Mateus 25

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 “त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए।
1 "O Reino dos céus, pois, será semelhante a dez virgens que pegaram suas candeias e saíram para encontrar-se com o noivo.
2 तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए।
2 Cinco delas eram insensatas, e cinco eram prudentes.
3 ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्।
3 As insensatas pegaram suas candeias, mas não levaram óleo consigo.
4 तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे।
4 As prudentes, porém, levaram óleo em vasilhas juntamente com suas candeias.
5 दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्‍क निदाए।
5 O noivo demorou a chegar, e todas ficaram com sono e adormeceram.
6 “मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’
6 "À meia-noite, ouviu-se um grito: ‘O noivo se aproxima! Saiam para encontrá-lo! ’
7 “तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे।
7 "Então todas as virgens acordaram e prepararam suas candeias.
8 ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’
8 As insensatas disseram às prudentes: ‘Dêem-nos um pouco do seu óleo, pois as nossas candeias estão se apagando’.
9 “तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’
9 "Elas responderam: ‘Não, pois pode ser que não haja o suficiente para nós e para vocês. Vão comprar óleo para vocês’.
10 “तर जब तिनीहरू तेल किन्‍न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
10 "E saindo elas para comprar o óleo, chegou o noivo. As virgens que estavam preparadas entraram com ele para o banquete nupcial. E a porta foi fechada.
11 “पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’
11 "Mais tarde vieram também as outras e disseram: ‘Senhor! Senhor! Abra a porta para nós! ’
12 “तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
12 "Mas ele respondeu: ‘A verdade é que não as conheço! ’
13 “यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।
13 "Portanto, vigiem, porque vocês não sabem o dia nem a hora! "
14 “फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए।
14 "E também será como um homem que, ao sair de viagem, chamou seus servos e confiou-lhes os seus bens.
15 तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्‍का, अर्कोलाई दुई झोला सुनका सिक्‍का र अर्कोलाई एक झोला सुनका सिक्‍का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे।
15 A um deu cinco talentos, a outro dois, e a outro um; a cada um de acordo com a sua capacidade. Em seguida partiu de viagem.
16 पाँच झोला सुनका सिक्‍का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो।
16 O que havia recebido cinco talentos saiu imediatamente, aplicou-os, e ganhou mais cinco.
17 दुई झोला सुनका सिक्‍का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो।
17 Também o que tinha dois talentos ganhou mais dois.
18 तर एक झोला सुनका सिक्‍का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो।
18 Mas o que tinha recebido um talento saiu, cavou um buraco no chão e escondeu o dinheiro do seu senhor.
19 “धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे।
19 "Depois de muito tempo o senhor daqueles servos voltou e acertou contas com eles.
20 पाँच झोला सुनका सिक्‍का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’
20 O que tinha recebido cinco talentos trouxe os outros cinco e disse: ‘O senhor me confiou cinco talentos; veja, eu ganhei mais cinco’.
21 “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
21 "O senhor respondeu: ‘Muito bem, servo bom e fiel! Você foi fiel no pouco; eu o porei sobre o muito. Venha e participe da alegria do seu senhor! ’
22 “दुई झोला सुनका सिक्‍का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’
22 "Veio também o que tinha recebido dois talentos e disse: ‘O senhor me confiou dois talentos; veja, eu ganhei mais dois’.
23 “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
23 "O senhor respondeu: ‘Muito bem, servo bom e fiel! Você foi fiel no pouco; eu o porei sobre o muito. Venha e participe da alegria do seu senhor! ’
24 “त्यसपछि एक झोला सुनको सिक्‍का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ।
24 "Por fim veio o que tinha recebido um talento e disse: ‘Eu sabia que o senhor é um homem severo, que colhe onde não plantou e junta onde não semeou.
25 तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’
25 Por isso, tive medo, saí e escondi o seu talento no chão. Veja, aqui está o que lhe pertence’.
26 “त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्‍ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्‍ने तँलाई थाहा थियो?
26 "O senhor respondeu: ‘Servo mau e negligente! Você sabia que eu colho onde não plantei e junto onde não semeei?
27 त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ।
27 Então você devia ter confiado o meu dinheiro aos banqueiros, para que, quando eu voltasse, o recebesse de volta com juros.
28 “ ‘त्यसबाट त्यो सुनको सिक्‍काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ।
28 " ‘Tirem o talento dele e entreguem-no ao que tem dez.
29 किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
29 Pois a quem tem, mais será dado, e terá em grande quantidade. Mas a quem não tem, até o que tem lhe será tirado.
30 अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
30 E lancem fora o servo inútil, nas trevas, onde haverá choro e ranger de dentes’ ".
31 “जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्‍नेछ।
31 "Quando o Filho do homem vier em sua glória, com todos os anjos, assentar-se-á em seu trono na glória celestial.
32 सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने।
32 Todas as nações serão reunidas diante dele, e ele separará umas das outras como o pastor separa as ovelhas dos bodes.
33 उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ।
33 E colocará as ovelhas à sua direita e os bodes à sua esquerda.
34 “तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्‍नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ।
34 "Então o Rei dirá aos que estiverem à sua direita: ‘Venham, benditos de meu Pai! Recebam como herança o Reino que lhes foi preparado desde a criação do mundo.
35 किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्‍यौ,
35 Pois eu tive fome, e vocês me deram de comer; tive sede, e vocês me deram de beber; fui estrangeiro, e vocês me acolheram;
36 मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्‍यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’
36 necessitei de roupas, e vocês me vestiram; estive enfermo, e vocês cuidaram de mim; estive preso, e vocês me visitaram’.
37 “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ?
37 "Então os justos lhe responderão: ‘Senhor, quando te vimos com fome e te demos de comer, ou com sede e te demos de beber?
38 हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्‍यौँ अथवा वस्त्रको अभावमा पहिर्‍यायौँ?
38 Quando te vimos como estrangeiro e te acolhemos, ou necessitado de roupas e te vestimos?
39 हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’
39 Quando te vimos enfermo ou preso e fomos te visitar? ’
40 “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ।’
40 "O Rei responderá: ‘Digo-lhes a verdade: o que vocês fizeram a algum dos meus menores irmãos, a mim o fizeram’.
41 “तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ।
41 "Então ele dirá aos que estiverem à sua esquerda: ‘Malditos, apartem-se de mim para o fogo eterno, preparado para o diabo e os seus anjos.
42 किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ।
42 Pois eu tive fome, e vocês não me deram de comer; tive sede, e nada me deram para beber;
43 म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्‍याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’
43 fui estrangeiro, e vocês não me acolheram; necessitei de roupas, e vocês não me vestiram; estive enfermo e preso, e vocês não me visitaram’.
44 “तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौँ, र तपाईंलाई सहायता दिएनौँ?’
44 "Eles também responderão: ‘Senhor, quando te vimos com fome ou com sede ou estrangeiro ou necessitado de roupas ou enfermo ou preso, e não te ajudamos? ’
45 “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’
45 "Ele responderá: ‘Digo-lhes a verdade: o que vocês deixaram de fazer a alguns destes mais pequeninos, também a mim deixaram de fazê-lo’.
46 “तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।”
46 "E estes irão para o castigo eterno, mas os justos para a vida eterna".

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.