Neemias 13
npioncb (NPIONCB) vs ARA
1 त्यस दिन मानिसहरूले सुन्ने गरी मोशाको पुस्तक चर्को आवाजमा पढियो; अनि त्यसमा यस्तो लेखिएको भेट्टाइयो: कुनै पनि अम्मोनी अथवा मोआबीलाई परमेश्वरको समुदायमा कहिल्यै प्रवेश गराउनुहुँदैन।
1 Naquele dia, se leu para o povo no Livro de Moisés; achou-se escrito que os amonitas e os moabitas não entrassem jamais na congregação de Deus,
2 किनकि तिनीहरूले इस्राएलीहरूलाई भोजन र पानी दिएनन्; तर तिनीहरूलाई श्राप दिन भनी बालामलाई रकम दिएर बोलाएका थिए। तरै पनि हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभयो।
2 porquanto não tinham saído ao encontro dos filhos de Israel com pão e água; antes, assalariaram contra eles Balaão para os amaldiçoar; mas o nosso Deus converteu a maldição em bênção.
3 मानिसहरूले यो व्यवस्था सुनेपछि तिनीहरूले विदेशी मूलका सबै मनिसहरूलाई इस्राएलबाट निकालिदिए।
3 Ouvindo eles, o povo, esta lei, apartaram de Israel todo elemento misto.
4 यसअगि पुजारी एल्यासीबलाई परमेश्वरको भवनको भण्डार कोठाहरूको जिम्मावाल बनाइएको थियो। तिनको तोबियाहसँग घनिष्ठ सम्बन्ध थियो।
4 Ora, antes disto, Eliasibe, sacerdote, encarregado da câmara da casa do nosso Deus, se tinha aparentado com Tobias;
5 एल्यासीबले तोबियाहलाई एउटा ठूलो कोठा व्यवस्था गरिदिएका थिए, जहाँ पहिले अन्नबलिहरू, धूप र मन्दिरका सामानहरू र लेवीहरूका, सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति तोकिएका अन्नका नयाँ दाखमद्यका र जैतुन तेलका दशांशहरूको साथमा पुजारीहरूका निम्ति भेटीहरू राखिन्थे।
5 e fizera para este uma câmara grande, onde dantes se depositavam as ofertas de manjares, o incenso, os utensílios e os dízimos dos cereais, do vinho e do azeite, que se ordenaram para os levitas, cantores e porteiros, como também contribuições para os sacerdotes.
6 तर यी सबै कुराहरू हुँदै गर्दा मचाहिँ यरूशलेममा थिइनँ; किनकि बेबिलोनका राजा अर्तसास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्किगएको थिएँ। केही समयपछि मैले राजाबाट अनुमति मागेँ,
6 Mas, quando isso aconteceu, não estive em Jerusalém, porque no trigésimo segundo ano de Artaxerxes, rei da Babilônia, eu fora ter com ele; mas ao cabo de certo tempo pedi licença ao rei e voltei para Jerusalém.
7 र म यरूशलेममा फर्किआएँ। तब एल्यासीबले तोबियाहलाई परमेश्वरको भवनका चोकमा एउटा कोठा दिएर दुष्ट काम गरेको कुरा मैले थाहा पाएँ।
7 Então, soube do mal que Eliasibe fizera para beneficiar a Tobias, fazendo-lhe uma câmara nos pátios da Casa de Deus.
8 मलाई यो कुरा एकदमै मन परेन, र मैले तोबियाहका घरका सबै सामानहरू कोठाबाट बाहिर फ्याँकिदिएँ।
8 Isso muito me indignou a tal ponto, que atirei todos os móveis da casa de Tobias fora da câmara.
9 मैले कोठाहरू शुद्ध गर्ने आदेश दिएँ, र त्यस कोठामा परमेश्वरको भवनका सरसामानहरू, अन्नबलि र धूप राख्न लगाएँ।
9 Então, ordenei que se purificassem as câmaras e tornei a trazer para ali os utensílios da Casa de Deus, com as ofertas de manjares e o incenso.
10 मैले लेवीहरूलाई तोकिएका भागहरू नदिएको र सेवाको जिम्मामा रहेका लेवीहरू र सङ्गीतकारहरू आफ्नै खेतहरूतिर फर्किगएका थाहा पाएँ।
10 Também soube que os quinhões dos levitas não se lhes davam, de maneira que os levitas e os cantores, que faziam o serviço, tinham fugido cada um para o seu campo.
11 यसकारण अधिकृतहरूलाई हप्काएँ, र तिनीहरूलाई सोधेँ, “परमेश्वरको घरको अवहेलना किन गरिएको?” तब मैले तिनीहरूलाई एकसाथ भेला पारेँ, र तिनीहरूलाई आ-आफ्ना काममा नियुक्त गरेँ।
11 Então, contendi com os magistrados e disse: Por que se desamparou a Casa de Deus? Ajuntei os levitas e os cantores e os restituí a seus postos.
