Números 13
npioncb (NPIONCB) vs BKJ
1 याहवेहले मोशालाई भन्नुभयो,
1 E o SENHOR falou a Moisés, dizendo:
2 “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।”
2 Envia homens, para que possam examinar a terra de Canaã, que darei aos filhos de Israel; de cada tribo de seus pais, enviarás um homem, sendo cada um governante entre eles.
3 यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए।
3 E Moisés, de acordo com a ordem do SENHOR, os enviou, do deserto de Parã; todos esses homens eram cabeças dos filhos de Israel.
4 तिनीहरूका नाम यिनै हुन्:
4 E eram estes os seus nomes: da tribo de Rúben, Samua, filho de Zacur;
5 शिमियोनको कुलबाट होरीका छोरा शापात;
5 da tribo de Simeão, Safate, filho de Hori;
6 यहूदाको कुलबाट यपून्नेका छोरा कालेब;
6 da tribo de Judá, Calebe, filho de Jefoné;
7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;
7 da tribo de Issacar, Jigeal, filho de José;
8 एफ्राइमको कुलबाट नूनका छोरा होशे;
8 da tribo de Efraim, Oseias, filho de Num;
9 बेन्यामीनको कुलबाट रफूका छोरा पल्ती;
9 da tribo de Benjamim, Palti, filho de Rafu;
10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;
10 da tribo de Zebulom, Gadiel, filho de Sodi;
11 योसेफको एउटा कुल अर्थात् मनश्शेको कुलबाट सूसीका छोरा गद्दी;
11 da tribo de José, pela tribo de Manassés, Gadi, filho de Susi;
12 दानको कुलबाट गमल्लीका छोरा अम्मीएलओ;
12 da tribo de Dã, Amiel, filho de Gemali;
13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर;
13 da tribo de Aser, Setur, filho de Micael;
14 नप्तालीको कुलबाट वोप्सीका छोरा नहबी;
14 da tribo de Naftali, Nabi, filho de Vofsi;
15 गादको कुलबाट माकीकका छोरा गूएल।
15 da tribo de Gade, Geuel, filho de Maqui.
16 मोशाले कनान देशको जासुस गर्न पठाएका मानिसहरूका नाम यिनै हुन्। (मोशाले नूनका छोरा होशियालाई यहोशू नाम दिए।)
16 Estes são os nomes dos homens que Moisés enviou a examinar aquela terra; e Moisés deu a Oseias, filho de Num, o nome de Josué.
17 मोशाले तिनीहरूलाई कनान देशको बारेमा जासुस गर्न पठाउँदा तिनीहरूलाई भने, “दक्षिणतिर हुँदै अगि बढेर पहाडी मुलुकमा जानू।
17 E Moisés mandou espiar a terra de Canaã; e lhes disse: Segui pelo caminho do sul, e subi à montanha.
18 त्यो देश कस्तो रहेछ, र त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि कमजोर; थोरै छन् कि धेरै छन्, हेर।
18 E vede como é a terra, e como é o povo que ali habita, se é forte ou fraco, se são poucos ou muitos.
19 तिनीहरू बस्ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्ला भएका छन्, हेर।
19 E como é a terra em que habitam, se é boa ou má, e como são as cidades em que habitam, se em tendas ou em fortalezas.
20 त्यो देशको माटो कस्तो छ? त्यहाँको माटो मलिलो छ कि रुखो छ? त्यहाँ रूखपातहरू छन् कि छैनन्? तिमीहरूले त्यस देशका केही फलफूलहरू ल्याउनलाई सक्दो कोसिस गर।” (त्यो समयचाहिँ अङ्गुरको पहिलो फसलको समय थियो।)
20 E como é a terra, se é repleta ou estéril, se há matas ou não. E tende bom ânimo e trazei do fruto da terra. Era aquele tempo o tempo das primícias das uvas.
21 यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे।
21 Assim, subiram e examinaram a terra, desde o deserto de Zim até Reobe, à entrada de Hamate.
22 तिनीहरू दक्षिणतिर हुँदैगए। अनि अनाकीहरूका सन्तानहरू; अहीमन, शेशै र तल्मै बस्ने ठाउँ हेब्रोनमा आइपुगे। (हेब्रोनचाहिँ इजिप्टमा भएको सोअनभन्दा सात वर्ष अगाडि निर्माण गरिएको थियो।)
22 E subiram pelo sul e foram até Hebrom, onde estavam Aimã, Sesai e Talmai, os filhos de Anaque; Hebrom foi edificada sete anos antes de Zoã, no Egito.
23 जब तिनीहरू एश्कोलको बेँसीमा आइपुगे। अनि तिनीहरूले अङ्गुरको एउटा मात्र झुप्पा भएको एउटा हाँगा काटे। तिनीहरूमध्ये दुई जनाले त्यसलाई एउटा घोचामा झुन्ड्याएर बोके। साथै, तिनीहरूले केही अनार र नेभाराका फलहरू पनि ल्याए।
23 E foram até ao ribeiro de Escol e ali cortaram um ramo com um cacho de uvas, e o trouxeram dois homens em uma vara, e trouxeram também romãs e figos.
24 इस्राएलीहरूले अङ्गुरको झुप्पा काटेको कारण त्यस ठाउँलाई एश्कोलको बेँसी भनिन्थ्यो।
24 Esse lugar foi chamado o ribeiro de Escol, por causa do cacho de uvas que cortaram os filhos de Israel.
25 चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के।
25 E voltaram de examinar a terra, depois de quarenta dias.
26 कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए।
26 E vieram até Moisés, e Arão, e à toda a congregação dos filhos de Israel, em Cades, no deserto de Parã, e lhes deram a informação, e a toda a congregação, e lhes mostraram os frutos da terra.
27 तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।
27 E contaram-lhe, e disseram: Fomos à terra para onde tu nos enviaste; e verdadeiramente mana leite e mel; e este é o seu fruto.
28 तर त्यस देशमा बस्ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ।
28 Todavia, é forte o povo que habita na terra, e as cidades são fortificadas e mui grandes; além disso, vimos ali os filhos de Anaque.
29 अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”
29 Os amalequitas habitam na terra do sul; e os heteus, os jebuseus e os amorreus habitam nas montanhas; e os cananeus habitam junto ao mar e à margem do Jordão.
30 त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्चय नै विजय हासिल गर्न सक्छौँ।”
30 E Calebe fez com que o povo se calasse diante de Moisés e disse: Subamos imediatamente, e possuamos a terra, porque somos capazes de conquistá-la.
31 तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”
31 Mas os homens que haviam subido com ele disseram: Não poderemos subir contra aquele povo, porque são mais fortes do que nós.
32 तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्।
32 E apresentaram, diante dos filhos de Israel, maus relatos sobre a terra que haviam examinado, e disseram: A terra pela qual passamos para examiná-la é uma terra que devora os seus moradores; e todo o povo que vimos nela são homens de grande estatura.
33 हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्कै हामीलाई त्यस्तै ठान्छन्।”
33 E ali vimos os gigantes, os filhos de Anaque, que são descendentes de gigantes; e éramos aos nossos próprios olhos como gafanhotos, e assim éramos aos seus olhos.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.