Números 15
npioncb (NPIONCB) vs VC
1 याहवेहले मोशालाई भन्नुभयो,
1 O Senhor disse a Moisés: "Dize aos israelitas o seguinte:
2 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिएको देशमा बसोबास गर्न पुग्छौ,
2 quando entrardes na terra de vossa habitação, que eu vos hei de dar,
3 तब याहवेहलाई मनपर्दो मिठो बास्नाका निम्ति भनेर आफ्नो गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट एउटा पशु लिएर त्यसलाई याहवेहका निम्ति तिमीहरूले अग्निबलि चढाउनू—चाहे त्यो होमबलि, विशेष भाकलको बलि, स्वेच्छिक भेटीहरू अथवा चाडमा चढाइने बलिदानहरू हुन्।
3 e oferecerdes ao Senhor algum sacrifício pelo fogo, seja holocausto, seja um simples sacrifício, quer em cumprimento de um voto, quer como oferta espontânea, ou por ocasião de uma festa, para apresentar uma oferta de agradável odor ao Senhor, com vossos bois ou vossas ovelhas,
4 तब जसले आफ्नो भेटी ल्याउँछ, त्यसले एक चौथाइ हिन जैतुनको तेल मिसाएको एक एपाको दशौँ भाग मसिनो पिठो मिसाएको अन्नबलि याहवेहलाई चढाओस्।
4 aquele que fizer essa oferta apresentará ao Senhor em oblação um décimo de flor de farinha amassada com um quarto de hin de óleo.
5 होमबलि अथवा बलिदान चढाउनका निम्ति हरेक थुमासँग अर्घबलिको रूपमा एक चौथाइ हिन दाखमद्य तयार पारोस्।
5 E, para a libação, acrescentará um quarto de hin de vinho ao holocausto ou ao sacrifício de cada cordeiro.
6 “ ‘एउटा भेडासँग एक हिनको तीस भाग जैतुनको तेलमा एक एपाको बीसौँ भाग मसिनो पिठो मिसाएको अन्नबलि,
6 Para um carneiro oferecerás dois décimos de flor de farinha amassada com um terço de hin de óleo,
7 अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्नाको रूपमा भेटीको रूपमा चढाउनू।
7 ajuntando uma libação de um terço de hin de vinho, como oferta de agradável odor ao Senhor.
8 “ ‘जब तैँले विशेष भाकलको निम्ति अथवा याहवेहका निम्ति मेलबलिको रूपमा एउटा बहर तयार पार्नेछस्,
8 Quando ofereceres um touro em holocausto ou em sacrifício, para o cumprimento de um voto ou em sacrifício pacífico ao Senhor,
9 तब त्यस बहरसँग आधा हिन जैतुनको तेल मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठोको अन्नबलि ल्याउनू।
9 darás com o touro uma oblação de três décimos de flor de farinha amassada com meio hin de óleo,
10 अनि आधा हिन दाखमद्य पनि अर्घबलिको रूपमा ल्याउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्नाको रूपमा आगोद्वारा चढाइएको भेटी हुनेछ।
10 ajuntando uma libação de meio hin de vinho; isto é um sacrifício feito pelo fogo, de agradável odor ao Senhor.
11 प्रत्येक बहर अथवा भेडा, थुमा अथवा कलिलो पाठोलाई यसरी नै तयार पार्नू।
11 O mesmo se fará para cada boi, cada carneiro, cordeiro ou cabrito.
12 जतिका निम्ति पशुबलि तयार गर्छौ, हरेक बलिका निम्ति यसरी नै तयार गर्नू।
12 Assim fareis para cada um desses sacrifícios, seja qual for o número das vítimas que oferecerdes.
13 “ ‘स्वदेशमा जन्मने हरेकले याहवेहका निम्ति मनपर्दो मिठो बास्नाको रूपमा आगोद्वारा चढाइने बलि चढाउँदा यसरी नै गरोस्।
13 Todos os nativos procederão do mesmo modo, quando oferecerem um sacrifício pelo fogo de agradável odor ao Senhor.
14 किनकि आउने पुस्ताहरूमा पनि तिमीहरूसँग बसोबास गर्ने परदेशी होस्, अथवा जोसुकैले पनि याहवेहलाई मनपर्दो मिठो बास्नाको रूपमा आगोद्वारा भेटी चढाउँदा तिनीहरूले पनि ठिक तिमीहरूले गरेजस्तै गरून्।
14 Se um estrangeiro que habita no meio de vós, ou qualquer outro homem que venha mais tarde a se estabelecer entre vós, oferecer um sacrifício pelo fogo de agradável odor ao Senhor, fará o mesmo que vós.
