Números 14
npioncb (NPIONCB) vs ARA
1 त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए।
1 Levantou-se, pois, toda a congregação e gritou em voz alta; e o povo chorou aquela noite.
2 सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!”
2 Todos os filhos de Israel murmuraram contra Moisés e contra Arão; e toda a congregação lhes disse: Tomara tivéssemos morrido na terra do Egito ou mesmo neste deserto!
3 याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र?
3 E por que nos traz o Senhor a esta terra, para cairmos à espada e para que nossas mulheres e nossas crianças sejam por presa? Não nos seria melhor voltarmos para o Egito?
4 अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।”
4 E diziam uns aos outros: Levantemos um capitão e voltemos para o Egito.
5 तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे।
5 Então, Moisés e Arão caíram sobre o seu rosto perante a congregação dos filhos de Israel.
6 ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते।
6 E Josué, filho de Num, e Calebe, filho de Jefoné, dentre os que espiaram a terra, rasgaram as suas vestes
7 अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ।
7 e falaram a toda a congregação dos filhos de Israel, dizendo: A terra pelo meio da qual passamos a espiar é terra muitíssimo boa.
8 यदि याहवेह हामीसँग प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ।
8 Se o Senhor se agradar de nós, então, nos fará entrar nessa terra e no-la dará, terra que mana leite e mel.
9 तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।”
9 Tão somente não sejais rebeldes contra o Senhor e não temais o povo dessa terra, porquanto, como pão, os podemos devorar; retirou-se deles o seu amparo; o Senhor é conosco; não os temais.
10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्यो।
10 Apesar disso, toda a congregação disse que os apedrejassem; porém a glória do Senhor apareceu na tenda da congregação a todos os filhos de Israel.
11 याहवेहले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्? मैले तिनीहरूको बीचमा गरेका सबै अलौकिक चिन्हहरू देखेर पनि तिनीहरूले ममाथि कहिलेसम्म विश्वास गर्न इन्कार गर्छन्?
11 Disse o Senhor a Moisés: Até quando me provocará este povo e até quando não crerá em mim, a despeito de todos os sinais que fiz no meio dele?
12 म तिनीहरूलाई महामारीले प्रहार गर्नेछु र नाश पार्नेछु। तर तँलाईचाहिँ तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउनेछु।”
12 Com pestilência o ferirei e o deserdarei; e farei de ti povo maior e mais forte do que este.
13 मोशाले याहवेहलाई भने, “इजिप्टियनहरूले यो कुरा सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्तिद्वारा यिनीहरूलाई तपाईंले नै ल्याउनुभएको हो।
13 Respondeu Moisés ao Senhor : Os egípcios não somente ouviram que, com a tua força, fizeste subir este povo do meio deles,
14 अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्।
14 mas também o disseram aos moradores desta terra; ouviram que tu, ó Senhor , estás no meio deste povo, que face a face, ó Senhor , lhes apareces, tua nuvem está sobre eles, e vais adiante deles numa coluna de nuvem, de dia, e, numa coluna de fogo, de noite.
15 यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्ने जातिहरूले भन्नेछन्,
15 Se matares este povo como a um só homem, as gentes, pois, que, antes, ouviram a tua fama, dirão:
16 ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’
16 Não podendo o Senhor fazer entrar este povo na terra que lhe prometeu com juramento, os matou no deserto.
17 “अब तपाईंले घोषणा गर्नुभएझैँ प्रभुको शक्ति प्रदर्शन गर्नुहोस्:
17 Agora, pois, rogo-te que a força do meu Senhor se engrandeça, como tens falado, dizendo:
18 याहवेह रिस गर्नमा ढिलो, प्रेममा भरपूर, पाप र विद्रोह क्षमा गर्नुहुने हुनुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न। उहाँले आमाबुबाका पापका दण्ड तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ।
18 O Senhor é longânimo e grande em misericórdia, que perdoa a iniquidade e a transgressão, ainda que não inocenta o culpado, e visita a iniquidade dos pais nos filhos até à terceira e quarta gerações.
19 तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!”
19 Perdoa, pois, a iniquidade deste povo, segundo a grandeza da tua misericórdia e como também tens perdoado a este povo desde a terra do Egito até aqui.
20 याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु।
20 Tornou-lhe o Senhor : Segundo a tua palavra, eu lhe perdoei.
21 तरै पनि म जीवित भएझैँ र याहवेहको महिमाले सम्पूर्ण पृथ्वी ढाकिएझैँ,
21 Porém, tão certo como eu vivo, e como toda a terra se encherá da glória do Senhor ,
22 मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दशपल्टसम्म जाँच गर्ने एकै जनाले पनि
22 nenhum dos homens que, tendo visto a minha glória e os prodígios que fiz no Egito e no deserto, todavia, me puseram à prova já dez vezes e não obedeceram à minha voz,
23 अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन।
23 nenhum deles verá a terra que, com juramento, prometi a seus pais, sim, nenhum daqueles que me desprezaram a verá.
