Neemias 9
npioncb (NPIONCB) vs NVI
1 त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बसेर भाङ्ग्रा लगाउँदै र टाउकोमा धुलो हालेर उपवासको निम्ति एकसाथ भेला भए।
1 No dia vinte e quatro do mês, os israelitas se reuniram, jejuaram, vestiram pano de saco e puseram terra sobre a cabeça.
2 इस्राएलीहरूका सन्तानहरूले आफूलाई विदेशीहरूबाट अलग गरेका थिए। तिनीहरू आफ्ना स्थानहरूमा खडा भएर आफ्ना पाप र आफ्ना पुर्खाहरूका पाप स्वीकार गरे।
2 Os que eram de ascendência israelita tinham se separado de todos os estrangeiros. Levantaram-se nos seus lugares, confessaram seus pecados e a maldade dos seus antepassados.
3 तिनीहरू आफू बसेको ठाउँमा खडा भए; अनि छ घण्टासम्म याहवेह तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक पढेर तिनीहरूले अर्को छ घण्टाचाहिँ आ-आफ्ना पाप स्वीकार गरे। अनि याहवेह आफ्ना परमेश्वरको आराधना गरिरहे।
3 Ficaram onde estavam e leram o Livro da Lei do Senhor, do seu Deus, durante três horas, e passaram outras três horas confessando e adorando o Senhor, o seu Deus.
4 यसपछि अग्लो खुट्किलामा लेवीहरू, येशूआ, बानी, कदमिएल, शबन्याह, बुन्नी, शेरेबियाह, बानी र कनानी उभिएर याहवेह तिनीहरूका परमेश्वरलाई चर्को आवाजमा पुकारे।
4 De pé, na plataforma, estavam os levitas Jesua, Bani, Cadmiel, Sebanias, Buni, Serebias, Bani e Quenani, que em alta voz clamavam ao Senhor, ao seu Deus.
5 अनि लेवीहरू—येशूआ, कदमिएल, बानी, हशबन्याह, शेरेबियाह, होदिय्याह, शबन्याह र पतहयाहले भने: “युगौँयुगसम्म हुनुहुने याहवेह तिमीहरूका परमेश्वरलाई उभिएर प्रशंसा गर।”
5 E os levitas Jesua, Cadmiel, Bani, Hasabnéias, Serebias, Hodias, Sebanias e Petaías conclamavam o povo, dizendo: "Levantem-se e louvem o Senhor, o seu Deus, que vive para todo o sempre. "Bendito seja o teu nome glorioso! A tua grandeza está acima de toda expressão de louvor.
6 तपाईं मात्र याहवेह हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू, सर्वोच्च आकाशहरू र तिनीहरूमा भएका तारामण्डलहरू, पृथ्वी र त्यसमा भएका सबै थोकहरू, समुद्रहरू र त्यसमा भएका सबै कुराहरू बनाउनुभयो। तपाईंले हरेक कुरालाई जीवन दिनुहुन्छ र स्वर्गदूतहरूले तपाईंलाई दण्डवत् गर्दछन्।
6 Só tu és o Senhor. Fizeste os céus, e os mais altos céus, e tudo que neles há, a terra e tudo o que nela existe, os mares e tudo o que neles existe. Tu deste vida a todos os seres, e os exércitos dos céus te adoram.
7 “तपाईं नै याहवेह परमेश्वर हुनुहुन्छ, जसले अब्रामलाई चुन्नुभयो र तिनलाई कल्दीहरूको देश ऊरबाट निकालेर ल्याउनुभयो; अनि तिनलाई अब्राहाम नाम दिनुभयो।
7 "Tu és o Senhor, o Deus que escolheu Abrão, trouxe-o de Ur dos caldeus e deu-lhe o nome de Abraão.
8 तपाईंले तिनको हृदय तपाईंप्रति विश्वासयोग्य पाउनुभयो; तब तपाईंले तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिनेछु भनी तिनीसित करार बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ; किनकि तपाईं धर्मी हुनुहुन्छ।
8 Viste que o coração dele era fiel, e fizeste com ele uma aliança, prometendo dar aos seus descendentes a terra dos cananeus, dos hititas, dos amorreus, dos ferezeus, dos jebuseus e dos girgaseus. E cumpriste a tua promessa porque tu és justo.
