Mateus 26
npioncb (NPIONCB) vs NTLH
1 जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
1 Quando Jesus acabou de ensinar essas coisas, disse aos discípulos:
2 “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।”
2 — Vocês sabem que daqui a dois dias vai ser comemorada a
3 तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए।
3 Os chefes dos sacerdotes e os líderes judeus se reuniram no palácio de Caifás, o Grande Sacerdote ,
4 तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे।
4 e fizeram um plano para prender Jesus em segredo e matá-lo.
5 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्चिन्छ।”
5 Eles diziam: — Não vamos fazer isso durante a festa, para não haver uma revolta no meio do povo.
6 येशू बेथानीमा सिमोन नाम भएका कुष्ठरोगीको घरमा हुनुहुँदा,
6 — ausente —
7 एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्नुभएको बेला उहाँको शिरमाथि खन्याइन्।
7 — ausente —
8 जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको?
8 Ao verem aquilo, os discípulos ficaram zangados e disseram: — Que desperdício!
9 यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।”
9 Esse perfume poderia ter sido vendido por uma fortuna, e o dinheiro, dado aos pobres.
10 त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्।
10 Mas Jesus, sabendo o que eles diziam, disse:
11 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ।
11 Pois os pobres estarão sempre com vocês, mas eu não.
12 जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्।
12 O que ela fez foi perfumar o meu corpo para o meu sepultamento.
13 म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
13 Eu afirmo a vocês que isto é verdade: em qualquer lugar do mundo onde o
14 त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
14 Então um dos doze discípulos, chamado Judas Iscariotes, foi falar com os chefes dos sacerdotes.
15 र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्काहरू दिए।
15 Ele disse: — Quanto vocês me pagam para eu lhes entregar Jesus? E eles lhe pagaram trinta moedas de prata.
16 त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो।
16 E daí em diante Judas ficou procurando uma oportunidade para entregar Jesus.
17 अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्ने तपाईं चाहनुहुन्छ?”
17 No primeiro dia da Festa dos Pães sem Fermento , os discípulos chegaram perto de Jesus e perguntaram: — Onde é que o senhor quer que a gente prepare o jantar da
18 उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्नेछु।’ ”
18 Ele respondeu:
19 चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे।
19 Os discípulos fizeram como Jesus havia mandado e prepararam o jantar da Páscoa.
20 जब साँझ पर्यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो।
20 Quando anoiteceu, Jesus e os doze discípulos sentaram para comer.
21 उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
21 Durante o jantar Jesus disse:
22 तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?”
22 Eles ficaram muito tristes e, um por um, começaram a perguntar: — O senhor não está achando que sou eu; está?
23 येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ।
23 Jesus respondeu:
24 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
24 Pois o
25 तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?”
25 Então Judas, o traidor, perguntou: — Mestre, o senhor não está achando que sou eu; está? Jesus respondeu:
26 जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।”
26 Enquanto estavam comendo, Jesus pegou o pão e deu graças a Deus. Depois partiu o pão e o deu aos discípulos, dizendo:
27 त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
27 Em seguida, pegou o cálice de vinho e agradeceu a Deus. Depois passou o cálice aos discípulos, dizendo:
28 यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ।
28 porque isto é o meu sangue, que é derramado em favor de muitos para o perdão dos pecados, o sangue que garante a
29 म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।”
29 Eu afirmo a vocês que nunca mais beberei deste vinho até o dia em que beber com vocês um vinho novo no
30 एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
30 Então eles cantaram canções de louvor e foram para o monte das Oliveiras.
31 तब येशूले तिनीहरूलाई भन्नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ:
31 E Jesus disse aos discípulos:
32 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
32 Mas, depois que eu ressuscitar, irei adiante de vocês para a Galileia.
33 पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।”
33 Então Pedro disse a Jesus: — Eu nunca abandonarei o senhor, mesmo que todos o abandonem.
34 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आज राति नै भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
34 Mas Jesus lhe disse:
35 तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने।
35 Pedro respondeu: — Eu nunca vou dizer que não o conheço, mesmo que eu tenha de morrer com o senhor! E todos os outros discípulos disseram a mesma coisa.
36 तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!”
36 Jesus foi com os discípulos para um lugar chamado Getsêmani e lhes disse:
37 उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो।
37 Então Jesus foi, levando consigo Pedro e os dois filhos de Zebedeu. Aí ele começou a sentir uma grande tristeza e aflição
38 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!”
38 e disse a eles:
39 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
39 Ele foi um pouco mais adiante, ajoelhou-se, encostou o rosto no chão e orou:
40 तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ?
40 Depois voltou e encontrou os três discípulos dormindo. Então disse a Pedro:
41 जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
41 Vigiem e orem para que não sejam tentados. É fácil querer resistir à tentação; o difícil mesmo é conseguir.
42 उहाँ दोस्रोपल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।”
42 Pela segunda vez Jesus foi e orou, dizendo:
43 जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए।
43 Ele voltou de novo e encontrou os discípulos dormindo. Eles estavam com sono e não conseguiam ficar com os olhos abertos.
