Números 31

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 याहवेहले मोशालाई भन्‍नुभयो,
1 O Senhor Deus disse a Moisés:
2 “इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”
2 — Mande que os israelitas se vinguem do mal que os midianitas lhes fizeram. Depois disso você vai morrer.
3 यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ।
3 Então Moisés disse ao povo: — Preparem homens para a batalha, ataquem os midianitas e se vinguem deles pelo que fizeram contra Deus, o
4 इस्राएलीहरूका प्रत्येक कुलबाट एक-एक हजार मानिसहरूलाई लडाइँ गर्न पठाओ।”
4 Cada tribo deve mandar mil soldados para esta guerra.
5 यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए।
5 Assim, dos milhares de israelitas foram mandados de cada tribo mil soldados armados, doze mil ao todo.
6 मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे।
6 Moisés mandou esses soldados para a batalha, debaixo do comando de Fineias, filho do sacerdote Eleazar, que levou também os objetos sagrados e as cornetas para dar os sinais.
7 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे।
7 Eles atacaram os midianitas, como o Senhor havia ordenado a Moisés, e mataram todos os homens.
8 तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे।
8 Entre os mortos estavam Evi, Requém, Zur, Hur e Reba, os cinco reis midianitas. Também mataram à espada Balaão, filho de Beor.
9 इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए।
9 Os israelitas levaram presas as mulheres e as crianças dos midianitas. Pegaram também as suas ovelhas e cabras, o seu gado e todos os seus bens.
10 तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहरहरू र छाउनीहरूलाई जलाइदिए।
10 Incendiaram todas as cidades onde os midianitas moravam e queimaram todos os acampamentos.
11 तिनीहरूले लुटेका र कब्जा गरेका सबै मालसामानहरू, मानिसहरू र पशुहरू सबै लगे।
11 Eles pegaram o que haviam tomado dos midianitas e também os prisioneiros e os animais
12 अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो।
12 e levaram tudo a Moisés, ao sacerdote Eleazar e ao povo de Israel, que estavam acampados nas planícies de Moabe, perto do rio Jordão, na altura de Jericó, que ficava no outro lado do rio.
13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए।
13 Moisés, o sacerdote Eleazar e todas as autoridades do povo saíram do acampamento e foram ao encontro do exército.
14 लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए।
14 Moisés ficou muito zangado com os oficiais que haviam voltado da batalha, isto é, os comandantes dos batalhões e das companhias.
15 मोशाले तिनीहरूलाई सोधे, “के तिमीहरूले सबै स्त्रीहरूलाई जीवितै रहन दियौ?”
15 Moisés perguntou: — Por que vocês deixaram vivas todas as mulheres?
16 यी तिनीहरू नै थिए, जसले पोर पर्वतको घटनामा बालामको सल्‍लाह सुनेर इस्राएलीहरूलाई याहवेहको विरुद्धमा तर्केर जान उक्साएका थिए। यसैकारण याहवेहका मानिसहरूलाई विपत्तिले प्रहार गरेको थियो।
16 Lembrem que foram as mulheres que, seguindo os conselhos de Balaão, fizeram com que os israelitas fossem infiéis a Deus, o Senhor , adorando o deus Baal-Peor. Foi por isso que houve uma epidemia no meio do povo de Deus.
17 अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार।
17 Agora matem todos os meninos e todas as mulheres que não forem virgens.
18 तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख।
18 Mas deixem viver todas as meninas e as moças que forem virgens; elas pertencem a vocês.
19 यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ।
19 Agora todos os que tiverem matado alguém ou que tiverem tocado em algum morto devem ficar fora do acampamento sete dias. No terceiro dia e no sétimo, vocês e as prisioneiras devem se purificar .
20 तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार।
20 Purifiquem também todas as roupas, todos os objetos feitos de couro, tudo o que é feito de pelos de cabra e tudo o que é feito de madeira.
21 त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ:
21 Então o sacerdote Eleazar disse aos homens que tinham voltado da batalha: — A
22 सुन, चाँदी, काँसो, फलाम, टिन, सिसा,
22 — ausente —
23 र आगोले नष्‍ट नहुने सबै कुरालाई आगोभित्र हालेर निकाल्नू र त्यो शुद्ध हुनेछ। तर त्यसलाई शुद्ध पार्ने पानीले पनि शुद्ध पारिनुपर्छ। अनि आगोले नष्‍ट हुने जुनसुकै थोकलाई चाहिँ पानीद्वारा शुद्ध पार्नू।
23 — ausente —
24 सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।”
24 No sétimo dia, para se purificarem, vocês deverão lavar as roupas que estiverem vestindo. Depois disso vocês poderão entrar no acampamento.