12 सारा यहूदाका मानिसहरूले अन्न, नयाँ दाखमद्य र जैतुन तेलका दशांशहरू भण्डारमा ल्याए।
12 Então, todo o Judá trouxe os dízimos dos cereais, do vinho e do azeite aos depósitos.
13 मैले पुजारी शेलेम्याहलाई, शास्त्री सादोकलाई, र पदायाह नाउँका लेवीलाई भण्डारको जिम्मा दिएँ; अनि हानान जक्कूरका छोरा, मत्तन्याहका नातिलाई तिनीहरूको सहायक बनाएँ; किनकि यी मानिसहरू विश्वासयोग्य थिए। तिनीहरूलाई आफ्ना लेवी दाजुभाइहरूलाई आवश्यक सर-सामान बाँडिदिने जिम्मेवारी दिइएको थियो।
13 Por tesoureiros dos depósitos pus Selemias, o sacerdote, Zadoque, o escrivão, e, dentre os levitas, Pedaías; como assistente deles, Hanã, filho de Zacur, filho de Matanias; porque foram achados fiéis, e se lhes encarregou que repartissem as porções para seus irmãos.
14 हे मेरा परमेश्वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्वरका घर र त्यसका सेवाका निम्ति अति विश्वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्।
14 Por isto, Deus meu, lembra-te de mim e não apagues as beneficências que eu fiz à casa de meu Deus e para o seu serviço.
15 ती दिनहरूमा मैले यहूदाका मानिसहरूलाई शब्बाथ दिनमा दाखको कोल पेलिरहेका र अन्न जम्मा गरेर, दाखमद्य, अङ्गुर, नेभारा र अरू किसिमका भारीहरू गधाहरूमा लदाएका देखेँ। तिनीहरूले ती सबै कुरा शब्बाथमा यरूशलेम ल्याउने गर्थे। यसकारण तिनीहरूलाई शब्बाथमा खानेकुरा बेचेको कारण मैले चेतावनी दिएँ।
15 Naqueles dias, vi em Judá os que pisavam lagares ao sábado e traziam trigo que carregavam sobre jumentos; como também vinho, uvas e figos e toda sorte de cargas, que traziam a Jerusalém no dia de sábado; e protestei contra eles por venderem mantimentos neste dia.
16 यरूशलेममा बस्ने टायरका मानिसहरूले माछाहरू र सबै किसिमका व्यापारका सामानहरू यरूशलेममा ल्याए, र शब्बाथ दिनमा यहूदाका मानिसहरूलाई बेचिरहेका थिए।
16 Também habitavam em Jerusalém tírios que traziam peixes e toda sorte de mercadorias, que no sábado vendiam aos filhos de Judá e em Jerusalém.
17 मैले यहूदाका अधिकारीहरूलाई हप्काएँ, र तिनीहरूलाई भनेँ, “तिमीहरूले शब्बाथ दिनलाई अपवित्र पार्दै यो कस्तो दुष्ट काम गरिरहेका छौ?
17 Contendi com os nobres de Judá e lhes disse: Que mal é este que fazeis, profanando o dia de sábado?
18 के तिमीहरूका पुर्खाहरूले यस्तै काम गरेनन् र? त्यसकारण हाम्रा परमेश्वरले हामीमाथि र यस सहरमाथि सबै विपत्तिहरू ल्याउनुभएको होइन र? अब तिमीहरूले शब्बाथ दिनलाई अपवित्र पारेर इस्राएलमाथि उहाँको क्रोध बढाइरहेका छौ।”
18 Acaso, não fizeram vossos pais assim, e não trouxe o nosso Deus todo este mal sobre nós e sobre esta cidade? E vós ainda trazeis ira maior sobre Israel, profanando o sábado.
19 जब शब्बाथको दिन अगि यरूशलेमका मूलढोकाहरूमा साँझको अँध्यारोको छाया पर्न थाल्यो, तब मैले शब्बाथ नबितेसम्म ढोकाहरू बन्द गर्न र नखोल्न आदेश दिएँ। मैले शब्बाथ दिनमा कुनै पनि भारी भित्र ल्याउन नसकून् भनेर मूलढोकामा मेरा आफ्ना केही मानिसहरूलाई खटाएँ।
19 Dando já sombra as portas de Jerusalém antes do sábado, ordenei que se fechassem; e determinei que não se abrissem, senão após o sábado; às portas coloquei alguns dos meus moços, para que nenhuma carga entrasse no dia de sábado.
20 एक-दुई पटक व्यापारीहरू र सबै किसिमका सामान बेच्नेहरू यरूशलेमबाहिर नै रात बिताए।
20 Então, os negociantes e os vendedores de toda sorte de mercadorias pernoitaram fora de Jerusalém, uma ou duas vezes.
21 तर मैले तिनीहरूलाई चेतावनी दिएर भनेँ, “तिमीहरू किन पर्खालको छेउमा रात बिताउँछौ? यदि तिमीहरूले फेरि पनि यसै गर्यौ भने म तिमीहरूलाई कारबाही गर्नेछु।” त्यस दिनदेखि उसो तिनीहरू शब्बाथको दिनमा आउन छोडे।
21 Protestei, pois, contra eles e lhes disse: Por que passais a noite defronte do muro? Se outra vez o fizerdes, lançarei mão sobre vós. Daí em diante não tornaram a vir no sábado.
