Números 16
npioncb (NPIONCB) vs NTLH
1 एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए।
1 — ausente —
2 अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए।
2 — ausente —
3 तिनीहरू मोशा र हारूनको विरोध गर्नलाई एक दल भएर आए, र तिनीहरूलाई भने, “तपाईंहरूले अति नै गर्नुभएको छ! सारा समुदाय र यहाँका हरेक व्यक्ति पवित्र छन्। अनि याहवेह तिनीहरूसँग हुनुहुन्छ। त्यसो भए तपाईंहरूले आफूलाई याहवेहको समुदायभन्दा किन उच्च तुल्याउनुहुन्छ?”
3 Eles foram juntos falar com Moisés e Arão e disseram: — Agora chega! Todo o povo pertence a Deus, o
4 जब मोशाले यो कुरा सुने, तब तिनी भुइँमा घोप्टो परे।
4 Quando Moisés ouviu isso, ajoelhou-se, encostou o rosto no chão
5 त्यसपछि मोशाले कोरह र उसका सबै दललाई यसो भने: “भोलि बिहान याहवेहले, जो उहाँको हो, र जो पवित्र छ, उहाँले त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। उहाँले छान्नुभएको मानिसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ।
5 e disse o seguinte a Corá e a todos os seus seguidores: — Amanhã cedo o
6 हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू,
6 — ausente —
7 अनि भोलि याहवेहको सामु बलेको कोइला लिनू र त्यसमा धूप हाल्नू। याहवेहले छान्नुहुने मानिसचाहिँ पवित्र व्यक्ति हुनेछ। तिमी लेवीहरूले अति नै गरेका छौ!”
7 — ausente —
8 मोशाले कोरहलाई यो पनि भने, “हे लेवीहरू हो, अब सुन!
8 Moisés disse também a Corá: — Agora escutem, levitas!
9 इस्राएलका परमेश्वरले तिमीहरूलाई समागम पालमा याहवेहको काम गर्न र समुदायको सेवा गर्न सारा समुदायहरूको सामु खडा हुनको लागि इस्राएलका अरू समुदायबाट तिमीहरूलाई अलग गरी उहाँकै नजिक ल्याउनुभएको छ। के यो कुरा तिमीहरूलाई पर्याप्त भएन र?
9 O Deus de Israel os separou do resto do povo para poderem chegar perto dele, para fazerem o seu serviço na Tenda do Senhor e para realizarem as cerimônias em favor do povo. Será que isso não basta para vocês?
10 उहाँले तिमीहरू र तिमीहरूका सङ्गी लेवीहरूलाई आफ्नै नजिक ल्याउनुभएको छ। तर अहिले तिमीहरू पुजारी पद पनि पाउने कोसिस गर्दैछौ।
10 Deus deu a você e a todos os outros levitas esse privilégio, e agora vocês estão querendo também ser sacerdotes?
11 तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?”
11 Quando vocês reclamam contra Arão, na verdade é contra o Senhor que você e os seus seguidores estão se revoltando.
12 त्यसपछि मोशाले एलिआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर तिनीहरूले भने, “अहँ, हामी आउनेछैनौँ!
12 Então Moisés mandou chamar Datã e Abirão, filhos de Eliabe, mas eles responderam aos mensageiros: — Nós não vamos!
13 के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्न चाहनुहुन्छ?
13 Será que não basta você nos ter tirado de uma terra boa e rica a fim de nos fazer morrer neste deserto? E além disso ainda quer mandar em nós?
14 अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!”
14 Na verdade você não nos trouxe para uma terra boa e rica, nem nos deu campos e plantações de uvas para serem nossa propriedade; e ainda por cima está querendo nos enganar. Nós não vamos!
15 तब मोशा अत्यन्तै रिसाए, र तिनले याहवेहलाई भने, “तिनीहरूको भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरूबाट एउटा गधासम्म पनि लिएको छैन, न त मैले तिनीहरूलाई कुनै हानि गरेको छु।”
15 Então Moisés ficou muito zangado e disse a Deus, o Senhor : — Não aceites as ofertas desses homens. Eu nunca prejudiquei a nenhum deles, nem tirei deles nem mesmo um jumento!
16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा पछि लाग्ने सबै जना भोलि याहवेहको सामु हाजिर हुनू। तिमी, तिम्रा मानिसहरू र हारून पनि आउनेछन्।
16 Aí Moisés disse a Corá: — Amanhã você e os seus duzentos e cinquenta seguidores venham até a Tenda Sagrada. Arão também estará ali.