9 “तपाईंले इजिप्टमा हाम्रा पुर्खाहरूका कष्टहरू देख्नुभयो; तपाईंले लाल समुद्रमा तिनीहरूको पुकार सुन्नुभयो।
9 "Viste o sofrimento dos nossos antepassados no Egito, e ouviste o clamor deles no mar Vermelho.
10 तपाईंले फारो, तिनका अधिकृतहरू र तिनका देशका मानिसहरूको विरुद्धमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू पठाउनुभयो; किनकि इजिप्टियनहरूले हाम्रा पुर्खाहरूसित अति क्रूरतापूर्ण व्यवहार गरेका थिए, त्यो तपाईंलाई थाहा थियो। तपाईंले आफ्नै निम्ति एउटा नाम बनाउनुभयो, जुन नाम आजको दिनसम्मै छँदैछ।
10 Fizeste sinais e maravilhas contra o faraó e todos os seus oficiais e contra todo o povo da sua terra, pois sabias com quanta arrogância os egípcios os tratavam. Alcançaste renome, que permanece até hoje.
11 तपाईंले पुर्खाहरूको सामु समुद्रलाई दुई भाग पारिदिनुभयो, तब तिनीहरू ओबानो जमिनबाट हिँडेर गए, तर तपाईंले तिनीहरूलाई खेद्ने शत्रुहरूलाई चाहिँ प्रचण्ड पानीमा परेको एउटा ढुङ्गाझैँ गहिरो पानीमा फ्याँकिदिनुभयो।
11 Dividiste o mar diante deles, para que o atravessassem a seco, mas lançaste os seus perseguidores nas profundezas, como uma pedra em águas agitadas.
12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खाँबोद्वारा डोर्याउनुभयो र राति तिनीहरूले हिँड्ने बाटोमा उज्यालो होस् भनेर आगोको खाँबोद्वारा डोर्याउनुभयो।
12 Tu os conduziste de dia com uma nuvem e de noite com uma coluna de fogo, para iluminar o caminho que tinham que percorrer.
13 “तपाईं सीनै पर्वतमा ओर्लेर आउनुभयो; तपाईं पुर्खाहरूसित स्वर्गबाट बोल्नुभयो। तपाईंले तिनीहरूलाई उर्दीहरू र व्यवस्थाहरू दिनुभयो, जुन न्यायसङ्गत र उचित छन्। अनि नियमहरू र आज्ञाहरू दिनुभयो, जुन असल छन्।
13 "Tu desceste ao monte Sinai; dos céus lhes falaste. Deste-lhes ordenanças justas e leis verdadeiras, e decretos e mandamentos excelentes.
14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शब्बाथ दिन पालन गर्न सिकाउनुभयो; अनि तिनीहरूलाई आफ्नो सेवक मोशाद्वारा आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू दिनुभयो।
14 Fizeste que conhecessem o teu sábado santo e lhes deste ordens, decretos e leis por meio de Moisés, teu servo.
15 तिनीहरू भोकाएका बेला तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो र तिनीहरू तिर्खाएको बेला तपाईंले तिनीहरूको निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। तपाईंले तिनीहरूलाई दिनेछु भनी हात पसारेर शपथ खानुभएको देशमा गएर अधिकार गर्नलाई भन्नुभयो।
15 Na fome deste-lhes pão do céu, e na sede tiraste para eles água da rocha; mandaste-os entrar e tomar posse da terra que, sob juramento, tinhas prometido dar-lhes.
16 “तर हाम्रा पुर्खाहरू अहङ्कारी र हठी भएर तपाईंका आज्ञाहरू पालन गरेनन्।
16 "Mas os nossos antepassados tornaram-se arrogantes e obstinados, e não obedeceram aos teus mandamentos.
