Mateus 15

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 तब यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे,
1 Então alguns fariseus e escribas vieram de Jerusalém até Jesus e perguntaram:
2 “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।”
2 — Por que os seus discípulos transgridem a tradição dos anciãos? Pois não lavam as mãos, quando comem.
3 येशूले जवाफ दिनुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञा भङ्ग गर्छौ?
3 Jesus, porém, lhes respondeu:
4 किनकि परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
4 Porque Deus disse: “Honre o seu pai e a sua mãe.” E: “Quem maldisser o seu pai ou a sua mãe seja punido de morte.”
5 तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्‍वरलाई चढाइसकिएको छ’ भन्यो भने,
5 Vocês, porém, dizem que, se alguém disser ao seu pai ou à sua mãe: “A ajuda que você poderia receber de mim é oferta ao Senhor”,
6 त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।
6 esse não precisará mais honrar os seus pais. E, assim, vocês invalidam a palavra de Deus, por causa da tradição de vocês.
7 ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए:
7 Hipócritas! Bem profetizou Isaías a respeito de vocês, dizendo:
8 “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्,
8 “Este povo me honra
9 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्;
9 E em vão me adoram,
10 अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “सुन र बुझ।
10 E, convocando a multidão, Jesus disse:
11 जे मानिसको मुखबाट भित्र पस्छ, त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध पार्छ।”
11 o que contamina a pessoa não é o que entra pela boca, mas o que sai da boca; isto, sim, contamina a pessoa.
12 तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा भयो?”
12 Então, aproximando-se dele os discípulos, disseram: — Sabia que os fariseus, ouvindo o que o senhor disse, ficaram escandalizados?
13 उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोपेको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ।
13 Mas ele respondeu:
14 तिनीहरूलाई छोडिदेओ; ती दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउँछ भने दुवै खाडलमा पर्नेछन्।”
14 Esqueçam os fariseus; são cegos, guias de cegos. Ora, se um cego guiar outro cego, ambos cairão num buraco.
15 पत्रुसले भने, “यस दृष्‍टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।”
15 Então Pedro disse a Jesus: — Explique-nos esta parábola.
16 येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरू अझै अबुझ छौ?
16 Jesus, porém, disse:
17 जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ?
17 Não compreendem que tudo o que entra pela boca desce para o estômago e depois é eliminado?
18 तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ।
18 Mas o que sai da boca vem do coração, e é isso que contamina a pessoa.
19 किनकि हृदयबाट दुष्‍ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।
19 Porque do coração procedem maus pensamentos, homicídios, adultérios, imoralidade sexual, furtos, falsos testemunhos, blasfêmias.
20 यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”
20 São estas as coisas que contaminam a pessoa; mas o comer sem lavar as mãos não a contamina.
21 त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो।
21 Saindo dali, Jesus foi para a região de Tiro e Sidom.
22 त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।”
22 E eis que uma mulher cananeia, que tinha vindo daqueles lados, clamava: — Senhor, Filho de Davi, tenha compaixão de mim! Minha filha está horrivelmente endemoniada.
23 येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।”
23 Jesus, porém, não lhe respondeu palavra. Então os seus discípulos, aproximando-se, disseram: — Mande-a embora, pois vem gritando atrás de nós.
24 उहाँले जवाफ दिनुभयो, “म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”
24 Mas Jesus respondeu:
25 त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!”
25 Ela, porém, veio e o adorou, dizendo: — Senhor, me ajude!
26 उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।”
26 Jesus respondeu:
27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”
27 A mulher disse: — É verdade, Senhor, pois os cachorrinhos comem das migalhas que caem da mesa dos seus donos.
28 तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।
28 Então Jesus exclamou: E, desde aquele momento, a filha dela ficou curada.
29 येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्‍नुभयो।
29 Saindo dali, Jesus foi para junto do mar da Galileia; e, subindo ao monte, assentou-se ali.
30 त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्‍टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो।
30 E vieram a ele muitas multidões trazendo consigo coxos, cegos, aleijados, mudos e muitos outros e os deixaram junto aos pés de Jesus; e ele os curou.
31 जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्‍टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्‍क परे; अनि तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।
31 O povo ficou maravilhado ao ver que os mudos falavam, os aleijados recuperavam a saúde, os coxos andavam e os cegos viam. E glorificavam o Deus de Israel.
32 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।”
32 Então Jesus chamou os seus discípulos e disse:
33 उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?”
33 Mas os discípulos lhe disseram: — Onde haverá neste deserto pão suficiente para saciar tão grande multidão?
34 येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?”
34 Jesus perguntou: Eles responderam: — Sete pães e alguns peixinhos.
35 उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो।
35 Então, tendo mandado o povo assentar-se no chão,
36 तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए।
36 pegou os sete pães e os peixes e, tendo dado graças, os partiu e deu aos discípulos, e estes distribuíram ao povo.
37 तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
37 Todos comeram e se fartaram; e, dos pedaços que sobraram, recolheram sete cestos cheios.
38 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए।
38 Ora, os que comeram eram quatro mil homens, além de mulheres e crianças.
39 भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।
39 E, tendo despedido as multidões, Jesus entrou no barco e foi para o território de Magadã.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.