Mateus 23

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्‍नुभयो:
1 Então Jesus falou à multidão e aos seus discípulos.
2 “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्।
2 Ele disse:
3 यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्।
3 Por isso vocês devem obedecer e seguir tudo o que eles dizem. Porém não imitem as suas ações, pois eles não fazem o que ensinam.
4 तिनीहरूले बोक्नै नसक्ने गह्रौँ भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैँचाहिँ ती उचाल्नलाई आफ्नो एक औँलासमेत चलाउँदैनन्।
4 Amarram fardos pesados e os põem nas costas dos outros, mas eles mesmos não os ajudam, nem ao menos com um dedo, a carregar esses fardos.
5 “तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लामा बनाउँछन्।
5 Tudo o que eles fazem é para serem vistos pelos outros. Vejam como são grandes os trechos das das suas
6 तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन् र सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्।
6 Eles preferem os melhores lugares nos banquetes e os lugares de honra nas
7 तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्।
7 Gostam de ser cumprimentados com respeito nas praças e de ser chamados de “mestre”.
8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्; किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ।
8 Porém vocês não devem ser chamados de “mestre”, pois todos vocês são membros de uma mesma família e têm somente um Mestre.
9 अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ।
9 E aqui na terra não chamem ninguém de pai porque vocês têm somente um Pai, que está no céu.
10 न त तिमीहरूलाई ‘शिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै मात्र शिक्षक हुनुहुन्छ जो ख्रीष्‍ट हुनुहुन्छ।
10 Vocês não devem também ser chamados de “líderes” porque vocês têm um líder, o
11 तिमीहरूमा जो सबैभन्दा उच्‍च छ, त्यो नै तिमीहरूका सेवक हुनेछ।
11 Entre vocês, o mais importante é aquele que serve os outros.
12 किनकि जसले आफूलाई उच्‍च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्‍च पारिनेछ।
12 Quem se engrandece será humilhado, mas quem se humilha será engrandecido.
13 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू मानिसहरूका सामु स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न त प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ।
13 — Ai de vocês,
14 ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ, र देखाउनका लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ।
14 [— Ai de vocês, mestres da Lei e fariseus, hipócritas! Pois vocês exploram as viúvas e roubam os seus bens e, para disfarçarem, fazem longas orações! Por isso o castigo de vocês será pior!]
15 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू एक जनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चाहार्छौ। अनि त्यो तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुईगुणा नरकको छोरा बनाउँछौ।
15 — Ai de vocês, mestres da Lei e fariseus, hipócritas! Pois vocês atravessam os mares e viajam por todas as terras a fim de procurar converter uma pessoa para a sua religião. E, quando conseguem, tornam essa pessoa duas vezes mais merecedora do inferno do que vocês mesmos.
16 “ए दृष्‍टिविहीन अगुवाहरू हो, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यस शपथले त्यो बाँधिनेछ।’
16 — Ai de vocês, guias cegos! Pois vocês ensinam assim: “Se alguém jurar pelo Templo, não é obrigado a cumprir o juramento. Mas, se alguém jurar pelo ouro do Templo, então é obrigado a cumprir o que jurou.”
17 तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर?
17 Tolos e cegos! Qual é mais importante: o ouro ou o Templo que
18 तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने यसको अर्थ हुँदैन। तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’
18 Vocês também ensinam isto: “Se alguém jurar pelo altar, não é obrigado a cumprir o juramento. Mas, se jurar pela oferta que está no altar, então é obrigado a cumprir o que jurou.”
19 हे मूर्ख र दृष्‍टिविहीन मानिसहरू हो! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?
19 Cegos! Qual é mais importante: a oferta ou o altar que santifica a oferta?
20 यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदी र त्यसमाथि राखिएका प्रत्येक कुराको शपथ खान्छ।
20 Por isso, quando alguém jura pelo altar, está jurando pelo altar e por todas as ofertas que estão em cima dele.
21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिर र मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ।
21 Quando alguém jura pelo Templo, está jurando pelo Templo e por Deus, que mora ali.
22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासन र त्यसमाथि बस्‍नुहुनेको शपथ खान्छ।
22 E, quando alguém jura pelo céu, está jurando pelo trono de Deus e pelo próprio Deus, que está sentado nele.
23 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्‍वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो।
23 — Ai de vocês, mestres da Lei e fariseus, hipócritas! Pois vocês dão a Deus a décima parte até mesmo da hortelã, da erva-doce e do
24 तिमी दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ।
24 Guias cegos! Coam um mosquito, mas engolem um camelo!
25 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ।
25 — Ai de vocês, mestres da Lei e fariseus, hipócritas! Pois vocês lavam o copo e o prato por fora, mas por dentro estes estão cheios de coisas que vocês conseguiram pela violência e pela ganância.
26 ए दृष्‍टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ।
26 Fariseu cego! Lave primeiro o copo por dentro, e então a parte de fora também ficará limpa!
27 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्।
27 — Ai de vocês, mestres da Lei e fariseus, hipócritas! Pois vocês são como túmulos pintados de branco, que por fora parecem bonitos, mas por dentro estão cheios de ossos de mortos e de podridão.
28 यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्‍टताले भरिएका छौ।
28 Por fora vocês parecem boas pessoas, mas por dentro estão cheios de mentiras e pecados.
29 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ।
29 — Ai de vocês,
30 र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’
30 E dizem: “Se tivéssemos vivido no tempo dos nossos antepassados, não teríamos feito o que eles fizeram, não teríamos matado os profetas.”
31 यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ।
31 Assim vocês confirmam que são descendentes daqueles que mataram os profetas.
32 त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर!
32 Portanto, vão e terminem o que eles começaram!
33 “हे सर्पहरू हो! साँबे सर्पका बच्‍चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ?
33 Cobras venenosas, ninhada de cobras! Como esperam escapar da condenação do inferno?
34 यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ।
34 Pois eu lhes mandarei profetas, homens sábios e mestres. Vocês vão matar alguns, crucificar outros, chicotear ainda outros nas
35 यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ।
35 Por isso Deus castigará vocês pela morte de todas as pessoas inocentes que os antepassados de vocês mataram, desde a morte do inocente Abel até a de Zacarias, filho de Baraquias, que vocês mataram entre o Templo e o altar.
36 म तिमीहरूलाई साँच्‍चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्।
36 Eu afirmo a vocês que isto é verdade: o castigo por tudo isso cairá sobre o povo de hoje.
37 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पटक तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।
37 Jesus terminou, dizendo:
38 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ।
38 Agora a casa de vocês ficará completamente abandonada.
39 म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”
39 Eu afirmo que vocês não me verão mais, até chegar o tempo em que dirão: “Deus abençoe aquele que vem em nome do Senhor!”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.