Números 22

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 त्यसपछि इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा पुगे। अनि यरीहोको पारिपट्टि यर्दनको किनारमा छाउनी हालेर बसे।
1 Partiram os filhos de Israel e acamparam nas planícies de Moab, além do Jordão, defronte de Jericó.
2 सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए।
2 Balac, filho de Sefor, tinha visto tudo o que Israel fizera aos amorreus.
3 अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्‍चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो।
3 Moab teve um grande medo desse povo, porque era muito numeroso, e ficou aterrorizado diante dos israelitas.
4 मोआबीहरूले मिद्यानका प्रधानहरूलाई भने, “यस समुदायले गोरुले चरनको घाँस स्वाहा पारेझैँ, हाम्रा चारैतिर भएका हरेक कुराहरूलाई स्वाहा पार्नेछ।”
4 E disseram aos anciãos de Madiã: "Essa multidão vai devorar todos os nossos arredores como os bois devoram a erva do campo." Balac, filho de Sefor, reinava então em Moab.
5 तिनले बओरका छोरा बालाम, जो आफ्नो जन्मस्थल यूफ्रेटिस नदीको छेउ पतोरमा बसेका थिए, उनलाई बोलाउन भनी राजदूतहरू पठाए। बालाकले भने:
5 Mandou, pois, mensageiros a Balaão, filho de Beor, em Petor, sobre o rio, na terra dos filhos de Amon, para que o chamassem e lhe dissessem: "Há aqui um povo que saiu do Egito, o qual cobre a face da terra, e estabeleceu-se diante de mim.
6 अब तपाईं आउनुहोस्, र यी मानिसहरूलाई श्राप दिनुहोस्; किनकि तिनीहरू मेरा निम्ति अति नै शक्तिशाली छन्। सायद त्यसपछि भने म तिनीहरूलाई जित्न सकुँला र देशबाट धपाउन सकुँला। किनकि म जान्दछु, तपाईंले जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूले आशिष् पाउँछन् र जसलाई श्राप दिनुहुन्छ, तिनीहरूले श्राप पाउँछन्।”
6 Rogo-te que venhas e amaldiçoes esse povo, pois é muito mais poderoso do que eu. Talvez assim eu possa batê-lo e expulsá-lo de minha terra. Eu sei que será bendito o que abençoares e maldito o que amaldiçoares."
7 मोआब र मिद्यानका प्रधानहरू जोखना हेर्नका निम्ति दिइएको रकम लिएर गए। जब तिनीहरू बालामकहाँ आइपुगे, तब तिनीहरूले तिनलाई बालाकले भनेका कुरा भने।
7 Os anciãos de Moab e de Madiã partiram levando consigo o preço da adivinhação. Chegando junto de Balaão, referiram-lhe as palavras de Balac.
8 बालामले तिनीहरूलाई भने, “आज राति यहीँ बस्‍नुहोस् र याहवेहले मलाई जे जवाफ दिनुहुन्छ, त्यो म तपाईंहरूलाई भन्‍नेछु।” यसकारण मोआबी अधिकारीहरू तिनीसित बास बसे।
8 Balaão respondeu: "Passai a noite aqui, e dar-vos-ei a resposta que o Senhor me indicar." Ficaram, pois, os chefes de Moab em casa de Balaão.
9 परमेश्‍वर बालामकहाँ आउनुभयो र सोध्नुभयो, “तँसँग भएका यी मानिसहरू को हुन्?”
9 Deus veio a Balaão e disse-lhe: "Quem é essa gente que tens em tua casa?"
10 बालामले परमेश्‍वरलाई भने, “मोआबको राजा सिप्पोरका छोरा बालाकले यो समाचार पठाएको छ:
10 Balaão respondeu a Deus: "É Balac, filho de Sefor, rei de Moab, que me manda dizer:
11 ‘इजिप्टबाट एउटा जाति आएर देश नै ढाकेको छ। अब आएर मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; तब सायद म तिनीहरूसँग युद्ध गरेर तिनीहरूलाई धपाउन सकुँला।’ ”
11 há aqui um povo que saiu do Egito, o qual cobre a superfície da terra. Vem, pois, e amaldiçoa-o. Talvez assim possa eu batê-lo e expulsá-lo da terra."
