Mateus 18

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?”
1 Neste momento os discípulos aproximaram-se de Jesus e perguntaram-lhe: Quem é o maior no Reino dos céus?
2 उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो,
2 Jesus chamou uma criancinha, colocou-a no meio deles e disse:
3 र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
3 Em verdade vos declaro: se não vos transformardes e vos tornardes como criancinhas, não entrareis no Reino dos céus.
4 यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;
4 Aquele que se fizer humilde como esta criança será maior no Reino dos céus.
5 अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।
5 E o que recebe em meu nome a um menino como este, é a mim que recebe.
6 “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो।
6 Mas, se alguém fizer cair em pecado um destes pequenos que crêem em mim, melhor fora que lhe atassem ao pescoço a mó de um moinho e o lançassem no fundo do mar.
7 पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!
7 Ai do mundo por causa dos escândalos! Eles são inevitáveis, mas ai do homem que os causa!
8 तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
8 Por isso, se tua mão ou teu pé te fazem cair em pecado, corta-os e lança-os longe de ti: é melhor para ti entrares na vida coxo ou manco que, tendo dois pés e duas mãos, seres lançado no fogo eterno.
9 अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
9 Se teu olho te leva ao pecado, arranca-o e lança-o longe de ti: é melhor para ti entrares na vida cego de um olho que seres jogado com teus dois olhos no fogo da geena.
10 “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्।
10 Guardai-vos de menosprezar um só destes pequenos, porque eu vos digo que seus anjos no céu contemplam sem cessar a face de meu Pai que está nos céus.
11 किनकि मानिसको पुत्र हराएकालाई बचाउन आएको हो।
11 {Porque o Filho do Homem veio salvar o que estava perdido.}
12 “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र?
12 Que vos parece? Um homem possui cem ovelhas: uma delas se desgarra. Não deixa ele as noventa e nove na montanha, para ir buscar aquela que se desgarrou?
13 म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।
13 E se a encontra, sente mais júbilo do que pelas noventa e nove que não se desgarraram.
14 यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ।
14 Assim é a vontade de vosso Pai celeste, que não se perca um só destes pequeninos.
15 “यदि तिम्रो सहविश्‍वासीले तिम्रो विरुद्धमा पाप गर्‍यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।
15 Se teu irmão tiver pecado contra ti, vai e repreende-o entre ti e ele somente; se te ouvir, terás ganho teu irmão.
16 तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्‍का भएको होस्।’
16 Se não te escutar, toma contigo uma ou duas pessoas, a fim de que toda a questão se resolva pela decisão de duas ou três testemunhas.
17 यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर।
17 Se recusa ouvi-los, dize-o à Igreja. E se recusar ouvir também a Igreja, seja ele para ti como um pagão e um publicano.
18 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।
18 Em verdade vos digo: tudo o que ligardes sobre a terra será ligado no céu, e tudo o que desligardes sobre a terra será também desligado no céu.
19 “साँच्‍चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ।
19 Digo-vos ainda isto: se dois de vós se unirem sobre a terra para pedir, seja o que for, consegui-lo-ão de meu Pai que está nos céus.
20 किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”
20 Porque onde dois ou três estão reunidos em meu nome, aí estou eu no meio deles.
21 तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पटक क्षमा गरूँ? के सातपल्ट?”
21 Então Pedro se aproximou dele e disse: Senhor, quantas vezes devo perdoar a meu irmão, quando ele pecar contra mim? Até sete vezes?
22 येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।
22 Respondeu Jesus: Não te digo até sete vezes, mas até setenta vezes sete.
23 “यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे।
23 Por isso, o Reino dos céus é comparado a um rei que quis ajustar contas com seus servos.
24 तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्‍का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो।
24 Quando começou a ajustá-las, trouxeram-lhe um que lhe devia dez mil talentos.
25 उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्‍चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्‍ने हुकुम दिए।
25 Como ele não tinha com que pagar, seu senhor ordenou que fosse vendido, ele, sua mulher, seus filhos e todos os seus bens para pagar a dívida.
26 “त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’
26 Este servo, então, prostrou-se por terra diante dele e suplicava-lhe: Dá-me um prazo, e eu te pagarei tudo!
27 त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए।
27 Cheio de compaixão, o senhor o deixou ir embora e perdoou-lhe a dívida.
28 “तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्‍का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्‍यो।
28 Apenas saiu dali, encontrou um de seus companheiros de serviço que lhe devia cem denários. Agarrou-o na garganta e quase o estrangulou, dizendo: Paga o que me deves!
29 “ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’
29 O outro caiu-lhe aos pés e pediu-lhe: Dá-me um prazo e eu te pagarei!
30 “तर उसले अस्वीकार गर्‍यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो।
30 Mas, sem nada querer ouvir, este homem o fez lançar na prisão, até que tivesse pago sua dívida.
31 तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए।
31 Vendo isto, os outros servos, profundamente tristes, vieram contar a seu senhor o que se tinha passado.
32 “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्‍ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ।
32 Então o senhor o chamou e lhe disse: Servo mau, eu te perdoei toda a dívida porque me suplicaste.
33 मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’
33 Não devias também tu compadecer-te de teu companheiro de serviço, como eu tive piedade de ti?
34 रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्‍ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।
34 E o senhor, encolerizado, entregou-o aos algozes, até que pagasse toda a sua dívida.
35 “तिमीहरूले पनि आफ्ना सहविश्‍वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।”
35 Assim vos tratará meu Pai celeste, se cada um de vós não perdoar a seu irmão, de todo seu coração.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.