17 हरेक मानिसले अर्थात् 250 जना सबैले आ-आफ्नो धुपौरो लिनू र त्यसमा धूप बालेर याहवेहको सामु ल्याउनू। तिमीले र हारूनले पनि आफ्ना धुपौराहरू ल्याउनू।”
17 Cada um de vocês pegará o seu queimador de incenso, colocará incenso nele e o levará até o altar.
18 यसकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा बलिरहेको कोइला लिए, र त्यसमा धूप बाले। अनि मोशा र हारूनसँग भेट हुने पालको प्रवेशद्वारमा खडा भए।
18 Assim, cada homem pegou o seu queimador de incenso, pôs brasas e incenso nele, e todos ficaram na entrada da Tenda Sagrada com Moisés e Arão.
19 जब कोरहले तिनीहरूको विरुद्धमा आफ्नो पछि लाग्नेहरूलाई भेट हुने पालको प्रवेशद्वारमा भेला गराए, तब याहवेहको महिमा सारा समुदायको सामु देखा पर्यो।
19 Então Corá reuniu todo o povo, e eles ficaram diante de Moisés e Arão na entrada da Tenda. De repente, a glória do Senhor apareceu a todo o povo,
20 याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
20 e o Senhor disse a Moisés e a Arão:
21 “यस समुदायबाट आ-आफूलाई अलग गर, ताकि म तिनीहरूलाई एकैचोटिमा समाप्त पार्न सकूँ।”
21 — Saiam do meio dessa gente, pois eu vou acabar com eles agora mesmo.
22 तर मोशा र हारून भुइँमा घोप्टो परेर पुकार गरे, “हे परमेश्वर, सारा जीवित प्राणीहरूलाई प्राण दिनुहुने परमेश्वर, के एउटा मानिसको पापले गर्दा तपाईं सारा समुदायमसँग रिसाउनुहुन्छ?”
22 Mas Moisés e Arão se ajoelharam, encostaram o rosto no chão e disseram: — Ó Deus, tu dás vida a todos. Será que por causa do pecado de uma só pessoa vais ficar
23 त्यसपछि याहवेहले मोशालाई भन्नुभयो,
23 Então o Senhor respondeu a Moisés:
24 “सारा समुदायलाई भन्, ‘कोरह, दातान र अबीरामका पालहरूदेखि टाढा हटिजाऊन्।’ ”
24 — Diga ao povo que saia de perto das barracas de Corá, Datã e Abirão.
25 मोशा उठेर दातान र अबीराम कहाँ गए। अनि इस्राएलका प्रधानहरू पनि तिनको पछि लागे।
25 Aí Moisés saiu e, junto com os líderes do povo, foi para onde estavam Datã e Abirão.
26 तिनले समुदायलाई चेतावनी दिए, “यी दुष्ट मानिसहरूका पालहरूबाट टाढा गइहाल! तिनीहरूका कुनै पनि कुरा नछुनू; नत्रता तिनीहरूका पापको कारण तिमीहरू पनि सखाप पारिनेछौ।”
26 E Moisés disse ao povo: — Afastem-se das barracas desses homens maus e não toquem em nada que seja deles; se não, vocês também serão destruídos por causa dos pecados deles.
27 यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालहरूबाट टाढा हटिगए। कोरह, दातान र अबीरामचाहिँ बाहिर आएर आफ्ना पालका प्रवेशद्वारमा आफ्ना पत्नीहरू र छोराछोरीहरू र नातिनातिनाहरूसँग उभिरहेका थिए।
27 Aí o povo se afastou das barracas de Corá, Datã e Abirão. Datã e Abirão saíram e ficaram na entrada da sua barraca, com as suas mulheres e filhos.
28 तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्नेछौ:
28 Então Moisés disse ao povo: — Eu vou dizer como vocês vão ficar sabendo que não fui eu quem resolveu fazer tudo isso. Fiz todas essas coisas porque o
29 यदि यी मानिसहरूको मृत्यु स्वभाविक तरिकाले भयो, र अरू मानिसहरूले भोगेजस्तै सामान्य अनुभव गरे भने मलाई याहवेहले पठाउनुभएको होइन।
29 Se estes homens tiverem morte natural como todos os outros, sem nenhum castigo de Deus, então o Senhor não me enviou.
30 तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्नेछौ।”
30 Mas, se ele fizer acontecer alguma coisa fora do comum, e se a terra se abrir e engolir essa gente com tudo o que eles têm, e eles descerem vivos para o mundo dos mortos , vocês ficarão sabendo que estes homens rejeitaram o Senhor .
