Números 11

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्‍टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो।
1 Queixou-se o povo de sua sorte aos ouvidos do Senhor ; ouvindo-o o Senhor , acendeu-se-lhe a ira, e fogo do Senhor ardeu entre eles e consumiu extremidades do arraial.
2 तब मानिसहरूले मोशासित गोहार मागे। तिनले याहवेहसँग बिन्ती गरे। अनि आगो निभ्यो।
2 Então, o povo clamou a Moisés, e, orando este ao Senhor , o fogo se apagou.
3 यसकारण त्यस ठाउँलाई तबेरा भनियो। किनकि याहवेहबाटको आगो तिनीहरूका बीचमा दन्केको थियो।
3 Pelo que chamou aquele lugar Taberá, porque o fogo do Senhor se acendera entre eles.
4 इस्राएलीहरूसँग यात्रा गरिरहेका विदेशीहरूले अरू खानेकुराको निम्ति लालसा गर्न थाले। अनि फेरि इस्राएलीहरूले विलौना गर्दै भन्‍न थाले, “यदि हामीसँग खानलाई मासु मात्र भइदिए हुन्थ्यो!
4 E o populacho que estava no meio deles veio a ter grande desejo das comidas dos egípcios; pelo que os filhos de Israel tornaram a chorar e também disseram: Quem nos dará carne a comer?
5 हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ।
5 Lembramo-nos dos peixes que, no Egito, comíamos de graça; dos pepinos, dos melões, dos alhos silvestres, das cebolas e dos alhos.
6 तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्‍नबाहेक अरू केही देख्न पाएका छैनौँ!”
6 Agora, porém, seca-se a nossa alma, e nenhuma coisa vemos senão este maná.
7 मन्‍नचाहिँ धनियाँको बिउजस्तो र हेर्दा गोमेदको खोटोजस्तो देखिन्थ्यो।
7 Era o maná como semente de coentro, e a sua aparência, semelhante à de bdélio.
8 मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो।
8 Espalhava-se o povo, e o colhia, e em moinhos o moía ou num gral o pisava, e em panelas o cozia, e dele fazia bolos; o seu sabor era como o de bolos amassados com azeite.
9 जब राति छाउनीमा शीत झर्थ्यो, तब मन्‍न पनि खस्थ्यो।
9 Quando, de noite, descia o orvalho sobre o arraial, sobre este também caía o maná.
10 मोशाले हरेक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा विलाप गरिरहेका सुने। याहवेह असाध्यै क्रोधित हुनुभयो, तब मोशा दुःखित भए।
10 Então, Moisés ouviu chorar o povo por famílias, cada um à porta de sua tenda; e a ira do Senhor grandemente se acendeu, e pareceu mal aos olhos de Moisés.
11 मोशाले याहवेहलाई सोधे, “तपाईंले आफ्नो सेवकमाथि किन यस्तो दुःख ल्याउनुभयो? किन मैले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छैनँ? मैले के गरेर तपाईंलाई अप्रसन्‍न तुल्याएको छु र तपाईंले यी सबै मानिसहरूको भार ममाथि राखिदिनुभयो?”
11 Disse Moisés ao Senhor : Por que fizeste mal a teu servo, e por que não achei favor aos teus olhos, visto que puseste sobre mim a carga de todo este povo?
12 “के मैले यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ र? के मैले तिनीहरूलाई जन्माएको हुँ र? तपाईंले किन मलाई तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएको देशमा पुर्‍याउनलाई एउटी धाईआमाले बालकलाई बोकेझैँ, यिनीहरूलाई मेरो अँगालोमा बोक् भन्‍नुहुन्छ?
12 Concebi eu, porventura, todo este povo? Dei-o eu à luz, para que me digas: Leva-o ao teu colo, como a ama leva a criança que mama, à terra que, sob juramento, prometeste a seus pais?
13 मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्।
13 Donde teria eu carne para dar a todo este povo? Pois chora diante de mim, dizendo: Dá-nos carne que possamos comer.
14 यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ।
14 Eu sozinho não posso levar todo este povo, pois me é pesado demais.
15 यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।”
15 Se assim me tratas, mata-me de uma vez, eu te peço, se tenho achado favor aos teus olhos; e não me deixes ver a minha miséria.
16 यो सुनेपछि याहवेहले मोशालाई भन्‍नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्।
16 Disse o Senhor a Moisés: Ajunta-me setenta homens dos anciãos de Israel, que sabes serem anciãos e superintendentes do povo; e os trarás perante a tenda da congregação, para que assistam ali contigo.
17 अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन।
17 Então, descerei e ali falarei contigo; tirarei do Espírito que está sobre ti e o porei sobre eles; e contigo levarão a carga do povo, para que não a leves tu somente.
18 “मानिसहरूलाई भन्, ‘भोलि तिमीहरूले मासु खाने तयारीका निम्ति आफूलाई शुद्ध बनाउनू। तिमीहरूको यस्तो गुनासो याहवेहले सुन्‍नुभएको छ, “यदि हामीसित खानलाई मासु मात्र भइदिए त! हामीलाई इजिप्टमा अझ राम्रो थियो!” अब याहवेहले तिमीहरूलाई मासु दिनुहुनेछ, र तिमीहरूले त्यो खानेछौ।
18 Dize ao povo: Santificai-vos para amanhã e comereis carne; porquanto chorastes aos ouvidos do Senhor , dizendo: Quem nos dará carne a comer? Íamos bem no Egito. Pelo que o Senhor vos dará carne, e comereis.