15 समुदायमा तिमीहरूका निम्ति र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूका निम्ति एउटै नियम लागू हुनेछ। योचाहिँ आउनेवाला पुस्ताका लागि सधैँभरिको विधि हो। याहवेहको सामु तिमीहरू र परदेशीहरू एउटै हौ।
15 Só haverá uma lei, a mesma para vós, para a assembléia e para o estrangeiro que habita no meio de vós. Esta é uma lei perpétua para vossos descendentes: diante do Senhor será a mesma coisa tanto para vós como para o estrangeiro.
16 तिमीहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरू दुवैका निम्ति एउटै नियम र विधिहरू लागू हुनेछन्।’ ”
16 Haverá uma só lei e uma só regra para vós e para o estrangeiro que habita no meio de vós."
17 याहवेहले मोशालाई भन्नुभयो,
17 O Senhor disse a Moisés:
18 “इस्राएली मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले लैजाँदैगरेको देशमा प्रवेश गर्नेछौ,
18 "Dize aos israelitas o seguinte:
19 तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू।
19 quando chegardes à terra para onde vos levo, e comerdes o pão daquela terra, reservareis uma oferta para o Senhor.
20 तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू।
20 Essa oferta será um bolo feito das primícias de vossa farinha: separá-la-eis como se separa a oferta da eira.
21 आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू।
21 Como primícias de vossa farinha, vós e vossos descendentes separareis uma oferta para o Senhor".
22 “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने
22 "Se pecardes involuntariamente, deixando de observar um desses mandamentos que o Senhor deu a Moisés,
23 अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने—
23 tudo o que por ele vos ordenou desde o dia em que o Senhor vos deu os seus mandamentos, e daí por diante em vossas gerações futuras,
24 र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।
24 se alguém pecar involuntariamente, e a assembléia não o tiver notado, toda a assembléia oferecerá em holocausto de agradável odor ao Senhor um novilho, com sua oblação e sua libação, segundo o rito prescrito, bem como um bode em sacrifício pelo pecado.
25 पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्।
25 O sacerdote fará a expiação por toda a assembléia dos israelitas, e lhes será perdoado, porque é um pecado involuntário, e apresentaram sua oferta ao Senhor, um sacrifício feito pelo fogo e seu sacrifício pelo pecado para reparar o seu erro.
26 सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए।
26 Será perdoado a toda a assembléia dos filhos de Israel, e ao estrangeiro que mora no meio deles, porque é uma culpa que todo o povo cometeu involuntariamente.
27 “ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्।
27 Se for uma só pessoa que pecou involuntariamente, oferecerá uma cabra de um ano em sacrifício pelo pecado.
28 पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्; र त्यसका निम्ति प्रायश्चित भएपछि त्यसलाई क्षमा हुनेछ।
28 O sacerdote fará a expiação diante do Senhor por essa pessoa que pecou involuntariamente; feita a expiação, será perdoada.
29 अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ।
29 Tereis uma só lei para aquele que pecar involuntariamente, quer sejam israelitas, quer sejam estrangeiros que habitem no meio deles.
30 “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्यो र याहवेहको नामको निन्दा गर्यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ।
30 Aquele, porém, que pecar conscientemente, ultraja o Senhor; ele será cortado do meio de seu povo,
31 किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ”
31 porque desprezou a palavra do Senhor e violou o seu preceito; será cortado e levará o peso de sua iniqüidade."
32 इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो।
32 Ora, aconteceu que, estando os israelitas no deserto, encontraram um homem ajuntando lenha num dia de sábado.
33 अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए।
33 Os que o acharam apanhando lenha, levaram-no a Moisés e a Aarão, diante de toda a assembléia.
34 अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे।
34 Eles meteram-no em guarda, pois não estava ainda determinado o que se lhe devia fazer.
35 तब याहवेहले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।”
35 O Senhor disse a Moisés: "Que esse homem seja punido de morte, e a assembléia o apedreje fora do acampamento."
36 यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे।
36 Levaram-no para fora do acampamento e toda a assembléia o apedrejou, e ele morreu, como o Senhor tinha ordenado a Moisés.
37 याहवेहले मोशालाई भन्नुभयो,
37 O Senhor disse a Moisés:
38 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू।
38 "Dize aos israelitas que façam para eles e seus descendentes borlas nas extremidades de suas vestes, pondo na borla de cada canto um cordão de púrpura violeta.
39 यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ।
39 Fareis essas borlas para que, vendo-as, vos recordeis de todos os mandamentos do Senhor, e os pratiqueis, e não vos deixeis levar pelos apetites de vosso coração e de vossos olhos que vos arrastam à infidelidade.
40 तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्वरका निम्ति पवित्र हुनेछौ।
40 Desse modo, vós vos lembrareis de todos os meus mandamentos, e os praticareis, e sereis consagrados ao vosso Deus.
41 म याहवेह तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ”
41 Eu sou o Senhor vosso Deus, que vos tirei do Egito para ser o vosso Deus. Eu sou o Senhor vosso Deus."
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.