31 मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो।
31 E aconteceu que, assim que Moisés acabou de falar, a terra se abriu debaixo deles
32 अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो।
32 e os engoliu com as suas famílias, junto com todos os seguidores de Corá e tudo o que eles tinham.
33 तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्ट भए; अनि आफ्ना समुदायबाट लोप भए।
33 Assim, desceram vivos para o mundo dos mortos, eles e tudo o que possuíam. A terra os cobriu, e eles desapareceram.
34 तिनीहरूको चीत्कार सुनेर त्यहाँ तिनीहरूका वरिपरि भएका सबै इस्राएलीहरू “हामीलाई पनि पृथ्वीले निलिहाल्ला कि!” भन्दै बेस्सरी चिच्याउँदै भागे।
34 Ao ouvirem os gritos deles, todos os israelitas que estavam ali saíram correndo e gritando: — A terra vai engolir a gente também!
35 अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्यो।
35 Então o Senhor enviou fogo e matou os duzentos e cinquenta homens que haviam oferecido incenso.
36 याहवेहले मोशालाई भन्नुभयो,
36 Aí o Senhor Deus disse a Moisés:
37 “पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्।
37 — Diga a Eleazar, filho do sacerdote Arão, que pegue os queimadores de incenso do meio dos restos do incêndio e espalhe para longe as brasas que ainda estiverem neles, pois os queimadores de incenso são sagrados.
38 आफ्ना प्राणको साटोमा पाप गर्ने ती मानिसहरूका धुपौराहरू हुन्। ती धुपौराहरूलाई घनले पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाउनू। किनकि तिनीहरू याहवेहको सामु ल्याइएका हुनाले ती पवित्र भएका छन्। ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह होऊन्।”
38 Eles ficaram sagrados quando foram oferecidos no altar do Senhor . Portanto, pegue os queimadores de incenso desses homens que foram mortos por causa dos seus pecados e deles faça folhas finas de metal. E com essas folhas prepare uma cobertura para o altar. Isso será um aviso para o povo de Israel.
39 यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए।
39 Então o sacerdote Eleazar pegou os queimadores de incenso de metal que os homens que tinham sido mortos haviam trazido e mandou que deles fossem feitas folhas de metal para cobrir o altar.
40 याहवेहले मोशाद्वारा एलाजारलाई आज्ञा गर्नुभएअनुसार गरे। योचाहिँ इस्राएलीहरूलाई याद गराउनका निम्ति थियो। हारूनका सन्तानहरूबाहेक अरू कोही पनि याहवेहको सामु धूप बाल्न नआओस्; नत्रता त्यो कोरह र त्यसलाई पछ्याउनेहरूजस्तै हुनेछ।
40 Conforme o Senhor tinha dito a Moisés, isso ficou sendo um aviso para os israelitas a fim de que nenhuma pessoa que não seja descendente de Arão venha a queimar incenso diante do Senhor e seja castigada, como aconteceu com Corá e com os seus seguidores.
41 भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्यौ।”
41 Mas no dia seguinte todos os israelitas começaram a reclamar contra Moisés e Arão, dizendo assim: — Vocês mataram o povo de Deus, o
42 तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्यो।
42 Depois que todos se reuniram para protestar contra Moisés e Arão, eles se viraram para a Tenda Sagrada e viram que a nuvem a estava cobrindo. Então a glória do Senhor apareceu.
43 तब मोशा र हारून भेट हुने पालको सामु गए।
43 Moisés e Arão foram até a frente da Tenda,
44 अनि याहवेहले मोशालाई भन्नुभयो,
44 e o Senhor disse a Moisés:
45 “तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे।
45 — Saiam do meio desse povo, pois vou destruí-lo agora mesmo! Aí Moisés e Arão se ajoelharam e encostaram o rosto no chão.
46 त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।”
46 E Moisés disse a Arão: — Pegue o seu queimador de incenso, ponha nele algumas brasas do altar e jogue incenso em cima delas. E vá depressa até o lugar onde o povo está e ofereça o
47 यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।
47 Então Arão pegou o queimador de incenso, conforme Moisés havia mandado, e correu para o meio do povo. Quando viu que a epidemia já havia começado, Arão jogou o incenso nas brasas e ofereceu o sacrifício para conseguir o perdão dos pecados do povo.
48 हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो।
48 Com isso a epidemia parou, e Arão ficou de pé entre os vivos e os mortos.
49 तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए।
49 Naquela epidemia morreram catorze mil e setecentas pessoas, fora as que morreram na revolta de Corá.
50 त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो।
50 Quando acabou a epidemia, Arão voltou para a entrada da Tenda, onde Moisés estava.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.