनीहरूका सबै सेवाहरू, चाहे बोक्ने काम, अर्थात् गर्नुपर्ने अरू कामहरू हारून र त्यसका छोराहरूको निर्देशनमा गेर्शोनीहरूले गर्नुपर्छ। तैँले तिनीहरूले बोक्ने सबै कुराहरू तिनीहरूको जिम्मामा लगाइदिनू।
27 Todo o serviço dos gersonitas, o que eles deverão levar e fazer, estará debaixo das ordens de Arão e dos seus filhos. Estes darão ordens a respeito de tudo o que eles devem carregar.
28 भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्।
28 É esse o serviço que o grupo de famílias de Gérson fará na Tenda; o serviço será dirigido por Itamar, filho do sacerdote Arão.
29 “मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
29 O Senhor disse também a Moisés: — Faça a contagem dos descendentes de Merari, por famílias e por grupos de famílias,
30 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरूको गन्ती गर्नू।
30 e registre todos os homens de trinta a cinquenta anos de idade que tiverem capacidade para trabalhar na Tenda Sagrada .
31 भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्;
31 O que terão de levar, de acordo com o serviço deles na Tenda, é o seguinte: as tábuas, os cabos, as colunas e as bases da Tenda;
32 अनि चोकका चारैतिरका खम्बाहरू त्यसका आधारहरूका साथमा, पालका किलाहरू, डोरीहरू, सबै सामानहरू र त्यसमा प्रयोग गरिने सबै कुराहरू बोकून्। हरेक मानिसलाई उनीहरूले बोक्नुपर्ने कुराहरू तोकिदिनू।
32 as colunas do pátio que fica ao redor da Tenda, as suas bases, as estacas e as cordas, com todos os seus objetos e com tudo o que pertence ao seu serviço. Entregue a cada homem uma lista das coisas que ele deve levar.
33 मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।”
33 É essa a responsabilidade do grupo de famílias de Merari, de acordo com o serviço deles na Tenda. Esse serviço será dirigido por Itamar, filho do sacerdote Arão.
34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूलाई तिनीहरूका वंश र परिवारहरूको आधारमा गन्ती गरे।
34 — ausente —
35 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरू,
35 — ausente —
36 तिनीहरूका वंशअनुसार गनिएकाहरू 2,750 थिए।
36 — ausente —
37 भेट हुने पालमा सेवा गर्ने कहाती वंशहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूका गन्ती गरेका थिए।
37 — ausente —
38 गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
38 — ausente —
39 भेट हुने पालको कामका निम्ति सेवा गर्न आएकाहरू, जो तीस वर्षदेखि पचास वर्ष उमेर भएका सबै मानिसहरू,
39 — ausente —
40 तिनका वंश र परिवारअनुसार गनिएकाहरू 2,630 थिए।
40 — ausente —
41 भेट हुने पालको काममा सेवा गर्ने सबै गेर्शोनीहरूका परिवारको पूरा संख्या यही थियो। याहवेहको आज्ञाअनुसार मोशा र हारूनले तिनीहरूलाई गनेका थिए।
41 — ausente —
42 मरारीहरू तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
42 — ausente —
43 भेट हुने पालको काममा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्ष उमेरका सबै मानिसहरू,
43 — ausente —
44 तिनीहरूका वंशअनुसार गनिएकाहरू 3,200 थिए।
44 — ausente —
45 मरारी वंशकाहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूको गन्ती गरेका थिए।
45 — ausente —
46 यसरी मोशा, हारून र इस्राएलीहरूका अगुवाहरूले सबै लेवीहरूलाई वंश र परिवारअनुसार गन्ती गरेका थिए।
46 — ausente —
47 भेट हुने पाल बोक्ने र सेवाको काम गर्न आउने तीस वर्षदेखि माथि पचास वर्ष उमेरसम्मका सबै मानिसहरूका
47 — ausente —
48 संख्या 8,580 थियो।
48 — ausente —
49 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेकलाई तिनीहरूको काम र के बोक्नुपर्ने हो, त्यो जिम्मेवारी सुम्पिदिएका थिए।
49 Os nomes desses homens foram colocados numa lista, como o Senhor havia ordenado a Moisés. E Moisés disse a cada um qual seria a sua tarefa ou qual a carga que devia carregar. A contagem foi feita de acordo com as instruções que o Senhor tinha dado a Moisés.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.