17 तपाईंले तिनीहरूका बीचमा गर्नुभएका अचम्मका कामहरू सुन्न र स्मरण गर्न इन्कार गरे। तिनीहरू हठी भएर आफ्नो विद्रोहमा तिनीहरूले आफ्ना दासत्वमा फर्किजानलाई एक जना अगुवा नियुक्त गरे। तर तपाईं त क्षमा दिनुहुने, अनुग्रही, दयालु, रिस गर्नमा ढिला र अचुक प्रेम गर्नमा अपार हुनुहुन्छ। यसैकारण तपाईंले पुर्खाहरूलाई त्याग्नुभएन।
17 Eles se recusaram a ouvir-te e esqueceram-se dos milagres que realizaste entre eles. Tornaram-se obstinados e, na sua rebeldia, escolheram um líder a fim de voltarem à sua escravidão. Mas tu és um Deus perdoador, um Deus bondoso e misericordioso, muito paciente e cheio de amor. Por isso não os abandonaste,
18 यद्यपि, तिनीहरूले आफ्नै निम्ति एउटा बाछाको आकृति बनाएर भनेका थिए, ‘तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने ईश्वर यही हो,’ अथवा जब तिनीहरूले अति डरलाग्दो ईश्वरनिन्दा गरेका थिए।
18 mesmo quando fundiram para si um ídolo na forma de bezerro e disseram: ‘Este é o seu deus, que os tirou do Egito’, ou quando proferiram blasfêmias terríveis.
19 “तपाईंको अपार दयाको कारण तपाईंले तिनीहरूलाई उजाडस्थानमा त्याग्नुभएन। दिउँसो बादलको खाँबोले तिनीहरूको बाटोमा डोर्याउन छोडेन, न त राति तिनीहरूको बाटोमा ज्योति दिन आगोको खाँबो नै रोकियो।
19 "Foi por tua grande compaixão que não os abandonaste no deserto. De dia a nuvem não deixava de guiá-los em seu caminho, nem de noite a coluna de fogo deixava de brilhar sobre o caminho que deviam percorrer.
20 तपाईंले आफ्नो असल आत्मा तिनीहरूलाई सिकाउनलाई दिनुभयो। तपाईंको मन्न तिनीहरूको मुखबाट तपाईंले खोस्नु भएन; अनि तपाईंले तिनीहरू तिर्खाएको बेला पानी दिनुभयो।
20 Deste o teu bom Espírito para instruí-los. Não retiveste o teu maná que os alimentava, e deste-lhes água para matar a sede.
21 चालीस वर्षसम्म तपाईंले तिनीहरूलाई उजाडस्थानमा जुटाउनुभयो; तिनीहरूलाई कुनै पनि कुराको अभाव भएन। तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
21 Durante quarenta anos tu os sustentaste no deserto; nada lhes faltou, as roupas deles não se gastaram nem os seus pés ficaram inchados.
22 “तपाईंले तिनीहरूलाई राज्यहरू, जातिहरू र सिमानामा रहेका ठाउँहरू पनि बाँडिदिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश कब्जा गरे।
22 "Deste-lhes reinos e nações, cuja terra repartiste entre eles. Eles conquistaram a terra de Seom, rei de Hesbom, e a terra de Ogue, rei de Basã.
23 तपाईंले तिनीहरूका सन्तानलाई आकाशका ताराहरूझैँ असंख्य बनाउनुभयो। अनि तपाईंले तिनीहरूलाई त्यो देशमा ल्याउनुभयो, जुन देशमा तिनीहरूका पुर्खाहरूलाई पस्न र अधिकार गर्नलाई भन्नुभएको थियो।
23 Tornaste os seus filhos tão numerosos como as estrelas do céu, e os trouxeste para entrar e possuir a terra que prometeste aos seus antepassados.
24 तिनीहरूका सन्तान गए र त्यस देशमा अधिकार गरे। तपाईंले तिनीहरूको सामु त्यस देशमा बस्ने कनानीहरूलाई तिनीहरूका अधीनमा ल्याउनुभयो; तपाईंले कनानीहरूलाई तिनीहरूका राजाहरू र देशवासीहरू समेत, तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूसित व्यवहार गर्नलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो।
24 Seus filhos entraram e tomaram posse da terra. Tu subjugaste diante deles os cananeus, que viviam na terra, e os entregaste nas suas mãos, com os seus reis e com os povos daquela terra, para que os tratassem como bem quisessem.