12 तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।”
12 Disse Deus a Balaão: "Não irás com eles, e não amaldiçoarás esse povo, porque é bendito."
13 भोलिपल्ट बिहानै बालाम उठेर बालाकका अधिकारीहरूलाई भने, “तपाईंहरू आफ्नै देशमा फर्किजानुहोस्। किनकि याहवेहले मलाई तपाईंहरूसँग जानलाई अस्वीकार गर्नुभएको छ।”
13 Levantando-se Balaão pela manhã, disse aos chefes enviados por Balac: "Voltai para a vossa terra, pois o Senhor me proibiu de ir convosco."
14 यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।”
14 Os chefes de Moab retomaram o caminho e voltaram para junto de Balac: "Balaão, disseram-lhe eles, recusou vir conosco."
15 त्यसपछि बालाकले पहिलेको भन्दा बढी र अझ सम्मानित अधिकारीहरू पठाए।
15 Balac mandou-lhe de novo outros chefes, mais numerosos e mais importantes que os primeiros.
16 तिनीहरू बालामकहाँ आएर भने:
16 Chegados junto a Balaão, disseram-lhe: "Eis a mensagem de Balac, filho de Sefor: rogo-te que não recuses vir ter comigo.
17 किनकि म तपाईंलाई ठूलो रकम दिनेछु; र तपाईंले जे भन्‍नुहुन्छ, त्यही गर्नेछु। आउनुहोस्, र मेरा निम्ति यी मानिसहरूलाई श्राप दिनुहोस्।”
17 Cumular-te-ei de honras e farei tudo o que me disseres. Vem amaldiçoar esse povo."
18 तर बालामले तिनीहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिए तापनि याहवेह मेरा परमेश्‍वरको आज्ञाभन्दा बाहिर ठूलो होस् वा सानो, म कुनै काम गर्न सक्दिनँ।
18 "Ainda que o vosso senhor me desse a sua casa cheia de prata e de ouro, respondeu Balaão aos servos de Balac, eu não poderia transgredir a ordem do Senhor meu Deus, nem pouco nem muito, no que quer que seja.
19 यसैले आज राति यहीँ बस्‍नुहोस्, ताकि मलाई याहवेहले अरू केही भन्‍नुहुन्छ कि सो पत्ता लगाउन सकूँ।”
19 Todavia, passai ainda esta noite aqui, para que eu saiba o que o Senhor me responderá ainda desta vez."
20 त्यस रात परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “यी मानिसहरू तँलाई बोलाउन आएको कारण तिनीहरूसँग जान तयार हो, तर तैँलेचाहिँ मैले भनेको मात्र गर्नू।”
20 Deus veio a Balaão durante a noite e disse-lhe: "Já que essa gente te veio chamar, levanta-te e vai com eles. Mas só farás o que eu te disser."
21 बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसे। अनि मोआबका अधिकारीहरूसँग गए।
21 Balaão levantou-se de manhã, selou sua jumenta, e partiu com os chefes de Moab.
22 तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए।
22 O Senhor irritou-se com sua partida, e o anjo do Senhor pôs-se-lhe no caminho como obstáculo. Balaão cavalgava em sua jumenta, acompanhado de seus dois servos.
23 जब त्यस गधाले याहवेहको दूतलाई तरवार हातमा लिएर बाटोमा उभिरहनुभएको देख्यो; तब त्यो बाटो छोडेर खेततिर लाग्यो। तर गधालाई बाटोमा ल्याउनलाई बालामले त्यसलाई पिटे।
23 A jumenta, vendo o anjo do Senhor postado no caminho, com uma espada desembainhada na mão, desviou-se e seguiu pelo campo; o adivinho a fustigava para fazê-la voltar ao caminho.
24 तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए।
24 Então o anjo do Senhor pôs-se num caminho estreito que passava por entre as vinhas, com um muro de cada lado.
25 जब गधाले याहवेहको स्वर्गदूतलाई देख्यो, तब त्यो बालामको खुट्टा चेप्टाउँदै पर्खालमा ढेस्सियो। यसकारण तिनले गधालाई फेरि पिट्न थाले।
25 Vendo-o, a jumenta coseu-se com o muro, ferindo contra ele o pé de Balaão, que a fustigou de novo.
26 तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए।
26 O anjo do Senhor deteve-se de novo mais adiante em uma passagem estreita, onde não havia espaço para se desviar nem para a direita nem para a esquerda.
