Números 17

npioncb (NPIONCB) vs AAI

1 याहवेहले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलीसँग कुरा गर्, र तिनीहरूका पुर्ख्यौली कुलका प्रत्येक अगुवाबाट एक-एक गरी तिनीहरूबाट बाह्र वटा लहुराहरू लिनू। प्रत्येक मानिसको नाम त्यसको लहुरोमा लेख्नू।

3 लेवीको लहुरोमा चाहिँ हारूनको नाम लेख्नू। किनकि प्रत्येक पुर्ख्यौली कुलको अगुवाको निम्ति एक-एक वटा लहुरो हुनुपर्छ।

4 लहुराहरूलाई भेट हुने पालमा साक्षी पाटीको सन्दुकको सामु राखिदिनू, जहाँ म तँसँग भेट गर्छु।

5 म जुन मानिसको लहुरोलाई रोज्नेछु, त्यसमा कोपिला लाग्नेछ। अनि तेरो विरुद्धमा इस्राएलीहरूले गर्ने सधैँको गनगनबाट म तँलाई मुक्त गर्नेछु।”

6 यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो।

7 मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए।

8 भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे।

9 त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए।

10 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो विद्रोहीहरूको चिन्हको रूपमा रहोस् भनी पालमा साक्षी पाटीको सन्दुकको सामु लगेर राखिदे। यसले मेरो विरुद्धमा तिनीहरूको गनगन समाप्‍त गरिदिनेछ। यसकारण तिनीहरू मर्नेछैनन्।”

11 याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार तिनले गरे।

12 इस्राएली मानिसहरूले मोशालाई भने, “हामी मर्नेछौँ! हामी नष्‍ट भयौँ; हामी नष्‍ट भयौँ!

13 याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्‍ट होऔँ त?”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.