44 यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्याउँदै प्रार्थना गर्नुभयो।
44 Jesus tornou a sair de perto deles e orou pela terceira vez, dizendo as mesmas palavras.
45 तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।
45 Então voltou até onde os discípulos estavam e perguntou:
46 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
46 Levantem-se, e vamos embora. Vejam! Aí vem chegando o homem que está me traindo!
47 उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो।
47 Jesus ainda estava falando, quando chegou Judas, um dos doze discípulos. Vinha com ele uma grande multidão armada com espadas e porretes, que tinha sido mandada pelos chefes dos sacerdotes e pelos líderes judeus.
48 त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।”
48 O traidor tinha combinado com eles um sinal. Ele tinha dito: “Prendam o homem que eu beijar, pois é ele.”
49 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।
49 Judas foi até perto de Jesus e disse: — Mestre, que a paz esteja com o senhor! E o beijou.
50 येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।”
50 Jesus respondeu: Então eles chegaram, prenderam Jesus e o amarraram.
51 यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।
51 Mas um dos que estavam ali com Jesus tirou a espada, atacou um empregado do Grande Sacerdote e cortou uma orelha dele.
52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्ट हुनेछ।
52 Aí Jesus disse:
53 तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्न र?
53 Você não sabe que, se eu pedisse ajuda ao meu Pai, ele me mandaria agora mesmo doze exércitos de anjos?
54 तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्ने कुरा कसरी पूरा हुने त?”
54 Mas, nesse caso, como poderia se cumprir aquilo que as
55 त्यस बेला येशूले त्यस भीडलाई भन्नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन।
55 Depois Jesus disse para aquela gente:
56 तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे।
56 Mas tudo isso está acontecendo para se cumprir o que os Então todos os discípulos abandonaram Jesus e fugiram.
57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए।
57 Os homens que prenderam Jesus o levaram até a casa do Grande Sacerdote Caifás, onde estavam reunidos alguns mestres da Lei e alguns líderes judeus.
58 तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे।
58 Pedro seguiu Jesus de longe até o pátio da casa do Grande Sacerdote. Entrou e sentou-se com os guardas para ver como aquilo ia terminar.
59 मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए।
59 Os chefes dos sacerdotes e todo o Conselho Superior estavam procurando alguma acusação falsa contra Jesus a fim de o condenar à morte.
60 तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्।
60 Mas não puderam encontrar nada contra ele, embora muitos se levantassem para dizer mentiras a respeito dele. Afinal dois homens se apresentaram
61 घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ”
61 e disseram: — Este homem afirmou: “Eu posso destruir o Templo de Deus e construí-lo de novo em três dias.”
62 तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”
62 Aí o Grande Sacerdote se levantou e perguntou a Jesus: — Você não vai se defender desta acusação?
63 तर येशू चुप रहनुभयो।
63 Mas Jesus ficou calado. Então o Grande Sacerdote tornou a perguntar: — Em nome do Deus vivo, eu exijo que você diga para nós: você é o
64 येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
64 Jesus respondeu:
65 तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्वरनिन्दा सुनिहाल्नुभयो।
65 Aí o Grande Sacerdote rasgou as suas próprias roupas e disse: — Ele
66 तपाईंहरू के विचार गर्नुहुन्छ?”
66 Então, o que resolvem? Eles responderam: — Ele é culpado e deve morrer!
67 तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्का लगाए। अरूले थप्पड लगाएर
67 Em seguida cuspiram no rosto de Jesus e deram bofetadas nele. E os que batiam nele
68 भने, “हे ख्रीष्ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”
68 diziam: — Ei, Messias, adivinhe para nós quem foi que bateu em você!
69 अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।”
69 Pedro estava sentado lá fora no pátio, quando uma das empregadas chegou perto dele e disse: — Você também estava com Jesus da Galileia.
70 तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।”
70 Mas ele negou diante de todos, dizendo: — Eu não sei do que é que você está falando.
71 तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।”
71 Depois foi para a entrada do pátio. Outra empregada o viu e disse às pessoas que estavam ali: — Ele estava com Jesus de Nazaré.
72 तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।”
72 Pedro negou outra vez, respondendo: — Juro que não conheço esse homem!
73 केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।”
73 Pouco depois, os que estavam ali chegaram perto de Pedro e disseram: — O seu modo de falar mostra que, de fato, você também é um deles.
74 तब तिनले आफूलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।”
74 Então Pedro disse: — Juro que não conheço esse homem! Que Deus me castigue se não estou dizendo a verdade! Naquele instante o galo cantou,
75 अनि पत्रुसले तिनलाई येशूले यसो भन्नुभएको यो वचन सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
75 e Pedro lembrou que Jesus lhe tinha dito: “Antes que o galo cante, você dirá três vezes que não me conhece.” Então Pedro saiu dali e chorou amargamente.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Mateus 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.