27 जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्‍क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले।
27 A jumenta, ao vê-lo, deitou-se debaixo de Balaão, o qual, encolerizado, a fustigava mais fortemente com seu bastão.
28 तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीनपल्ट चुट्नुभयो?”
28 Então o Senhor abriu a boca da jumenta, que disse a Balaão: "Que te fiz eu? Por que me bateste já três vezes?"
29 बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।”
29 Porque zombaste de mim, respondeu ele. Ah, se eu tivesse uma espada na mão! Ter-te-ia já matado!"
30 तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?”
30 A jumenta replicou: "Acaso não sou eu a tua jumenta, a qual montaste até o dia de hoje? Tenho eu porventura o costume de proceder assim contigo?" "Não", respondeu ele.
31 तब याहवेहले बालामका आँखा खोलिदिनुभयो। अनि तिनले याहवेहको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहनुभएका देखे। यसकारण तिनी भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
31 Então o Senhor abriu os olhos de Balaão, e ele viu o anjo do Senhor que estava no caminho com a espada desembainhada na mão. Inclinou-se e prostrou-se com a face por terra.
32 याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीनपल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ।
32 "Por que, disse-lhe o anjo do Senhor, feriste três vezes a tua jumenta? Eu vim opor-me a ti, porque segues um caminho que te leva ao precipício.
33 यस गधाले मलाई देखेर यसरी तीनपल्ट बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्‍चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।”
33 Vendo-me, a tua jumenta desviou-se por três vezes diante de mim. Se ela não o tivesse feito, ter-te-ia já matado, e ela ficaria viva."
34 बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्‍टिमा बेठीक छ भने म फर्केर जानेछु।”
34 Balaão disse ao anjo do Senhor: "Pequei. Eu não sabia que estavas postado no caminho para deter-me. Se minha viagem te desagrada, voltarei."
35 याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्‍नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए।
35 "Segue esses homens, respondeu-lhe o anjo do Senhor, mas cuida de só proferir as palavras que eu te disser." E Balaão partiu com os chefes de Balac.
36 जब बालाकले बालाम आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के।
36 Quando Balac soube de sua chegada, subiu-lhe ao encontro até a cidade de Moab, na fronteira do Arnon, na extremidade daquela terra,
37 बालाकले बालामलाई भने, “के मैले तपाईंलाई जरुरी सन्देश पठाइनँ र? तर तपाईं मलाई भेट्नलाई किन आउनुभएन? के साँच्‍चै मैले तपाईंलाई इनाम दिन सक्दिनँ जस्तो लाग्यो?”
37 e disse-lhe: "Mandei mensageiros chamar-te. Por que não vieste logo? Não posso eu tratar-te com honras?"
38 बालामले जवाफ दिए, “हेर्नुहोस्, अहिले म तपाईंकहाँ आएको छु। तर मलाई जे मन लाग्यो, त्यो भन्‍न सक्दिनँ। मैले त याहवेहले मेरो मुखमा जे हालिदिनुहुन्छ, त्यही मात्र भन्‍नुपर्छ।”
38 "Eis-me aqui, respondeu Balaão; mas agora ser-me-á possível dizer algo de mim mesmo? Só direi o que Deus me puser na boca, nada mais."
39 तब बालाम बालाकसँग किर्यत-हुस्सोतको सहरमा गए।
39 E partiram os dois para Quiriat-Chutsot.
40 बालाकले गाईबस्तु र भेडाको बलि चढाए। अनि केही बालामलाई र तिनीसँग हुने अधिकारीहरूलाई दिए।
40 Balac imolou em sacrifício bois e ovelhas, dos quais mandou algumas porções a Balaão e aos chefes que o acompanhavam.
41 भोलिपल्ट बिहानै बालाकले बालामलाई बामोत-बालको शिखरमा लगे। अनि त्यहाँबाट तिनले इस्राएलीहरूको छाउनीको बाहिरी भाग देखे।
41 No dia seguinte pela manhã, Balac tomou consigo o adivinho e levou-o a Bamot-Baal, de onde se podiam ver as últimas linhas do acampamento de Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.