25 तिनीहरूले सुरक्षित सहरहरू र मलिला भूमिहरू कब्जा गरे। तिनीहरूले सबै किसिमका असल चीजहरूले भरिएका घरहरू, खनेर तयार पारिएका कुवाहरू, दाखबारीहरू, जैतुनबारीहरू र फलका रूखहरू प्रशस्त मात्रामा कब्जा गरे। तिनीहरूले प्रशस्त खाएर हृष्टपुष्ट भए; अनि तपाईंको अपार भलाइमा साह्रै आनन्दित भए।
25 Conquistaram cidades fortificadas e terra fértil; apossaram-se de casas cheias de bens, poços já escavados, vinhas, olivais e muitas árvores frutíferas. Comeram até fartar-se e foram bem alimentados; eles desfrutaram de tua grande bondade.
26 “तर तिनीहरू अनाज्ञाकारी भए र तपाईंप्रति बागी भए। तिनीहरूले तपाईंको व्यवस्थालाई तिरस्कार गरे। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे, जसले तिनीहरूलाई तपाईंतिर फर्काउन भनी चेताउनी दिएका थिए। तिनीहरूले डरलाग्दो ईश्वरनिन्दा गरेका थिए।
26 "Mas foram desobedientes e se rebelaram contra ti; deram as costas para a tua Lei. Mataram os teus profetas, que os tinham advertido que se voltassem para ti; e te fizeram ofensas detestáveis.
27 यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूमाथि अत्याचार गरे। तर जब तिनीहरू अत्याचारमा परे, तिनीहरूले तपाईंलाई पुकार गरे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्नुभयो। अनि आफ्नो महान् दयामा तपाईंले तिनीहरूलाई उद्धारकहरू दिनुभयो, जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटाए।
27 Por isso tu os entregaste nas mãos de seus inimigos, que os oprimiram. Mas, quando foram oprimidos, clamaram a ti. Dos céus tu os ouviste, e na tua grande compaixão deste-lhes libertadores, que os livraram das mãos de seus inimigos.
28 “तर तिनीहरूले विश्राम पाउनसाथ तपाईंको दृष्टिमा जे खराब थियो, फेरि त्यही गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, ताकि तिनीहरूले तिनीहरूमाथि शासन गरून्। अनि जब तिनीहरूले फेरि तपाईंलाई पुकार गरे, तब तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्नुभयो। अनि तपाईंले आफ्नो दयामा तिनीहरूलाई पटक-पटक छुटाउनुभयो।
28 "Mas, tão logo voltavam a ter paz, de novo faziam o que tu reprovas. Então os abandonavas às mãos de seus inimigos para que dominassem sobre eles. E, quando novamente clamavam a ti, dos céus tu os ouvias e na tua compaixão os livravas vez após vez.
29 “तपाईंले तिनीहरूलाई तपाईंको व्यवस्थामा फर्कन चेतावनी दिनुभयो, तर तिनीहरू अहङ्कारी भएर तपाईंका आज्ञाहरू उल्लङ्घन गरे। तिनीहरूले तपाईंका विधि-विधानहरूका विरुद्धमा पाप गरे, जसको बारेमा तपाईंले भन्नुभयो, ‘आज्ञाहरू पालन गर्ने मानिस जीवित रहन्छ।’ तिनीहरू हठी भएर तिनीहरूका पिठिउँ तपाईंतिर फर्काए; अनि तिनीहरू अटेरी भएर आज्ञापालन गरेनन्।
29 "Tu os advertiste que voltassem à tua Lei, mas eles se tornaram arrogantes e desobedeceram aos teus mandamentos. Pecaram contra as tuas ordenanças, pelas quais o homem vive se lhes obedece. Com teimosia te deram as costas, tornaram-se obstinados e recusaram-se a ouvir-te.
30 धेरै वर्षसम्म तपाईं तिनीहरूप्रति धैर्यवान् बन्नुभयो। तपाईंले आफ्ना अगमवक्ताहरूद्वारा तपाईंको आत्माले तिनीहरूलाई चेतावनी दिनुभयो। तर पनि तिनीहरूले ध्यानै दिएनन्। यसैकारण तपाईंले तिनीहरूलाई विदेशी मानिसहरूका हातमा सुम्पिदिनुभयो।
30 E durante muitos anos foste paciente com eles. Mediante o teu Espírito os advertiste por meio de teus profetas. Contudo, não te deram atenção, de modo que os entregaste nas mãos dos povos vizinhos.