24 तर मेरो सेवक कालेबमा अर्कै आत्मा छ, र उसले सम्पूर्ण हृदयले मलाई पछ्याएको छ। यसकारण उसले भेद लिएर आएको देशमा म उसलाई पुर्याउनेछु। अनि उसका सन्ततिहरूले त्यस देशमा अधिकार गर्नेछन्।
24 Porém o meu servo Calebe, visto que nele houve outro espírito, e perseverou em seguir-me, eu o farei entrar a terra que espiou, e a sua descendência a possuirá.
25 बेँसीहरूमा अमालेकीहरू र कनानीहरू बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क। अनि लाल समुद्रको बाटो भएर उजाडस्थानतिर लाग।”
25 Ora, os amalequitas e os cananeus habitam no vale; mudai, amanhã, de rumo e caminhai para o deserto, pelo caminho do mar Vermelho.
26 याहवेहले मोशा र हारूनलाई भन्नुभयो:
26 Depois, disse o Senhor a Moisés e a Arão:
27 “यस दुष्ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।”
27 Até quando sofrerei esta má congregação que murmura contra mim? Tenho ouvido as murmurações que os filhos de Israel proferem contra mim.
28 यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु।
28 Dize-lhes: Por minha vida, diz o Senhor , que, como falastes aos meus ouvidos, assim farei a vós outros.
29 तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ।
29 Neste deserto, cairá o vosso cadáver, como também todos os que de vós foram contados segundo o censo, de vinte anos para cima, os que dentre vós contra mim murmurastes;
30 यपून्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरूमध्ये एउटै पनि मैले शपथ खाएर तिमीहरूलाई दिन लागेको देशमा प्रवेश गर्न पाउनेछैनौ।
30 não entrareis na terra a respeito da qual jurei que vos faria habitar nela, salvo Calebe, filho de Jefoné, e Josué, filho de Num.
31 तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु।
31 Mas os vossos filhos, de que dizeis: Por presa serão, farei entrar nela; e eles conhecerão a terra que vós desprezastes.
32 तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्।
32 Porém, quanto a vós outros, o vosso cadáver cairá neste deserto.
33 तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्।
33 Vossos filhos serão pastores neste deserto quarenta anos e levarão sobre si as vossas infidelidades, até que o vosso cadáver se consuma neste deserto.
34 तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’
34 Segundo o número dos dias em que espiastes a terra, quarenta dias, cada dia representando um ano, levareis sobre vós as vossas iniquidades quarenta anos e tereis experiência do meu desagrado.
35 म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्ट समुदायलाई म निश्चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।”
35 Eu, o Senhor , falei; assim farei a toda esta má congregação, que se levantou contra mim; neste deserto, se consumirão e aí falecerão.
36 यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए।
36 Os homens que Moisés mandara a espiar a terra e que, voltando, fizeram murmurar toda a congregação contra ele, infamando a terra,
37 ती मानिसहरूले जासुसी गरेर आएको देशको बारेमा खराब समाचार फैलाएका हुनाले याहवेहकै सामु महामारीद्वारा तिनीहरूको मृत्यु भयो।
37 esses mesmos homens que infamaram a terra morreram de praga perante o Senhor .
38 कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेब मात्र जीवित रहे।
38 Mas Josué, filho de Num, e Calebe, filho de Jefoné, que eram dos homens que foram espiar a terra, sobreviveram.
39 जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे।
39 Falou Moisés estas palavras a todos os filhos de Israel, e o povo se contristou muito.
40 भोलिपल्ट एकाबिहानै तिनीहरू अग्लो डाँडा भएको ठाउँमा उक्ले, र तिनीहरूले भने, “हामीले पाप गरेका छौँ, तर हामी याहवेहले प्रतिज्ञा गर्नुभएको कनान देशमा जान तयार छौँ!”
40 Levantaram-se pela manhã de madrugada e subiram ao cimo do monte, dizendo: Eis-nos aqui e subiremos ao lugar que o Senhor tem prometido, porquanto havemos pecado.
41 तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन!
41 Porém Moisés respondeu: Por que transgredis o mandado do Senhor ? Pois isso não prosperará.
42 तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।
42 Não subais, pois o Senhor não estará no meio de vós, para que não sejais feridos diante dos vossos inimigos.
43 त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।”
43 Porque os amalequitas e os cananeus ali estão diante de vós, e caireis à espada; pois, uma vez que vos desviastes do Senhor , o Senhor não será convosco.
44 तरै पनि तिनीहरू हठी भएर पहाडी मुलुकको टुप्पोमा चढे। तर याहवेहको करारको सन्दुक र मोशा पालबाट अगि बढेनन्।
44 Contudo, temerariamente, tentaram subir ao cimo do monte, mas a arca da Aliança do Senhor e Moisés não se apartaram do meio do arraial.
45 तब त्यस पहाडी मुलुकमा बस्ने अमालेकीहरू र कनानीहरू तल ओर्लिआए। अनि तिनीहरूमाथि आक्रमण गरे, र तिनीहरूलाई तल होर्मासम्मै लखेटे।
45 Então, desceram os amalequitas e os cananeus que habitavam na montanha e os feriram, derrotando-os até Horma.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.