19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच, दश अथवा बीस दिनसम्मलाई मात्र खानेछैनौ।
19 Não comereis um dia, nem dois dias, nem cinco, nem dez, nem ainda vinte;
20 तर पूरा एक महिनासम्म नाक लागेर वाक्‍क भइन्जेलसम्म खान पाउनेछौ। किनकि तिमीहरूले आफ्ना बीचमा हुनुभएका याहवेहलाई इन्कार गरेका छौ, र उहाँको सामु “हामीले किन इजिप्ट छोडेर आयौँ होला?” भनी रोएका छौँ।’ ”
20 mas um mês inteiro, até vos sair pelos narizes, até que vos enfastieis dela, porquanto rejeitastes o Senhor , que está no meio de vós, e chorastes diante dele, dizendo: Por que saímos do Egito?
21 तर मोशाले याहवेहलाई भने, “यहाँ मसँग पैदल हिँड्नेहरू छ लाख पुरुषहरू छन्। अनि तपाईं भन्‍नुहुन्छ, ‘म तिनीहरूलाई एक महिनासम्म मासु खानलाई दिनेछु!’
21 Respondeu Moisés: Seiscentos mil homens de pé é este povo no meio do qual estou; e tu disseste: Dar-lhes-ei carne, e a comerão um mês inteiro.
22 के तिनीहरूका लागि बगाल र बथान मारे तापनि तिनीहरूलाई पर्याप्‍त गरी पुग्ला र? के समुद्रमा भएका सबै माछा पक्रिए तापनि तिनीहरूका लागि पर्याप्‍त पुग्ला र?”
22 Matar-se-ão para eles rebanhos de ovelhas e de gado que lhes bastem? Ou se ajuntarão para eles todos os peixes do mar que lhes bastem?
23 याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।”
23 Porém o Senhor respondeu a Moisés: Ter-se-ia encurtado a mão do Senhor ? Agora mesmo, verás se se cumprirá ou não a minha palavra!
24 यसकारण मोशा बाहिर गएर याहवेहले भन्‍नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए।
24 Saiu, pois, Moisés, e referiu ao povo as palavras do Senhor , e ajuntou setenta homens dos anciãos do povo, e os pôs ao redor da tenda.
25 त्यसपछि याहवेह बादलमा ओर्लिआउनुभयो, र मोशासँग बोल्नुभयो। अनि उहाँले तिनमा भएका आत्माको शक्तिबाट केही लिएर सत्तरी जना प्रधानहरूलाई दिनुभयो। जब आत्मा तिनीहरूमाथि आएर बस्‍नुभयो, तब तिनीहरूले अगमवाणी गरे। तर त्यसपछि भने तिनीहरूले फेरि कहिल्यै त्यसो गरेनन्।
25 Então, o Senhor desceu na nuvem e lhe falou; e, tirando do Espírito que estava sobre ele, o pôs sobre aqueles setenta anciãos; quando o Espírito repousou sobre eles, profetizaram; mas, depois, nunca mais.
26 तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्‍नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे।
26 Porém, no arraial, ficaram dois homens; um se chamava Eldade, e o outro, Medade. Repousou sobre eles o Espírito, porquanto estavam entre os inscritos, ainda que não saíram à tenda; e profetizavam no arraial.
27 तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।”
27 Então, correu um moço, e o anunciou a Moisés, e disse: Eldade e Medade profetizam no arraial.
28 नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!”
28 Josué, filho de Num, servidor de Moisés, um dos seus escolhidos, respondeu e disse: Moisés, meu senhor, proíbe-lho.
29 तर मोशाले यहोशूलाई जवाफ दिए, “के तिमी मेरो खातिर डाही भएका छौ? याहवेहले आफ्ना आत्मा सबै मानिसहरूमाथि राखिदिनुभएको भए ती सबै अगमवक्ता भइदिए कति असल हुनेथियो!”
29 Porém Moisés lhe disse: Tens tu ciúmes por mim? Tomara todo o povo do Senhor fosse profeta, que o Senhor lhes desse o seu Espírito!
30 त्यसपछि मोशा र इस्राएलका प्रधानहरू पालमा फर्के।
30 Depois, Moisés se recolheu ao arraial, ele e os anciãos de Israel.
31 याहवेहबाट बतास निस्केर गयो। अनि समुद्रबाट बट्टाई चराहरू धपाएर ल्यायो। ती चराहरू एक दिनको बाटोजतिको दूरीमा चारैतिर, तिनीहरूका छाउनीको वरिपरि भुइँदेखि दुई क्यूबिट माथिसम्म थुप्रिए।
31 Então, soprou um vento do Senhor , e trouxe codornizes do mar, e as espalhou pelo arraial quase caminho de um dia, ao seu redor, cerca de dois côvados sobre a terra.
32 त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए।
32 Levantou-se o povo todo aquele dia, e a noite, e o outro dia e recolheu as codornizes; o que menos colheu teve dez ômeres; e as estenderam para si ao redor do arraial.
33 तर मासु तिनीहरूका दाँतको बीचमा छँदै, मासु निल्नुभन्दा अगि नै याहवेहको क्रोध तिनीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई डरलाग्दो महामारीले प्रहार गर्नुभयो।
33 Estava ainda a carne entre os seus dentes, antes que fosse mastigada, quando se acendeu a ira do Senhor contra o povo, e o feriu com praga mui grande.
34 यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो।
34 Pelo que o nome daquele lugar se chamou Quibrote-Hataavá, porquanto ali enterraram o povo que teve o desejo das comidas dos egípcios.
35 किब्रोत-हत्तावाबाट मानिसहरू यात्रा गरेर हसेरोतमा पुगे। अनि त्यहीँ बसे।
35 De Quibrote-Hataavá partiu o povo para Hazerote e ali ficou.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.