Números 33
npioncb (NPIONCB) vs VC
1 मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्।
1 Eis as etapas que fizeram os israelitas desde a sua partida do Egito em tropas organizadas sob as ordens de Moisés e Aarão.
2 याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्न ठाउँअनुसारका विवरण यही हो:
2 Moisés, por ordem do Senhor, tomou nota de suas marchas por etapas. São as seguintes essas marchas em etapas:
3 इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे।
3 No décimo quinto dia do primeiro mês partiram de Ramsés. Isso foi no dia seguinte à Páscoa; partiram com a mão levantada, à vista de todos os egípcios
4 त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो।
4 que estavam enterrando aqueles que o Senhor tinha ferido dentre eles, todos os seus primogênitos. Também contra os seus deuses o Senhor tinha exercido o seu juízo.
5 रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्कोतमा छाउनी हाले।
5 Partidos de Ramsés, os israelitas se detiveram em Socot,
6 सुक्कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले।
6 de onde partiram, indo acampar em Etão, situado na extremidade do deserto.
7 तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।
7 Dali, voltaram a Fi-Hairot, defronte de Beelsefon, e acamparam diante de Magdalum.
8 तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।
8 Deixando Fi-Hairot, passaram pelo meio do mar para o deserto. Após três dias de marcha na solidão de Etão, detiveram-se em Mara.
9 तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले।
9 Partindo de Mara, ganharam Elim, onde havia doze fontes e setenta palmeiras; e acamparam ali.
10 तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले।
10 Saindo de Elim, foram acampar junto do mar Vermelho,
11 लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले।
11 de onde partiram e acamparam no deserto de Sin.
12 सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले।
12 Tendo partido do deserto de Sin, acamparam em Dafca,
13 दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले।
13 de onde foram para Alus.
14 आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।
14 Dali, partiram e acamparam em Rafidim, onde o povo não encontrou água para beber.
15 रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।
15 Partidos de Rafidim, acamparam no deserto do Sinai.
16 तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले।
16 Saindo do deserto do Sinai, foram acampar em Kibrot-Hataava,
17 तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले।
17 de onde foram acampar em Haserot.
18 तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले।
18 De lá, acamparam em Retma.
19 तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले।
19 De Retma foram a Remonfarés.
20 तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले।
20 De Remonfarés a Lebna.
21 तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले।
21 De Lebna a Ressa.
22 तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले।
22 De Ressa a Ceelata.
23 तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे।
23 Deixaram Ceelata e acamparam no monte Sefer.
24 तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले।
24 Dali foram acampar em Arada.
25 तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले।
25 De lá a Macelot.
26 तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले।
26 Dali a Taat.
27 तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले।
27 De Taat a Taré.
28 तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले।
28 De Taré a Metca.
29 तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले।
29 De Metca a Hesmona.
30 तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले।
30 De Hesmona foram acampar em Moserot.
31 तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले।
31 De Moserot a Benê-Jacã.
32 तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले।
32 Dali a Hor-Guidgad.
33 तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले।
33 Dali a Jotebata.
34 तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले।
34 Dali a Abrona.
35 तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले।
35 De lá a Asiongaber.
36 तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले।
36 foram acampar no deserto de Sin, isto é, em Cades.
37 तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले।
37 Deixando Cades, acamparam no monte Hor, na extremidade da terra de Edom.
38 याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।
38 O sacerdote Aarão subiu por ordem do Senhor ao monte Hor, e ali morreu, no quadragésimo ano do êxodo dos israelitas do Egito, no primeiro dia do quinto mês.
39 होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए।
39 Aarão tinha cento e vinte e três anos quando expirou no monte Hor.
40 कनान देशको दक्षिणमा बस्ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने।
40 Foi então que o rei cananeu de Arad, que habitava no Negeb, na terra de Canaã, soube da chegada dos israelitas.
41 तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले।
41 a Deixando o monte Hor, acamparam em Salmona.
42 तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले।
42 De Salmona foram acampar em Funon.
43 तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले।
43 De Funon foram a Obot.
44 तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले।
44 De Obot, detiveram-se em Ijé-Abarim, na fronteira de Moab.
45 तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले।
45 Dali foram acampar em Dibon-Gad.
46 तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले।
46 Dali a Almon-Diblataim.
47 तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले।
47 Dali aos montes Abarim, em frente ao Nebo.
48 तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले।
48 Partiram dos montes Abarim e foram acampar nas planícies de Moab, junto do Jordão, defronte de Jericó.
49 त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले।
49 Seu acampamento nas planícies de Moab, perto do Jordão, ia desde Betsimot até Abel-Setim.
50 यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्नुभयो,
50 O Senhor disse a Moisés, nas planícies de Moab, junto do Jordão, defronte de Jericó:
51 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ,
51 "Dize aos israelitas: quando tiverdes passado o Jordão e entrado na terra de Canaã,
52 तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।
52 expulsareis de diante de vós todos os habitantes da terra, destruireis todas as suas pedras esculpidas, todas as suas estátuas fundidas e devastareis todos os seus lugares altos.
53 त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु।
53 Tomareis posse da terra e habitá-la-eis, porque eu vo-la dou.
54 त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू।
54 Reparti-la-eis entre vossas famílias por sorte: aos que forem mais numerosos, uma porção maior, e uma menor, aos que forem menos. Cada um possuirá o que lhe couber por sorte. Fareis essa repartição segundo vossas tribos patriarcais.
55 “ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।
55 Se vós, porém, não expulsardes de diante de vós os habitantes da terra, os que ficarem serão para vós como espinhos nos olhos e aguilhões nos flancos, e vos perseguirão na terra onde habitardes.
56 अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ”
56 E tudo o que eu tinha pensado fazer a eles, o farei a vós."
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 33, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.