25 याहवेहले मोशालाई भन्‍नुभयो,
25 O Senhor Deus disse a Moisés:
26 “तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू।
26 — Você, com a ajuda do sacerdote Eleazar e das autoridades do povo, faça uma lista de tudo o que foi tomado na batalha, incluindo as pessoas e os animais.
27 लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू।
27 Divida em duas partes iguais o que foi tomado: uma parte para os soldados e a outra para o resto do povo.
28 लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू।
28 Da parte que pertence aos soldados que estiveram na batalha, separe um imposto para Deus, o Senhor : uma pessoa de cada quinhentas e a mesma coisa quanto aos bois, jumentos, ovelhas e cabras.
29 तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू।
29 Pegue esse imposto e entregue ao sacerdote Eleazar, como oferta ao Senhor .
30 इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।”
30 Da parte que pertence ao povo, pegue um de cada cinquenta, tanto de pessoas como de bois, de jumentos, de ovelhas, de cabras e de qualquer outro animal, e dê aos levitas , que cuidam da Tenda do Senhor .
31 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशा र पुजारी एलाजारले गरे।
31 Moisés e Eleazar fizeram o que o Senhor havia ordenado.
32 सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू,
32 — ausente —
33 72,000 गाईबस्तु,
33 — ausente —
34 61,000 गधाहरू,
34 — ausente —
35 र कुनै मानिससँग सहवास नगरेका 32,000 स्त्रीहरू।
35 — ausente —
36 लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो:
36 — ausente —
37 जसमा याहवेहका निम्ति सलामीचाहिँ 675 भेडाहरू थिए;
37 — ausente —
38 36,000 गाईबस्तुहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 72 वटा थिए;
38 — ausente —
39 30,500 गधाहरू थिए, जसमा याहवेहका निम्ति सलामीचाहिँ 61 वटा थिए;
39 — ausente —
40 16,000 मानिसहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 32 वटा थिए।
40 — ausente —
41 मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए।
41 Assim, Moisés deu a Eleazar o imposto como uma oferta especial a Deus, o Senhor , como o Senhor havia ordenado.
42 मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा,
42 — ausente —
43 अर्थात् समुदायको आधा भागचाहिँ 3,37,500 भेडा थिए;
43 — ausente —
44 36,000 गाईबस्तु,
44 — ausente —
45 30,500 गधा,
45 — ausente —
46 र 16,000 मानिस थिए।
46 — ausente —
47 इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए।
47 Como o Senhor havia ordenado, dessa metade que pertencia ao povo, Moisés pegou um de cada cinquenta, tanto de pessoas como de animais, e deu aos levitas, que cuidavam da Tenda Sagrada.
48 त्यसपछि सेनाहरूका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू मोशाकहाँ गए।
48 Os oficiais do exército, isto é, os comandantes dos batalhões e das companhias, foram falar com Moisés
49 अनि तिनीहरूले मोशालाई भने, “तपाईंका सेवकहरूले हाम्रो जिम्मामा रहेका सेनाहरूलाई गनेका छन्। अनि एक जना पनि हराएको छैन।
49 e disseram: — Contamos os soldados que estão debaixo do nosso comando, e não está faltando nenhum.
50 यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्‍चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।”
50 Assim trouxemos o que cada um pegou: objetos de ouro, correntinhas, pulseiras, anéis, brincos e colares. Nós os oferecemos a Deus, o Senhor , como pagamento pela nossa vida, para que ele nos proteja.
51 मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे।
51 Moisés e o sacerdote Eleazar receberam todas essas joias de ouro.
52 मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो।
52 O peso total do ouro que foi separado e oferecido a Deus, o Senhor , pelos oficiais foi de cento e noventa e um quilos.
53 हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए।
53 Os que não eram oficiais ficaram com as coisas que tiraram dos inimigos.
54 मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए।
54 Assim, Moisés e o sacerdote Eleazar receberam o ouro dos oficiais e o levaram para a Tenda Sagrada a fim de que o Senhor protegesse o povo de Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.