Mateus 12
npioncb (NPIONCB) vs ARC
1 त्यस बेला येशू शब्बाथ दिनमा अन्नका खेतबारीहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए। अनि तिनीहरूले अन्नका केही बालाहरू टिपेर खान थाले।
1 Naquele tempo, passou Jesus pelas searas, em um sábado; e os seus discípulos, tendo fome, começaram a colher espigas e a comer.
2 यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथ दिनमा उचित नहुने काम गरिरहेका छन्।”
2 E os fariseus, vendo isso, disseram-lhe: Eis que os teus discípulos fazem o que não é lícito fazer num sábado.
3 उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ? दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
3 Ele, porém, lhes disse: Não tendes lido o que fez Davi, quando teve fome, ele e os que com ele
4 तिनी परमेश्वरको भवनभित्र पसे, र तिनी र तिनका साथीहरूले परमेश्वरलाई अर्पण गरिएको रोटी खाए, जुन रोटी केवल पुजारीहरूले मात्र खान उचित थियो; तर अरूको लागि उचित थिएन।
4 Como entrou na Casa de Deus e comeu os pães da proposição, que não lhe era lícito comer, nem aos que com ele
5 अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ? शब्बाथ दिनमा मन्दिरभित्र भएका पुजारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन्, तैपनि निर्दोष नै रहन्छन्?
5 Ou não tendes lido na lei que, aos sábados, os sacerdotes no templo violam o sábado e ficam sem culpa?
6 म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् यहाँ कोही एक जना हुनुहुन्छ।
6 Pois eu vos digo que está aqui quem é maior do que o templo.
7 यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ।
7 Mas, se vós soubésseis o que significa: Misericórdia quero e não sacrifício, não condenaríeis os inocentes.
8 किनकि मानिसको पुत्र शब्बाथ दिनको पनि प्रभु हो।”
8 Porque o Filho do Homem até do sábado é Senhor.
9 त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो।
9 E, partindo dali, chegou à sinagoga deles.
10 त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?”
10 E estava ali um homem que tinha uma das mãos mirrada; e eles, para acusarem Jesus, o interrogaram, dizendo: É lícito curar nos sábados?
11 उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथ दिनमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र?
11 E ele lhes disse: Qual dentre vós será o homem que, tendo uma ovelha, se num sábado ela cair numa cova, não lançará mão dela e a levantará?
12 मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथ दिनमा असल गर्नु उचित हुन्छ।”
12 Pois quanto mais vale um homem do que uma ovelha? É, por consequência, lícito fazer bem nos sábados.
13 तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्यो, र त्यसको हात अर्कोजस्तै निको भयो।
13 Então disse àquele homem: Estende a mão. E ele a estendeu, e ficou sã como a outra.
14 तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले।
14 E os fariseus, tendo saído, formaram conselho contra ele, para o matarem.
15 त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो।
15 Jesus, sabendo isso, retirou-se dali, e acompanhou-o uma grande multidão de gente, e ele curou a todos.
16 अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।
16 E recomendava-lhes rigorosamente que o não descobrissem,
17 यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो:
17 para que se cumprisse o que fora dito pelo profeta Isaías, que diz:
18 “यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु,
18 Eis aqui o meu servo que escolhi, o meu amado, em quem a minha alma se compraz; porei sobre ele o meu Espírito, e anunciará aos gentios o juízo.
19 तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्;
19 Não contenderá, nem clamará, nem alguém ouvirá pelas ruas a sua voz;
20 चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्,
20 não esmagará a cana quebrada e não apagará o morrão que fumega, até que faça triunfar o juízo.
21 तिनकै नाममा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”
21 E, no seu nome, os gentios esperarão.
22 तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो।
22 Trouxeram-lhe, então, um endemoninhado cego e mudo; e, de tal modo o curou, que o cego e mudo falava e via.
23 ती सबै मानिसहरू छक्क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?”
23 E toda a multidão se admirava e dizia: Não é este o Filho de Davi?
24 तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।”
24 Mas os fariseus, ouvindo isso, diziam: Este não expulsa os demônios senão por Belzebu, príncipe dos demônios.
25 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन।
25 Jesus, porém, conhecendo os seus pensamentos, disse-lhes: Todo reino dividido contra si mesmo é devastado; e toda cidade ou casa dividida contra si mesma não subsistirá.
26 यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ?
26 E, se Satanás expulsa a Satanás, está dividido contra si mesmo; como subsistirá, pois, o seu reino?
27 यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसको शक्तिद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
27 E, se eu expulso os demônios por Belzebu, por quem os expulsam, então, os vossos filhos? Portanto, eles mesmos serão os vossos juízes.
28 तर यदि म परमेश्वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
28 Mas, se eu expulso os demônios pelo Espírito de Deus, é conseguintemente chegado a vós o Reino de Deus.
29 “अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
29 Ou como pode alguém entrar em casa do e furtar os seus bens, se primeiro não manietar o valente, saqueando, então, a sua casa?
30 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
30 Quem não é comigo é contra mim; e quem comigo não ajunta espalha.
31 यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।
31 Portanto, eu vos digo: todo pecado e blasfêmia se perdoará aos homens, mas a blasfêmia contra o Espírito não será perdoada aos homens.
32 कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ।
32 E, se qualquer disser
33 “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ।
33 Ou dizeis que a árvore é boa e o seu fruto, bom, ou dizeis que a árvore é má e o seu fruto, mau; porque pelo fruto se conhece a árvore.
34 हे सर्पका सन्तान हो, तिमीहरू दुष्ट भईकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
34 Raça de víboras, como podeis vós dizer boas
35 असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्ट मानिसले आफ्नो दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ।
35 O homem bom tira boas
36 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ।
36 Mas eu vos digo que de toda palavra ociosa que os homens disserem hão de dar conta no Dia do Juízo.
37 किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।”
37 Porque por tuas palavras serás justificado e por tuas palavras serás condenado.
38 एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।”
38 Então, alguns dos escribas e dos fariseus tomaram a palavra, dizendo: Mestre, quiséramos ver da tua parte algum sinal.
39 उहाँले जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।
39 Mas ele lhes respondeu e disse: Uma geração má e adúltera pede
40 किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ।
40 pois, como Jonas esteve três dias e três noites no ventre da baleia, assim estará o Filho do Homem três dias e três noites no seio da terra.
41 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्।
41 Os ninivitas ressurgirão no Juízo com esta geração e a condenarão, porque se arrependeram com a pregação de Jonas. E eis que
42 न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
42 A Rainha do Sul se levantará no
43 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ; र त्यसले भेट्टाउँदैन।
43 E, quando o espírito imundo tem saído do homem, anda por lugares áridos, buscando repouso, e não o encontra.
44 तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ।
44 Então, diz: Voltarei para a minha casa, donde saí. E, voltando, acha-
45 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”
45 Então, vai e leva consigo outros sete espíritos piores do que ele, e, entrando, habitam ali; e são os últimos
46 येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए।
46 E, falando ele ainda à multidão, eis que estavam fora sua mãe e seus irmãos, pretendendo falar-lhe.
47 कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।”
47 E disse-lhe alguém: Eis que estão ali fora tua mãe e teus irmãos, que querem falar-te.
48 उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?”
48 Porém ele, respondendo, disse ao que lhe falara: Quem é minha mãe? E quem são meus irmãos?
49 तब चेलाहरूतिर देखाएर उहाँले भन्नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्।
49 E, estendendo a mão para os seus discípulos, disse: Eis aqui minha mãe e meus irmãos;
50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।”
50 porque qualquer que fizer a vontade de meu Pai, que
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Mateus 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.