22 त्यसपछि मैले लेवीहरूलाई आफैँ शुद्ध हुन, र शब्बाथ दिनलाई पवित्र राख्न मूलढोकामा आएर पहरा दिन आज्ञा दिएँ।
22 Também mandei aos levitas que se purificassem e viessem guardar as portas, para santificar o dia de sábado. Também nisto, Deus meu, lembra-te de mim; e perdoa-me segundo a abundância da tua misericórdia.
23 यसबाहेक मैले ती दिनहरूमा यहूदाका मानिसहरूले अश्दोद, अम्मोनी र मोआबीहरूबाट स्त्रीहरूलाई विवाह गरिरहेका भेट्टाएँ।
23 Vi também, naqueles dias, que judeus haviam casado com mulheres asdoditas, amonitas e moabitas.
24 तिनीहरूका आधा सन्तानले अश्दोदका अथवा अरू जातिका भाषाहरू बोल्थे, तर तिनीहरूले यहूदाको भाषा बोल्न जान्दैनथिए।
24 Seus filhos falavam meio asdodita e não sabiam falar judaico, mas a língua de seu respectivo povo.
25 मैले तिनीहरूलाई हप्काएँ, र सरापको भागीदार बनाएँ। मैले केही मानिसहरूलाई पिटेँ; अनि तिनीहरूका केश उखेलिदिएँ। मैले तिनीहरूलाई परमेश्वरको नाममा शपथ खान लगाएर भनेँ, “तिमीहरूले आफ्ना छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिनेछैनौँ, न त तिमीहरूले आफ्ना छोराहरूका निम्ति अथवा आफ्नै निम्ति तिनीहरूका छोरीहरू विवाह गरेर ल्याउँनेछौ।
25 Contendi com eles, e os amaldiçoei, e espanquei alguns deles, e lhes arranquei os cabelos, e os conjurei por Deus, dizendo: Não dareis mais vossas filhas a seus filhos e não tomareis mais suas filhas, nem para vossos filhos nem para vós mesmos.
26 के यस्तै विवाहको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन् र? धेरै जातिहरूका बीचमा तिनीजस्ता राजा अरू कोही थिएनन्। तिनलाई तिनका परमेश्वरले प्रेम गर्नुहुन्थ्यो, र परमेश्वरले तिनलाई सारा इस्राएलमाथि राजा बनाउनुभयो; तर तिनलाई समेत विदेशी स्त्रीहरूले पाप गर्न लगाए।
26 Não pecou nisto Salomão, rei de Israel? Todavia, entre muitas nações não havia rei semelhante a ele, e ele era amado do seu Deus, e Deus o constituiu rei sobre todo o Israel. Não obstante isso, as mulheres estrangeiras o fizeram cair no pecado.
27 के अब तिमीहरूले पनि विदेशी स्त्रीहरूसित विवाह गरेर हाम्रा परमेश्वरप्रति अविश्वासयोग्य भएर यस्ता सबै दुष्टता गरिरहेका कुरा हामीले सुन्ने?”
27 Dar-vos-íamos nós ouvidos, para fazermos todo este grande mal, prevaricando contra o nosso Deus, casando com mulheres estrangeiras?
28 प्रधान पुजारी एल्यासीबका एक जना छोरा यहोयादाचाहिँ होरोनी सन्बलतका जुवाइँ थिए। मैले त्यसलाई त्यहाँबाट निकालिदिएँ।
28 Um dos filhos de Joiada, filho do sumo sacerdote Eliasibe, era genro de Sambalate, o horonita, pelo que o afugentei de mim.
29 हे मेरा परमेश्वर, तिनीहरूले पुजारी पदलाई, पुजारी र लेवीको करारलाई अशुद्ध पारेका कारण तिनीहरूलाई स्मरण गर्नुहोस्।
29 Lembra-te deles, Deus meu, pois contaminaram o sacerdócio, como também a aliança sacerdotal e levítica.
30 यसकारण मैले पुजारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराहरूबाट शुद्ध पारेँ; अनि तिनीहरू हरेकलाई तिनीहरूका आ-आफ्ना काम सुम्पिदिएँ।
30 Limpei-os, pois, de toda estrangeirice e designei o serviço dos sacerdotes e dos levitas, cada um no seu mister,
31 मैले तोकिएको समयको लागि काठको दान र अगौटे फलको व्यवस्था पनि गरिदिएँ।
31 como também o fornecimento de lenha em tempos determinados, bem como as primícias. Lembra-te de mim, Deus meu, para o meu bem.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Neemias 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.