31 तर तपाईंको महान् कृपामा तपाईंले तिनीहरूलाई नाश गर्नुभएन, अथवा त्याग्नुभएन; किनकि तपाईं अनुग्रही र कृपालु परमेश्वर हुनुहुन्छ।
31 Graças, porém, à tua grande misericórdia, não os destruíste nem os abandonaste, pois és Deus bondoso e misericordioso.
32 “यसकारण अब, हे हाम्रा परमेश्वर, महान्, सामर्थी र भययोग्य परमेश्वर, जसले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ; हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजाहरूमाथि अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म परिआएका कष्टहरू छन्। यी सबै कष्टहरू तपाईंको नजरमा हल्का देखा नपरोस्।
32 "Agora, portanto, nosso Deus, ó Deus grande, poderoso e temível, fiel à tua aliança e misericordioso, não fiques indiferente a toda a aflição que veio sobre nós, sobre os nossos reis e os nossos líderes, sobre os nossos sacerdotes e profetas, sobre os nossos antepassados e sobre todo o teu povo, desde os dias dos reis da Assíria até hoje.
33 हामीमाथि घटेका सबै कुराहरूमा तपाईं धर्मी हुनुहुन्थ्यो; तपाईंले विश्वासयोग्यतासाथ काम गर्नुभयो, तर हामीले चाहिँ दुष्टता गरेका छौँ।
33 Em tudo o que nos aconteceu foste justo; agiste com lealdade mesmo quando fomos infiéis.
34 हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्। तिनीहरूले तपाईंका आज्ञाहरूमा अथवा तपाईंले तिनीहरूलाई दिनुभएका चेतावनीहरूमा ध्यान दिएनन्।
34 Nossos reis, nossos líderes, nossos sacerdotes e nossos antepassados não seguiram a tua Lei; não deram atenção aos teus mandamentos nem às advertências que lhes fizeste.
35 तिनीहरू आफ्ना राज्यमा, तपाईंले तिनीहरूलाई दिनुभएको फराकिलो र मलिलो जमिनमा हुँदा; अनि तपाईंको महान् भलाइ उपभोग गर्दासमेत तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरू आफ्ना कुमार्गहरूबाट नै फर्के।
35 Mesmo quando estavam no reino deles, desfrutando da tua grande bondade na terra espaçosa e fértil que lhes deste, eles não te serviram nem abandonaram os seus maus caminhos.
36 “तर हेर्नुहोस्, आज हामी दास भएका छौँ। तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशका फलहरू खान र त्यसबाट आएका असल उब्जनी उपभोग गर्नलाई दिनुभएको देशमा हामी दास भएका छौँ।
36 "Vê, porém, que hoje somos escravos, escravos na terra que deste aos nossos antepassados para que usufruíssem dos seus frutos e das outras boas coisas que ela produz.
37 हाम्रा पापको कारण, यस भूमिको प्रशस्त उब्जनीहरू तपाईंले हामीमाथि खटाउनुभएका राजाहरूकहाँ जान्छ। तिनीहरूले हाम्रा शरीरहरूमाथि र हाम्रा गाईबस्तुहरूमाथि तिनीहरूको इच्छाअनुसार शासन गर्छन्। हामी ठूलो सङ्कष्टमा परेका छौँ।
37 Por causa de nossos pecados, a sua grande produção pertence aos reis que puseste sobre nós. Eles dominam sobre nós e sobre os nossos rebanhos como bem lhes parece. É grande a nossa angústia!
38 “यी सबै कुराहरूको कारणले गर्दा हामीले बाचा बाँधेर एउटा लिखित करारपत्र बनाउँदैछौँ; अनि हाम्रा अगुवाहरू, लेवीहरू र पुजारीहरूले त्यसमा आफ्ना सहीछाप लगाइदिँदछन्।”
38 "Em vista disso tudo, estamos fazendo um acordo, por escrito, e assinado por nossos líderes, nossos levitas e nossos sacerdotes".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Neemias 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.